Wednesday, February 26

‘समाचार र विचारको
साझा चौतारी’





झापाको कमल गाउँपालिकामा हात्ति आतंक , स्थानिय भन्छन् सरकारले चाडो पहल गरोस


शनिबार बिहान हात्तिले क्षति पु¥याएको रेनुका लावतीको घर

मेचीनगर । विगत ५ दिन देखि झापाको कमल गाउँपालिकामा वडा नं ४ मा जंगली हात्तिको आतंक रहेको छ । स्थानिय सामाजिक अगुवा निश्छलता लावतीले चौतारी पोष्ट अनलाइनलाई दिएको जानकारी अनुसार शनिबार बिहान करिब ४ बजे ३वटाको समूहमा गाउँ पसेका हात्तिले स्थानिय रेनुका लावतीको घरमा क्षती पु¥याएको बुझिएको छ ।


शनिबार बिहान करिब ४ बजे कमल गाउँपालिका वडा न ४ मा रहेको रेनुका लावतीको घरको केही भाग भत्काउनका साथै अन्नबाली नष्ट गरेको लावतीले बताईन् । उनका अनुसार रेनुकाको घरको धानको भकारी, छेउमा रहेको उखुबारी र भान्सा घरमा हात्तिले क्षती पु¥याएको थाहा भएको छ । स्थानिय र प्रहरीको सहयोगमा गाउँबाट हात्ति धपाईएको निश्छलताले बताईन् । केही दिन यता देखि कमल गाउँपालिका क्षेत्रमा जंगली हात्तिको प्रबेशले स्थानिय त्रसित बनेको उनले बताईन। हात्तिको गाउँ प्रबेश नियन्त्रणका लागि स्थानिय सरकार र केन्द्र सरकारले समेत चाडो भन्दा चाडो पहल गर्नु पर्ने गाउँलेको भनाई रहेको छ । अहिले सम्म सो वडामा मानविय क्षति नभएको भए पनि हात्तिको उपद्रवले भोली यसै भन्न नसकिने लावतीका कथन छ ।
मानविय क्षति र अन्य क्षती रोक्न स्थानियबासीको मागलाई संवेदनशिल रुपमा लिन समेत उनले सरोकारवालहरुलाई अनुरोध गरेकी छन् ।

शनिबार बिहान हात्तिले क्षति पु¥याएको रेनुका लावतीको घर

प्रतिकृया दिनुहोस्