Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





ह्याप्पी बर्थडे


एस पी लुईटेल

आमाआमा भन्दै रोइकराइ गर्ने,
देखावट नौटङ्कीको उतारचढावमा,
छाती पिटीपिटी रोएर,
मातृभक्तिको उद्गार गर्ने,
चुसीसकेर,
आमाका लत्रिएका निरस दुई स्तनको
ठिक मुन्तिर
उनको जाबो रित्तो पोल्टो खोतल्ने,
एक आमाको त्यो सन्तान
बस्, आफ्नो जन्मोत्सव मनाउँछ ।
जन्मोत्सव, विरासत भरी धाक पल्टाएर,
जिजुबाजेको परम्परालाई मोडेर,
मथिङ्गलमा व्यक्तित्वको उकेरा हालेर
ऊ भन्छ, आमा म मनाउछु
तीन कोटि तिम्रा सन्तानलाई
पोलेपनि, दुखेपनि, घोचेपनि
तिम्रै स्वरुपको बडेमान मुर्ति बनाएर,
स्वादिष्ट मुर्तिको थपना गरेर, र
ससम्मान तिम्रा पोल्टामा नजर डुलाएर
म जन्मोत्सव मनाउछु ।
अरु भन्छन्, कामना गर्छन्
ह्याप्पी बर्थडे टु यु ब्रो,
यु मे लिव् सो लङ् लाइफ्
म पुलकित हुन्छु, आमा
र, ठान्छु, एम् द ग्रेट् सो
आइ क्यान् डु एव्रिथिङ् ।
मुसुमुसु हाँस्दै धारिलो छुरावाजीमा
छोराको हात अघि बढ्छ,
लमतन्न सुतेकी आमाका निर्जीव आँखाहरु,
हातपयर, छाति र निरस स्तनहरु
केहीबेरका लागि,
त्रसित अनि स्तब्ध हुन्छन् ।
तीखो छुरी, जब
आमाका अङ्गहुँदो रोपिन्छ,
स्तनहरु चिरिएर फाँक पर्छन्,
हत्केला, पिँडुला, र गर्दन समेत
रेटाइको तागतले छिनिन्छन्,
सहनशील आमा तब पनि,
सुतिरहेकी हुन्छिन् ।
तब, ऊ भन्छ,
हेर त आमा मेरा शुभेच्छुकहरु
सुन त आमा, यिनका वन्दनाहरु
सबै खुसीसाथ ताली पिट्दै
समवेत स्वरमा मलाई भनिरहेछन्
ह्याप्पी बर्थ् डे ब्रो

फेसबुकबाट

प्रतिकृया दिनुहोस्