Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





ज्योति


कथा


जी एन शर्मा

‘‘सङ्घर्ष र सामनाको हुरीभित्र हाँस्न पाए
मुक्तिका निम्ति यो जिन्दगी मृत्युलाई दिन पाए
कति सुन्दर हुन्थ्यो होला जिन्दगी
सधैंसधैं विद्रोहको राँको बनेर बल्न पाए
कति सार्थक हुन्थ्यो होला जिन्दगी
झुप्रा र छाप्राहरु हाँसेर आपूm मर्न पाए ।’’
अशोक
कलेज प्रवेशको पहिलो दिन अशोकले यही कविता सुनाएको थियो । पूर्वी नेपालको विकट एउटा गाउँबाट मनमा थुप्रै सपनाहरु बोकेर सायद ऊ सहर पसेको थियो होला । उसको लवज र आकृतिले देखिन्थ्यो ऊ एउटा पक्को गाउँले केटा हो । अनि उसको स्वभावबाट प्रस्ट हुन्थ्यो हक्की स्वभावको इमान्दार र जीवनको भोगाइबाट खरो उत्रिएको एउटा नौजवान पनि हो । हामी दुवैजना एउटै कक्षामा पढ्थ्यौं पढाइमा उसको लगनशीलता र उसमा रहेको फलामे अनुशासन नै मेरा लागि एकमात्र आकर्षणको केनद्र थियो । म एक धनाढ्यकी छोरी थिएँ । मलाई अभाव र दुःख भन्ने केही थाहा थिएन । अशोकमा भएको इमानदारिताको प्रस्तुति नै ऊ मेरो आकर्षणको केन्द्र बन्यो । जीवनमा मैले पहिलो पल्ट कसैलाई मन पराएकी थिएँ । कोही मान्छे मलाई मन परेको थियो अर्थात उसलाई म आफ्नै बनाउन चाहन्थेँ । म अशोकसँग नजिकिने बहाना बनाउन थालेँ । बहाना पनि सजिलो थियो– ऊ हाम्रो कक्षाको जान्ने विद्यार्थी थियो । मैले उसको कापी एक दिनका लागि लैजाने बहाना बनाएँ । ऊसँग कापी मागेकै क्षण ऊसँग बोलेँ । म सफल पनि भएँ र उसको कापी लिएर घरमा गएँ । त्यही कापीका कारणले भोलिपल्ट पनि ऊसँग बोल्न पाएँ । त्यसपछि त मलाई सजिलो भयो, म सधैँ उसलाई बोलाउन थालेँ । मलाई आपैmँलाई थाहा थिएन म ऊसँग कति नजिक भइसकेकी रहेछु । केही दिनपछि त यस्तो पनि लाग्न थाल्यो कि हामी एकअर्कामा पूर्ण परिचित भएर पनि जति बोल्नु पर्ने हो त्यति बोलिरहेका छैनौँ, जति भेट्घाट गर्नुपर्ने हो त्यति भेटिरहेका छैनौँ, जति हामी नजिक हुनुपर्ने हो त्यति भइरहेका छैनौँ । जुन दिनदेखि मैले आपैmँसँग रहेजस्तो महसुस हुन थालेको थियो । क्याम्पसमा मेरा थुप्रै केटा साथीहरु पनि थिए तर म आपैmँलाई थाहा छैन मैले कसरी अशोकलाई आफ्नो सम्भेmँ । यस्तो लाग्न थालिसकेको थियो की क्याम्पस छुट्टी भएर जति समय म घरमा परिवारको साथमै हुन्थेँ त्यहाँ एउटा मान्छे हुँदैनथ्यो ऊ भनेको अशोक नै थियो ।
एक दिनको कुरा हो क्याम्पस छुट्टी भइसकेको थियो । मैले अशोकलाई बोल्ने बहाना बनाउँदै सोधेँ– ‘तपाईँको कोटाचाहिँ कहाँ छ ?’ उसले क्याम्पस नजिकैको घर देखाउँदै भन्यो– ‘उः त्यही घर हो ।’ आपैmँलाई अप्ठ्यारो लागीलागी फेरि सोधेँ– ‘के तपाईँको कोठा हेर्न म पनि जान सक्छु ?’ उसले मुन्टो हल्लाएर स्वीकृति दियो । ऊ अघि लाग्यो म पछिपछि लागेँ । उसको बाहिरी रुप र स्वभाव जस्तो शालिन थियो उसको कोठा पनि त्यस्तै थियो । एउटा सानो खाट, सफा तर पुरानो झुल, भुइँमा चिटिक्क परेको पराले गुन्द्री भनौँ न एउटा गाउँमा रहेको सफा गाउँले घरको झलक थियो उसको कोठा । उसको कोठामा थुप्रै पुस्तकहरु थिए । उसले मलाई खाटतिर बस्न सङ्केत ग¥यो । अहिले पनि मलाई त्यो दिनको सम्झना छ– हामीले चिया र चिउरा खाएका थियौँ ।
मलाई यस्तो लाग्यो– मभित्र गुम्सिएको मेरो अभिव्यक्तिलाई खोल्ने मौका भनेको आजै हो । मैले उसलाई आपूmले मनपराएको प्रस्ताव राख्ने साहस नै बटुलेँ भन्नुपर्छ । मान्छेहरु भन्छन् प्रेमको प्रस्ताब भनेको केटीभन्दा पहिले केटाले नै गर्छन् रे तर मैले उसलाई भन्न यसरी पनि बाध्य भए। उसलाई थाहा थिएन मैले उसलाई कति नजिक बनाइसकेकी छु भनेर । मेरो एकोहोरो मौनताको बाँध टुट्यो । मैले एक्कासि भनेँछु– ‘अशोक म तिमीलाई मन पनि पराउँछु अनि माया पनि गर्छु ।’
ऊ मुसुक्क हाँस्यो र भन्यो– ‘तिमीले मलाई साथी भनेर माया गछ्र्यौ भन्ने लागेर नै त मैले पनि तिमीलाई मेरो कोठासम्म ल्याएको हो ।’ तर मैले फेरि उसलाई साँच्चै मन पराएको क्याम्पसको साथी मात्रै होइन जीवनसाथीकै रुपमा सोचिसकेको बताएँ । उसले निकैबेर मलाई हे¥यो, एक पटक बाहिर हे¥यो, उसको कोठा अँध्यारो थियो, बलिरहेको बत्ति निभायो । अनि फेरि बाल्यो र मतिर हेरेर फेरि हाँस्यो । एउटा प्रश्न ग¥यो उसले मलाई– ‘अहिले मैले के गरेँ तिमीले थाहा पायौ ?’ मैले मुन्टो मात्र हल्लाएँ । बलिरहेको बत्ति निभाएको थियो अनि फेरि बालेको थियो । म आपैmदेखि चकित बन्दै थिएँ म के गरिरहेकी छु भनेर । उसले जीवन र प्रेमका बारेमा परिभाषा गर्न थाल्यो । धेरै दिनदेखिको मेरो अधुरो प्रश्नलाई घुमाउरो ढङ्गले अस्वीकार गर्दै थियो । जीन्दगी र प्रेमलाई यसरी परिभाषा गरिदियो कि उसको उत्तरबाट म निराश हुनेभन्दा पनि ऊप्रतिको आकर्षण पो अरु बढ्दै गयो । म आपैmँबाट कता कता ऊ टाढा हुन खोजेको आभाष मलाई भइरहेको थियो । तर यस्तो लाग्थ्यो ऊ मेरो झन् नजिक हुँदै छ र उसलाई मैले पाउनैपर्छ । दुई घन्टाको समय दुई मिनेटजस्तो पनि लागेन । बाटासम्म मलाई पु¥याउन भनेर ऊ पनि निस्कियो । उसका अगाडि मसँग कुनै त्यस्तो जबाफ थिएन जो म उसलाई फर्काऊँ । त्यो दिन छुट्टिने बेलामा उसले मलाई भनेको थियो– ‘ज्योति, अघि नै कोठामा बलिरहेको बत्ति मैले निभाइदिएँ अनि फेरि बालेँ त्यसको अर्थ यो हो कि तिमी तिम्रो सुख र सयलमा बाँचिरहेको जिन्दगीलाई दुःख र अभावमा नजान्दानजान्दै पनि लैजान खोजिरहेकी छ्यौ तर तिमीले फेरि आफ्नो जिन्दगी छ जुन उज्यालोमा तिमी छ्यौ त्यसैमा फर्कनुपर्छ र रमाउनुपर्छ भनेर मैले बत्ति बालिदिएको थिएँ । सायद मेरो कुराले तिमीलाई नराम्रो लाग्यो होला भोलि क्याम्पसमै सम्झेर गाली गर्नु है ।’
उसले मलाई फर्केर हे¥यो, हेरेन थाहा भएन तर मैले उसलाई बसस्टपमा पुगुन्जेल दस पटक जति फर्केर हेरेँ । केही आशा र निराशाका बीच घर पुगेँ तर मलाई के विश्वास थियो भने म एकदिन उसलाई आफ्नो बनाएरै छाड्नेछु । भोलिपल्ट क्याम्पस पुग्नेवित्तिकै सधैँभैm स्वाभाविक ढङ्गले उसले मलाई बोलायो । मौखिक रुपमा आपूmले उसलाई जति चाहन्थेँ त्यति कुरा व्यक्त गर्न नसके पनि मैले पनि मेरा पीडाहरुलाई शब्दमा उतारेर लगेकी थिएँ । मैले त्यसदिन उसलाई त्यही चिठी दिएँ । मेरो चिठी उसले त्यहीँ खोल्यो, त्यहीँ पढ्यो र सहजै भन्यो– ‘आज म पनि तिम्रो घर जान्छु लान्छ्यौ हैन ?’ मलाई केही अप्ठ्यारो त भयो तर मैले हुन्छ भनेँ । क्याम्पस छुट्टी भएपछि हामी दुवै हाम्रो घर गयौँ मैले मेरा बुवा र मुमासँग परिचय गराएँ । उसले पनि आदरसत्कार ग¥यो अनि मैले बोल्नुअगाडि नै आपूm मेरो क्याम्पसको असल साथी भएको परिचय दियो। मैले उसलाई मेरो कोठामा लगेँ र एकपटक त मैले उसलाई उसकै कोठामा गएर प्रेमप्रस्ताव राखिसकेकी ििथएँ भने यो त मेरो आफ्नै घर थियो; आफ्नै कोठा थियो । मैले उसलाई फेरि पुरानै कुरा दोहो¥याएँ– ‘‘अशोक, म तिमीलाई साँच्चे माया गर्छु र तिमीसँगै जीवन विताउने सपना पनि देखेकी छु’’ ।
यस पटक भने ऊ अलिक गम्भीर भयो । एकसरो कोठावरिपरि हे¥यो । एकटहले मलाई नियालेभैंm ग¥यो र भन्यो– ‘‘यो सम्भव छैन, सम्भव यति छ हामी सधैंभरि असल साथीमात्रै बनेर रहन सक्छौँ ।’’ तर मेरो धैर्यताको सीमा टुटिसकेको थियो । मलाई यति मात्र थाहा थियो जसरी पनि मैले उसलाई पाउनैपर्छ । मैले उसको जवाफमा नबोली नहुने भयो । ‘‘अशोक मलाई केही थाहा छैन । जिन्दगीको यात्रामा म तिम्रो साथविना एक कदम पनि हिँड्न सक्दिनँ ।’’ तर उसले तुरुन्तै जवाफ फर्कायो– ‘‘तिमी र ममा थुप्रै फरक छ । यो जिद्दी तिम्रो क्षणिक मनेभावको उद्वेलित रुपमात्रै हो । पहिला आपूmलाई हेर; मलाई हेर अनि तिम्रो लक्ष्यलाई सम्झ ।’’ उसले आपूmलाई हतार भएको जबर्जस्ती भान पा¥यो र भन्यो– ‘‘भोल कलेजमै कुरा गरौला ।’’ बुवा मुमासँग पनि बिदा मागेर ऊ हिँड्यो ।
अशोक कलेजको जेहेन्दार विद्यार्थी मात्र होइन । एक उदीयमात्र साहित्यकर्मी र विद्यार्थी सङ्गठनको नेता पनि थियो । कलेजमा हुने विभिन्न कार्यक्रममा ऊ सधैँभरि विद्यार्थी हकहित र अधिकारका कुरा गथ्र्यो । कलेजको छुट्टीको समयमा पनि ऊ विद्यार्थी सङ्गठनकै काममा जुट्ने गथ्र्यो तर म राजनीतिबाट धेरै टाढा थिएँ । एक व्यापारिक परिवारमा हुर्केकीले पनि मलाई राजनीतिप्रति खासै चासो थिएन । तर जब म अशोकप्रति नजिकिन थालेँ साहित्य र रानीतिप्रति अलिअलि चासो बढेभैंm लागेको थियो ।
आई.ए.को रिजल्ट पनि प्रकाशित भइसकेको थियो । हामी दुवैजना पहिलो श्रेणीमा पास भएका थियौँ । हामीबीच बारम्बार भेट, भइरहन्थ्यो तर मेरो एउटै उही पुरानो जिद्दी थियो; उसको हार्दिकतापूर्वकको असहमती । त्यही असहमतीबीच सहमति खोज्ने मेरो निरन्तरको प्रयासले … ।
(त्यसपछि) अशोकले लामो सर्को चुरोट तान्यो । मुखबाट एकोहोरो चुरोटको धुवाँ आकाशतिर फालिरह्यो । म पनि अक्क न बक्क भएँछु । उसका आँखाबाट बलिन्द्र आँसुका धारा छुटे । ऊ एक्कासि भक्कानियो … ।
एक धनाढ्य परिवारकी युवतीले एउटा अति विपन्न वर्गीय युवालाई पहिलो पटक उसले लेखेको कविता सुनेर ऊसँग नजिकिँदै अघि बढेको जिन्दगीको आफ्नो यात्राको बारेमा लेखेको पुस्तक जो भर्खरै बजारमा आएको छ र चर्चित पनि बनेको छ– ‘‘यात्रा जिन्दगीको’’ । आज म उसैको जीवनसाथी अर्थात पुस्तकको मूलपात्र अशोकलाई पढेर सुनाउँदैछु ।
अशोक, म र ज्योति एउटै कलेजका एकै कक्षाका अति अभिन्न मित्र थियौँ । पुस्तककी लेखिका अर्थात ज्योतिको निधन भएको भर्खरै हो । अशोक र ज्योतिको जिन्दगीको यात्रा यसरी अघि बढेको थियो–
‘‘यात्रा जिन्दगीको’’ पुस्तकका बाँकी पानाहरु म पल्टाउँदै जाँदैछु
बी.ए. उत्तीर्ण गरेपछि अशोक पार्टी सङ्गठनको जिम्मेवारीले पश्चिम नेपाल जाने भयो । मैले विवाह गर्न कर गरेँ । उसले पटक्कै मानेन । वर्गीय चरित्र र वर्गीय चिन्तनले पनि जीवन अगाडि लाने र पछाडि लाने काम गर्छ– उसको जिद्दी थियो । वर्गीय असमानताका कारणले जीवनयात्रामा अवरोध आउने उसको तर्क थियो । मैले ऊसँग जस्तोसुकै सम्झौता गर्न तयार भएको र आपूm पनि ऊसँगै पार्टीको काममा लाग्ने बताएपछि उसले विवाहलाई स्वीका¥यो । विवाहपछि पार्टीकामको सिलसिलामा पश्चिम नेपाल गएर एक वर्ष बस्यो र फर्किएर आयो । मैले नढाँटी भन्दा अशोकलाई पाउनकै लागि पार्टीमा लाग्ने भनेकी थिएँ तर मलाई पार्टीका बारेमा केही पनि थाहा थिएन ।
अशोक फर्केपछि म पनि उसैसँग पार्टी काममा जाने तरखरमा लागेँ । पार्टी सङ्गठनकै सिलसिलामा हामी पूर्वी तराईतिर लाग्यौँ । त्यहाँ पुगेपछि मात्र थाहा भयो पार्टी भनेको के रहेछ र पार्तीको काम भनेको के हो भनेर । मलाई अहिलेपनि गर्वको अनुभूति हुन्छ– सम्पूर्ण जीवन देश र जनताका लागि समर्पित गरेर, आफ्नो घरबार सबै त्यागेर पार्टीमा हिँडेका साथीहरुलाई सम्झदाँ । अशोक त पार्टीका साथीहरुबीच हुँदा यति खुसी बन्दोरहेछ कि मैले ऊ हाँसेको देखेकै रहेनछु । पार्टी साँच्चै पार्टी हुँदोरहेछ । छलफलमा स्वतन्त्रता, काममा एकरुपता, वर्गीय प्रेमको प्रत्यक्ष अनुभूति अनि समर्पण नै जिन्दगीको सार्थकता बन्दोरहेछ । दुईचार दिन त मलाई साथीहरुसँग घुलमिल हुन अप्ठ्यारो भएको थियो तर केही दिनमै म पनि आपैmँमा परिवर्तन भएको महसुस गर्न थालेँ ।
एक दिन अशोकले भन्यो– ‘‘तिमीलाई धेरै अप्ठेरो भएजस्तो छ, घरको सम्झना पनि आयो होला । कुनै दिन एक छाक भोकै बसेकी थियौ ? ऊ गलल्ल हाँस्यो । यहाँ त धेरै छाक भोकै पनि बस्नुपर्छ ।’’
‘‘भोकलाई मैले पनि साथी बनाउन सिक्दैछु जसरी तिमीलाई साथी बनाएँ ।’’ मेरो प्रतिक्रियाले ऊ गम्भीर बनेर मेरो अनुहारमा नियाल्यो ।
म महिला सङ्गठनमा आवद्ध भइसकेकी थिएँ । अशोक पार्टीकाममै जुटिरहेको थियो । सङगठनको कामसँगसँगै प्रगतिशील पुस्तकहरुको अध्ययनमा पनि जुटिरहेकी थिएँ । मैले त्योबेला पढेका केही किताबहरुको अहिले पनि सम्झना छ जसले मेरो जीवनमा कायापलट गरिदिएको थियो । तीमध्येका केही किताबहरु थिए– ‘थ्याङ्क यू मिस्टर ग्लाड’, ‘युवाहरुको गीत’, ‘बहुलाई दिदीको अधुरो तिहार’, ‘झुन्ड्याउँदा झुन्ड्याउँदै’, ‘गाउँका गरिबहरुलाई’, ‘गोलघरको सन्देश’ ।
पार्टीको निर्देशनअनुसार अशोकको क्षेत्र पूर्वी पहाड प¥यो । मलाई भने पार्टीले एक महिनाको छुट्टी दियो । बुबामुमासँग भेट नभएको धेरै भएकाले म घर जाने भएँ ।
राजनीतिको सामान्य चर्चा पनि नहुने हाम्रो घरमा अब राजनीतिबाहेकका कुरा गर्न मैले छाडिसकेकी थिएँ त्यो पनि वर्गीय मुक्ति आन्दोलनको । बुबामुमा पनि घरमा मदेखि तीनछक्क पर्नुभयो । घरमा बुबाले पढाइलाई निरन्तरता दिन भन्नुभयो । मैले पार्टीको स्वीकृति चाहिन्छ भनेँ । संयोग पनि कस्तो प¥यो भने पार्टीले मलाई अध्ययनसँगै विद्यार्थी सङ्गठनको जिम्मेवारी दियो । म फेरि स्नातकोत्तर अध्ययनका लागि कलेज जान सुरु गरेँ । मेरो विद्यार्थी सङ्गठनको राजनीति प्रवेशले सारा क्याम्पस नै छक्क प¥यो । राजनीतिमा सामान्य चासोसम्म नराख्ने मान्छे एक्कासि विद्यार्थी राजनीतिको मैदानमा ओर्लिएको देखेर छक्क पर्नु पनि अस्वाभाविक थिएन ।
स्ववियु निर्वाचन सुरु हुन लागेको थियो । हाम्रो सङ्गठनका साथीहरुले मलाई नै सभापतिको उम्मेदवार बनाउनुभयो । स्ववियुको परिणाम पनि हाम्रै सङ्गठनको पक्षमा आयो । अशोक पूर्वी पहाडी क्षेत्रमा काम गर्दै थियो । सायद परिवारकी एकमात्र सन्तान भएर होला मेरो राजनीति प्रवेशलाई घरपरिवारबाट पनि रोकावट भएन । पाँच वर्षसम्मको विद्यार्थी राजनीतिको जिम्मेवारीपछि मैले पार्टी सङ्गठनको जिम्मेवारी पाएँ । पार्टीकै निर्देशनअनुसार मैले आफ्नो जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गरेँ । पार्टी कामको सिलसिलामा मेरो कार्यक्षेत्र प्रायः ग्रामीण क्षेत्र नै पथ्र्यो ।
अशोक र मेरो कार्यक्षेत्र धेरैजसो अलगअलग पर्ने भएकाले कहिलेकाहीँ त हाम्रो भेट एक वर्षसम्म पनि हुँदैनथ्यो । त्यो बेलासम्म आउँदा ममा व्यक्ति होइन समूह, मेरो होइन हाम्रो, म होइन हामी भन्ने सोच र चिन्तन बसिसकेको थियो । भौतिक रुपमा मात्र होइन मानसिक रुपमा समेत म पार्टीको नीति र सिद्धान्तमा रुपान्तरणको तेज प्रक्रियामा थिएँ ।
जनसङ्गठनको सिलसिलामा हाम्रा थुप्रै साथीहरुले जीवनको उतसर्ग गरेका थिए; थुप्रै साथीहरु जेलको कालकोठरीमा बन्दीजीवन बिताइरहेका थिए । कोही आन्दोलनबाट भागेर टाढा भइसकेको थिए । पार्टीकामकै सिलसिलामा हिँड्दाहिड्दै मेरा बुबामुमा बितेको मलाई थाहै नभएभैmँ भयो । बुबालाई दमको रोग थियो । बुबाको निधन भएको छ महिनामै मुमा पनि बित्नु भयो । सैद्धान्तिक–वैचारिक रुपले म धेरै परिपक्व भएकीले नै भन्नुपर्छ आफ्ना बुबाआमाको पीडादायी मृत्युलाई मैले प्रकृतिको नियमको रुपमा सहजै लिएकी थिएँ ।
बुबामुमाको निधनपछि मेरा लागि सबै थोक भनेकै पार्टी थियो । पार्टीले निरङ्कुशताविरोधी मोर्चा निर्माण गरी आन्दोलनको घोषणा गर्ने निर्णय ग¥यो । हामी सबै आन्दोलनको तयारीमा जुट्यौँ । सिङ्गो देश आन्दोलित भयो । जनबलका अगाडि कसैको केही लागेन । आखिर पञ्चायत घुँडा टेक्न बाध्य भयो । बहुदलको आगमनपश्चात् देशमा नयाँ राजनीतिक परिस्थितिको वातावरण सिर्जना भयो । तर विडम्बना देश र जनताका लागि मुक्ति या मृत्युको कसम खाएका साथीहरुको पछिल्लो व्यवहारले म यति दिक्क भएँ कि … ।
हिजोका वर्गीय म्रेम, जनताले गरेको हामीप्रतिको अपेक्षा, जनताप्रतिको हाम्रो उत्तरदायित्व त्यो सब तासको महल जस्तो भयो । पछिल्ला दिनहरुमा त झन् विचार र सिद्धान्त होइन भोट पो हावी भयो हाम्रो पार्टीमा । कुशल र इमान्दार सङ्गठक होइन चतुर मन्त्रीको खोजी गर्न थाल्यो पार्टी नेतृत्वले । सर्वहाराको नेतृत्व गर्दै संसदभित्र पसेका साथीहरु नवसामन्तको भेषमा प्रकट हुन थाले । भोकानाङ्गा, शोषितपीडित जनताको पक्षमा वकालत गर्दै हिँड्ने हिजोका आदर्शका पात्रहरु नवधनाढ्य वर्गमा रुपान्तरित भएर जन्मन थाले । पार्टीभित्र अनुशासित र इमान्दार योद्धाको होइन कामचोर वाक्पटुकहरुको मूल्याङ्कन हुन थाल्यो । अरु त के अशोकले समेत त्यही बाटो पछ्यायो र ऊ पनि नवधनाढ्यवर्गको ताँतमिा सामेल भयो ।
मैले धेरै पटक पार्टीमा कुरा उठाएँ तर जनपक्षीय र स्वाभिमानी कुराहरु सुन्ने कानहरु लगभग बन्द भइसकेका थिए । पार्टीमा देखिएको चरम सुविधाभोगका कारण अशोक र मेराबीच पनि ठूलै तनाव सिर्जना भयो । म उसलाई विगतलाई फर्केर हेर्न भन्थेँ तर ऊ आजकै मस्तीमा निदाइरहेको हुन्थ्यो । अन्ततः अशोक र म एकैसाथ रहने अवस्था भएन । हामी छुट्टिनु नै थियो किनकि हामीबीच वर्गीय चिन्तन र वर्गीय सोचमा एउटा ठूलो पहाड उभिएको थियो । त्यो बेलाका धेरै इमान्दार योद्धा साथीहरु पार्टीको सैद्धान्तिक विचलनका कारण निराश भइसकेका थिए, निराश भइसकेका थिए । पार्टीमा दिनप्रतिदिन विचलनवाद र सुविधाभोगले घर गरिरहेको थियो ।
आपूmले अस्थाकै पुञ्ज मानेका मान्छेहरुको चरित्रबाट वाक्क भएपछि म पनि चुपचाप बसेँ । अब त मेरा लागि आपूmसँग रहेको वैचारिक सैद्धान्तिक पक्षबाहेक केही पनि थिएन । जीवनको एउटा लामो यात्रापछि आफ्नै साथीहरुबाट भएका यी नाटकबाट म विक्षिप्त नै भएँ । अशोकसँगको सम्बन्ध पुरै टुटेको थियो । म उसलाई सम्झन पनि चाहन्नथेँ । सम्झिहाले पनि घृणा लाग्थ्यो । ऊ त धेरै माथिल्लो स्तरको नेता भइसकेको थियो । हुन पनि त्यो पार्टीमा त्यस्तै वाक्पटुकको बाहुल्यता बढ्दै गएको थियो । इमान्दारहरु बिस्तारै किनारा लाग्दै थिए ।
पाँच वर्षपछि अचानक सँगै कलेज पढ्दाकी साथी जलजलासँग भेट भयो । ऊ पनि कलेजमा एउटा विद्यार्थी सङ्गठनकी नेतृ थिई । मेरो बारेमा उसले सबै थाहा पाएकी रहिछे । हामीबीच निकै लामो राजनीतिक छलफल र बहस भयो । पार्टीको कार्यदिशाका बारेमा लामो र अन्तरङ्ग कुराकानी भयो । अन्ततः आफ्नो अधुरो यात्रा पूरा गर्न मैले वर्गीय मुक्ति आन्दोलनको महासमरमा हेलिएको पार्टीमा लाग्ने निर्णय गरेँ ।
जलजला र म छ महिना सँगै एउटै कार्यक्षेत्रमा गएर काम ग¥यौँ । पार्टीले मलाई पछिल्लो समयमा पूर्वतिर पठायो । मैले पूर्वी क्षेत्रमा रहेर लगातार तीन वर्षसम्म काम गरेँ । पार्टीले मलाई पछि साँस्कृतिक क्षेत्रमा जिम्मेवारी दियो । साँस्कृतिक क्षेत्रमै काम गर्ने सिलसिलामा म फेरि पूर्वी पहाडी क्षेत्रमै आएँ तर त्यसको छ महिना नबित्दै म विरामी परेँ । उपचारका लागि पार्टीले सबै प्रयत्न ग¥यो । तर मलाई निको नहुने रोग लागिसकेको रहेछ । एकैसाथ मेरो मुटु र मृगौला ड्यामेज बन्ने अवस्थामा पुगेछन् । सँगसँगै मलाई ब्लड क्यान्सर पनि भएको रहेछ । ‘हाँसीहाँसी मृत्युलाई स्वीकार्ने हामी’ मलाई मर्न रत्ति पनि डर थिएन तर अफसोच् जनता र देशका लागि जीवनको बलिदान दिन पाएको भए म कति खुसी हुन्थेँ होला ! मलाई थाहा छ– अब म थोरै दिनपछि नै मर्दैछु तर म खुसी छु किनभने मैले जे सोचेर जे बुझेर मेरा यात्राका पाइलाहरु अघि बढाएँ; जहाँ कहिल्यै पनि बेइमान गरिनँ; जति काम गरेँ देश र जनताकै मुक्तिका लागि इमान्दारितापूर्वक गरेँ । तर म हस्पिटलकै यो बेडबाट ती मान्छेहरुलाई घृणा गर्छु जसले जनता र देशको मुक्तिका नाममा सपथ खाएर आफ्नो आदर्शलाई भुले; विचार र सिद्धान्तलाई बन्दी बनाए; आस्थालाई बिक्री गरे अनि सिङ्गो देश र जनतालाई धोका थिए । ‘अशोक’ यो नाम कुनै एक समयमा मेरा लागि आस्थाको केन्द्र थियो तर त्यही नाम आज घृणाको पहाड भएको छ । म आज अशोकलाई प्रश्न गर्छु गर्न चाहन्छु– ‘तिमीले बनाउने भनेको न्यायपूर्ण, समुन्नत समाजको खबर कस्तो छ ? आफ्नो विचार र सिद्धान्तबाट विचलित भएबापत तिमीले चिल्लो गाडी पायौ होला; आस्था र इमानलाई बिक्री गरेबापत भव्य महल भेट्यौ होला । तर याद छ तिमीलाई ? तिमीले थुप्रै इमान्दार योद्धाहरु गुमाएका छौ; थुप्रै झुप्रा र छाप्राहरुलाई जाली कुराले धोका दिएका छौ । जीवनको सार्थक अर्थबाट चिप्लिएर वेइमानको पथमा भ्रष्ट बनेर हिँडिरहेका छौ । थुप्रै सोझासिधा जनताको नजरबाट तिमी कहिल्यै नउठ्ने गरी लडिसकेका छौ अनि आफ्नै जीवनसाथी अर्थात एउटी पत्नीको घृणाको पात्र बनेका छौ ।
तर म कामना गर्छु आज फेरि हाम्रो पार्टीको नेतृत्व र हाम्रा साथीहरुबाट कुनै दिन हाम्रो पार्टी सरकारमा जाने वातावरा बन्यो र गयो भने ती सबै विगतलाई हेर्नेछ; हिजो जनताको घरदैलोमा गएर बोलेका वचनहरुलाई सम्झने छ; महान् सहिदहरुको सपनालाई साकार बनाउन एकाग्र भई लाग्नेछ । हाम्रो एउटै लक्ष्य देश र जनतको सेवा, न्यायपूर्ण समुन्नत समाजको समाजको निर्माणमा हाम्रा साथीहरु जुटिरहनुहुनेछ र म फेरि यो मृत्युको शैय्याबाट हार्दिकतापूर्वक अनुरोध गर्दछु कि विगतको मेरो यो पीडा फेरि पार्टीका अरु साथीहरुबाट यस्तै शब्दमा अर्को कथा बनेर नआओस् ।
(त्यसपछि) जब मैले ज्योतिले लेखेको यो पुस्तक पढ्दै यहाँसम्म आइपुगेँ नजिकैको टेबलको घर्राबाट अशोकले एउटा पुरानो फोटोएल्बम निकाल्यो । एल्बम पल्टायो जहाँ उनै ज्योतिको फोटो थियो । उसले फोटोलाई एकोहोरो हेरिरह्यो । एकपटक लामो सर्को चुरोट तान्यो । उसका आँखाबाट अश्रुधारा छुटे । उसले झ्यालको पर्दा उघा¥यो र झ्याल खोल्यो; बाहिर टहटह जुन लागिरहेको थियो । सायद पूर्णिमाको दिन थियो होला उसले जूनलाई देखाउदै भन्यो– ‘‘प्रशान्त, उः त्यो जूनजस्तै इमान्दार, निष्कपट र निष्कलङ्क ज्योतिलाई मैले गुमाएँ । ती प्रिय साथी ज्योतिलाई मात्र होइन मैले त आफ्नो जिन्दगीको ज्योतिलाई नै गुमाइसकेको रहेछु । सर्वहारावर्गको मुक्ति निम्ति लड्ने प्रण गरेर म वर्गीय मुक्ति आन्दोलनमा हेएिको थिएँ तर समयक्रममा म त आपैmँ धुस्नो बनिसकेको रहेछु । जब वैचारिक–सैद्धान्तिक विचलनले मान्छेलाई छुँदोरहेछ अनि त के नै पो बाँकी हुदोरहेछ र ! आज मैले धेरैथोक पाएर पनि सबैथोक गुमाएको छु । तर इमान्दारहरु साँच्चै इमान्दार नै हुँदा रहेछन् जो सधैँ सतिसालभैmँ स्वाभिमानी, आत्मसम्मानका साथ शिर ठाडो पारेर बाँचिरहँदारहेछन् । प्रशान्त, त्यसरी बाँच्न पाउनु नै सबैभन्दा ठूलो सुखद जिन्दगी रहेछ अनि जिन्दगीको अर्थ पनि त्यही रहेछ ।’’
रातको बाह्र बजेको घण्टीको सङ्केत कतैबाट आयो । अशोक एकोहोरो भएर बाहिरको जूनलाई हेरिरहेको थियो । उसले लामो सास तानेर भन्यो– ‘‘म भोलि नै गएर ज्योतिसँग माफ माग्नेछु अनि उनको यो अधुरो यात्रालाई पूरा गर्ने प्रण गर्नेछु ।’’ ( जिन्दगीका कथाहरु नामक कथा संग्रहबाट )

प्रतिकृया दिनुहोस्