मूल खबरसृजनाको चौतारी

जनयुद्ध र सपनाहरु


जी एन शर्मा
आजको सपना अर्थात फागुन १ गतेको सपना
सपनाका खातहरु भित्र सपनाको सागर थियो
समनाता र स्वतन्त्रताको सपना
न्याय र जनजिविकाको सपना
अधिकार र आत्मसम्मानको सपना
त्यो सपना हाम्रो सपना
परेडको सपना
कासनको सपना
मोर्चाको सपना अर्थात एउटा न्यायपूर्ण समाजको सपना
अग्रमन र अवसरको सपना
आजको सपना अर्थात जनयुद्धको हाम्रो त्यो सपना
सपना देखिरहेको बेला विद्रोहको सपना , जनतन्त्रको सपना
स्वाधिनता र समावेशीताको सपना
केही सपनाहरु हाम्रा विपनामा रुपान्तरण भए
केही सपनाहरु हाम्रा शुभ संकेतका देखिए
केही सपनाहरु बिद्रोहको ब्याडमा हुर्कीए अनि उन्मुक्तिको संगीतमा गीत बने
तर, आजका हाम्रा धेरै सपनाहरु फगत शीतका सपनाहरु जस्ता बनाईए
सपनाहरु कुर्सीसँग मोलतोलमा परे
सपनाहरु महल र मुर्दा शान्तिसँग साटिए
आजका हाम्रा ती  सपनाहरु कस कसले के के सँग मिलाए
तर, आजका हाम्रा सपनाहरु आज पनि उम्दा र जिउँदानै छन्
मान्छेको साँचा सपनाहरु आज पनि हामीसँग जागै बसेकाछन्
अर्थात जनयुद्धका हाम्रा सपनाहरु
आजका हाम्रा सपनाहरु

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button