खबर

भाजपा कार्यकर्ताहरूले हतियारले हमला गरेको तृणमूलको आरोप

कुचबिहार : तृणमूल कार्यकर्ता राहुल हुसैनलाई धारिलो हतियारले हमला गरेको भाजपा माथि आरोप लगाइएको छ। घटना तूफानगञ्ज महकुमाको चीला खाना 2 ग्राम पञ्चायत अन्तर्गत नयाँ बाजार इलाकाको हो। प्राप्त जानकारी अनुसार घाइते अवस्थामा राहुललाई अस्पताल गरिएपछि हाल तिनी तूफानगञ्ज महकुमा अस्पतालमा उपचाराधिन अवस्थामा रहेका छन्। घाइते राहुल हुसैन एउटा इँटाको भट्टीमा काम गर्छन् भने रातिको समय पनि तिनी त्यहीं बस्ने गर्दछन्। गत राति भाजपाका केही कार्यकर्ताहरूले तिनीमाथि धारिलो हतियारले प्रहार गरेको राहुलको आमाले आरोप लगाएको छ। राहुलमाथि यसभन्दा अघि पनि हमला भएको बताइएको छ। यस घटनालाई लिएर तूफान गञ्ज थानामा लिखित अभियोग दर्ता गरेपछि यसबारे जाँच शुरू गरेको पुलिस सुत्रले जनाएको छ। अर्कोतिर, आफुहरूमाथि लगाइएको आरोप झुटो रहेको भाजपाले दावी गरेको छ।

बोर्डका अध्यक्ष तामसाङको समर्थनमा लेप्चाहरूको जुलूस

कालेबुङ : लेप्चा विकास बोर्डका अध्यक्ष एलएस तामसाङमाथि विभिन्न आरोपहरू लगाएर तिनलाई पदबाट हटाउनु पर्ने माग गर्दै गत केही दिन अघिदेखि कालेबुङको तृकोण पार्कमा लेप्चा समुदायका मानिसहरूले आमरण अनशन गरिरहेका छन्। यसै क्रममा आज अर्कोतिर, हजारौँका संख्यामा लेप्चा समुदायका मानिसहरू ब्यानर तथा हातमा प्ला कार्ड बोकेर कालेबुङ सहरमा बोर्ड अध्यक्ष तामसाङको समर्थनमा सडकमा ओर्लिए। तिनीहरूले कालेबुङ सहरको विभिन्न पथहरूको परिक्रमा पनि गरे।

रङ्बुल फुटबल क्लबद्वारा सुरेन प्रधान सम्मानित

मिरिक: आज युनाइटेड रङ्बुल फुटबल क्लबले केएफसी- का मूल स्तम्भ तथा सुकना गेम्स एन्ड स्पोर्ट्स एसोसिएसन-का संस्थापक महासचिव सुरेन प्रधानलाई सम्मान जनाइयो। तिनी युनाइटेड रङबुल फुटबल क्लबकै पनि चीफ प्याट्रोन हुन्। रङबुल फुटबल मैदानमा आज सुरेन प्रधानलाई फुटबल खेलप्रति तिनले पुऱ्याएको अमूल्य योगदानको कदर गरेर सम्मान जनाउँदै खदा-माला लगाई दिए। यस अवसरमा तिनले युनाइटेड रङबुल फुटबल क्लबका नवोदित खेलाड़ीहरूलाई फुटबल खेलबारे आफ्नो कतिपय अनुभवहरू साझा गर्दै तिनीहरूलाई बहुमूल्य सुझाउहरू पनि दिए। अर्कोतिर, हालै गुवाहटीमा भएको एउटा राष्ट्रीय फुटबल प्रतियोगिताको म्याच अवधि मैदानमा नै सम्मान जनाइएकोमा आज सुरेन प्रधानलाई युनाइटेड रङ्बुल फुटबल क्लबको तर्फबाट हार्दिक बधाईं दिइयो। आजको कार्यक्रममा युनाइटेड रङबुल फुटबल क्लबका प्रशिक्षकहरु क्रमैले पप्पु राई, फिजोवाङ्दी शेर्पा, नितेश ठकुरी, अजय सुब्बा,अभिनय नाग,बुद्ध लामा,प्रमोद चामलिङ विशेष रूपमा उपस्थित थिए।

कोरोना भाइरस आतङ्कले बसुन्धरामा होली उत्सव नमनाउने

सिलगढी : हाल देशभरि नै कोरोना भाइरसको आतङ्क छाएको छ। यसैलाई केन्द्र गरेर घुम्न आउने विदेशी पर्यटकहरूलाई सिक्किमलगायत छिमेकी राज्य भुटानमा रोक लगाएको छ। चिकित्सकहरूले भीड-भाड क्षेत्रमा नजाने सल्लाह दिएकोले गर्दा धेरै ठाउँहरूमा यस वर्ष होली उत्सव नमनाउने भएको थाहा लागेको छ। यसैक्रममा सिलगढीको डागापुरस्थित बसुन्धरामा प्रत्येक वर्ष होली उत्सव बडो धुमधामको साथमा हर्षोउल्लासपूर्वक मनाउँदै आइरहे तापनि यस वर्ष कोरोना भाइरसलाई आतङ्कलाई ध्यानमा राखेर यहाँ होली उत्सव पालन नगर्ने निर्णय लिइएको बताइएको छ। विशेष गरेर भीडभाड भएको क्षेत्रबाट कोरोना भाइरस सङ्क्रमण हुने आशंकाले गर्दा नै यस वर्ष उक्त होली पर्व पालन नगरिने निर्णय लिएको आयोजक सुजीत राहाले बताएका छन्।

विजयी छात्रा प्रगति खनाललाई स्कुलले जनायो सम्मान

मिरिक: जिल्ला स्तरीय एथलिट मीट २०२०-मा ज्याभलिङ थ्रो (भाला हान्ने) प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेर काँस्य पदक विजेता बाह्रौ श्रेणीका छात्रा प्रगति खनाललाई भव्य सम्मान जनाइयो। मिरिकको पुटुङ माध्यमिक बिद्यालयमा हाल बाह्रौ श्रेणीमा अध्ययनरत् छात्रा प्रगति खनालको विजयमा खुशी व्यक्त गर्दै स्कूल पक्षबाट सह शिक्षिका नयनकला मोक्तानले तिनलाई आज खदा-माला लगाइ दिएर सम्मान जनायो। यस अवसरमा उपस्थित तिनकी आमालाई पनि स्कूलको पक्षबाट खदा-माला लगाई दिए। यसको साथै खेलकुद शिक्षक मन्दीप रिजालले पनि तिनलाई शुभेच्छा प्रकट गर्दै खेलामा विजयी बनेर आफ्नो स्कूलको नाम उच्च गरेकोमा बधाईं दिँदै भव्ष्यको निम्ति अग्रिम शुभकामना व्यक्त गरे। प्रगति खनालले खेलालाई नै शिक्षाको माध्यम बनाएर भविष्यमा फिजिकल एडुकेसन लिएर पढने ईच्छा व्यक्त गरेकी छन्।siliguritimes/india

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button