Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





जब शिखरमा पुगिन्छ



केशब आचार्य

जब शिखरमा पुगिन्छ , सन्किनु हुन्न।
औकात भन्दा माथि नि,लम्किनु हुन्न।।

सफलतामा रमाउ (खूब रमाउ तर,
आफ्नू धरातल भुलेर, चम्किनु हुन्न ।

समर्थकहरुले पनि यो बुझ्नै पर्दछ,
प्रशङ्साको पङ्खाले बढि हम्किनु हुन्न।

मीठो परिकार नि डढ्छ धेरै रापिदा,
आगोले पनि नचाहिदो दन्किनु हुन्न।

उदारमनाले पनि यो सत्य नभुल्नु ,
चुडिन्छ(रबरले पनि अति तन्किनु हुन्न ।
फेसबुकबाट

प्रतिकृया दिनुहोस्