खेलकुद

शीर्षस्थानमा उक्लदै छैटौं चरण सक्ने आर्मीको दाउ

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अघि बढिरहँदा उपाधि दौड पनि साँघुरो हुँदै जान थालेको छ । मुख्यत : ४ क्लबलाई उपाधि दाबेदारका रुपमा हेरिएको थियो ।

जसमा सदावहार दाबेदारका रुपमा मनाङ मस्र्याङ्दी, रुस्लान थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबसँगै नयाँ शक्तिका रुपमा उदाउने प्रयास गरेको सानमिगेल मछिन्द्र क्लब लिइएको थियो । च्यासल युथ क्लबलाई पनि सुरुवातमा दाबेदारका रुपमा हेरिएपनि तेस्रो चरणमा पछि टोली विस्तारै कमजोर हुँदै गयो ।
छैटौं चरणको अन्त्यतिर आइपुग्दा परम्परागत दाबेदार मनाङ र थ्री स्टारको अभियान केहि कमजोर भएको छ । छैटौं चरणमा मनाङ यति हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको अर्को दिन थ्री स्टार छिमेकी क्लब फ्रेन्ड्ससँग पराजित भएको थियो । च्यासल पनि एपिएफसँग गोलरहित बराबरीमा रोकिदा विस्तारै सुधारको प्रदर्शन गरिएको पुलिस सोमबार एनआरटीसँग पराजित भएको थियो ।

दाबेदार मध्येको मछिन्द्र क्लबले भने अपराजित यात्रालाई कायम राखेको छ । छैटौं चरणमा टोलीले जावलाखेलमाथि १–० ले पराजित गरेको थियो । ६ खेलमा ४ जित र २ बराबरीका साथ टोलीले १४ अंक जोडेपछि गत वर्ष लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण यसपटक १ अंक घटाइएको छ ।

लिगमा अब मछिन्द्र मात्र अपराजित टोली हो । उपाधि दाबेदार भनिएका टोलीहरुबीचका खेल बाँकी रहँदा अहिले नै उपाधि कसले जित्न भन्न सकिन्न । तर, १३ मध्ये ६ चरणका खेल मंगलबार टुंगिदैछ । जसमा आर्मी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङसँगै एउटा खेल हारेको आर्मीले बाँकी ४ खेलमा जितेको छ र टोली १२ अंकसहित दोस्रो स्थानमा छ ।

६ खेलमा मनाङको १२ र थ्री स्टारको १० अंक । पाँचौं स्थानको जावलाखेलको ९, एनआरटी र पुलिसको समान ८ अंक छ । अहिले फर्ममा हेर्दा आर्मीलाई रोक्न जो कोहिलाई पनि कठिन पर्न सक्छ । त्यसमा एक रुपताको प्रदर्शन गर्न नसकेको संकटाले आर्मीलाई रोक्न कठिन हुनेछ । संकटाले ५ खेलमा २ जित , २ हार तथा १ बराबरीका साथ ७ अंक जोडेको छ ।

आर्मी र संकटाबीचको खेल दशरथ रंगशालामा मंगलबार दिउँसो ३:०० बजे सुरु हुनेछ । डेढ महिनाको प्रतिबन्ध मुक्त भएर सन्तोष तामाङ फर्केपछि आर्मी थप मजबुद भएको छ । आर्मी संकटालाई हराउँदै शीर्ष स्थानमा पुनरामगन चाहन्छ । अर्को तिर संकटा पनि आर्मीलाई हराउने दाउमा हुनेछ । त्यसमा सफलता मिलेमा टोली पाँचौं स्थानमा उक्लनेछ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button