‘समाचार र विचारको
साझा चौतारी’




आधादर्जन गोलसँगै पीएसजी सेमिफाइनलमा


पीएसजीको आधा दर्जन गोलमा पाब्लो सारावियाले दुई गोल गर्दा केलियन एमबाप्पे र थियागो सिल्भाले समान १ गोल गरे । दुई गोल उपहार पाएको थियो । घरेलु टोलीका मुनिर चोउएरले गरेको गोल सान्त्वना बन्यो ।

बुधबार राति भएको खेलको पहिलो मिनेटमा नै पीएसजी वेस्ली लोउटोओको आत्मघाती गोलबाट अघि बढेको थियो । १३औं मिनेटमा मुनिर चोउएरले बराबरी गोल फर्काए । ४४औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–१ को अग्रता बनायो । दोस्रो हाफमा पीएसजीले चार गोल थप्दै फराकिलो जित निकाल्न सफल भयो ।

५०औं मिनेटमा पाब्लो सारावियाको पासमा कप्तान थियागो सिल्भाले गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए । त्यसपछिको दुई गोल पाब्लो सारावियाको नाममा रह्यो । ५५औं मिनेटमा सारावियाले गोल गरेपछि पीएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो । ८६औं मिनेटमा सिनोउ कोउलीवालीले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा ५–१ को आरामदायी अग्रता बनायो ।

९०औं मिनेटमा सारावियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरेपछि पीएसजीले खेलमा ६–१ को फराकिलो जितसँगै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

अर्काे क्वाटरफाइनलमा लियोनले मार्सेलीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । यस्तै रेनिसले एएसएम बेलफोर्टलाई ३–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको छ । अर्काे सेमिफाइनलमा आज राति इपिनल र सेन्ट इटिएनबीच प्रतिस्पर्धा हुँदैछ ।hamrokhelkud

प्रतिकृया दिनुहोस्