Wednesday, February 26

‘समाचार र विचारको
साझा चौतारी’





आयाक्सका जियाच चेल्सी आउने पक्का


एजेन्सी – डच क्लब आयाक्स तथा मोरक्कोका मिडफिल्डर हाकिम जियाच इंग्लिस क्लब चेल्सी आउने पक्का भएको छ । चेल्सीले ३७ मिलियन पाउन्डमा मिडफिल्डर जियाचलाई क्लबमा अनुबन्ध गर्ने सहमति गरेको हो ।

२६ वर्षीय जियाच अनुबन्धको लागि चेल्सी र आयाक्सबीच सहमति भएको छ । विन्टर सिजन सकि सकेकाले हाकिम आउने समरमा चेल्सीका खेलाडी हुनेछन् । उनलाई क्लबले आउने जुलाई अर्थात समर ट्रान्सफरमा चेल्सीमा सार्वजनिक गर्नेछन् ।

सिल्की टच, क्रस र पासिङ गर्न सक्ने खेलाडीको रुपमा परिचित छ । आयाक्सले गत सिजन सेमिफाइनलको अविश्वनीय यात्रा तय गर्दा जियाच क्लबको महत्वपुर्ण खेलाडी रहेको थियो ।

उनलाई अनुबन्ध गर्न युरोपका ठुला क्लब लिभरपुल, आर्सनलसँगै जर्मन क्लब बायर्न म्युनिखले प्रयास गरेका थिए । तर, उनले चेल्सी रोजेको हो।hamrokhelkud

प्रतिकृया दिनुहोस्