Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





धर्ममा पनि काटमारको आवाज


कमल मिश्र

म बिगतमा राजनीति गर्थे अझ त्यसमा पनि बर्गयुद्ध माथि बिस्वास गर्ने कम्युनिस्ट पार्टी को कार्यकर्ता अनि द्वन्द्व विश्लेषण गर्ने एक पत्रकार थिएँ। पुर्व जन्म को सन्चित कमाईले हो या सदगुरु भगवानको अकारण करुण कृपा ले हो ,डेडदशक अघि देखि राजनीति, पत्रकारिता, द्वन्द्व रिपोर्टिङ्ग र मानव अधिकार आदिका बिषय हरुलाई छोडेर आत्म कल्याण को अकाट्य मार्ग अध्यात्मतिर यो अपाङ्ग भौतिक शरिर लिएर लाग्ने कोशिस गरेँ। पत्रकारिताको पेशा र नेपाली कम्युनिष्ट आन्दोलन वारे अद्यावधि अझैपनि संसारको पेशागत धर्म पुरागर्न मैले कलम चलाईरहेको छु।यसै क्रममा कुशंङ्ग को पर्याय मानिने पत्रकारिता नगर्ने भन्दै करिव नौ बर्ष पहिले संसारी भारी बिसाउन म मेरा सर्वस्व एवं आराध्य जगद्गुरु श्री कृपालु जी महाराज समक्ष श्री भक्ति धाम मनगढ भारत गएथें। तर ,अन्तरयामी, कृपासिंन्धु श्री गुरुदेव ले संसार चलाउन जे जानेको छस त्यही गर केवल तनले मात्र भन्ने आज्ञा दिएपछि प्रत्यक्ष सुन्ने साक्षी कृपाचार्य क्षेत्री है।लेखन र पत्रकारिता लाईअहिले पनि निरन्तरता दिईरहेको मैले पछिल्ला दिनहरुमा मेरो यहि निजी फेसबुक वालमा प्रिन्ट तथा ईलोक्ट्रोनिक मिडियाका लागि तयार पारिएको सामग्री पोष्ट गर्दा कतिको निन्द्रा हराम भएछ, राधे राधे मा लागेको मान्छेले के यस्तो लेखेको भनेर टिप्पणी गर्ने देखि अनावश्यक हल्ला फिजाउने दयाविर हरुलाई म खै के भनौ मैले मेरो पेशा लाई निरन्तरता दिन अनि आफुले रुचि राखेको बिषय मा सामग्री तयार गरेर थोरै भएपनि आम्दानी गर्न संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता ले दिएको अधिकार प्रयोग गर्दा कसको के बिगारे ररुतर आजकल संसारी र संसारका मानिसहरु भन्दा यी यस्ता संसारमा अवलम्बन गरिने पेशा ब्यवसाय को बढि चियो चर्चो गर्ने अब्बल दर्जामा दर्ज हुन थाल्नुभएको छ आत्म कल्याणको श्रेय मार्ग अवलम्बन गर्ने महानुभाव हरुनै गुरु ले दिएको अनमोल ज्ञान अनुरुप हरिगुरु को नित्य निरन्तर रुपध्यान गरेर साधना मार्फत दुर्लभ देहको कल्याण मा लाग्नुहुने महानुभावले भगवान र गुरुको रुपध्यान गर्दै साधनामा समर्पित हुनुपर्ने मा म जस्तो घोर संसारी पापात्मा एक जीवको टिक्का टिप्पणी गरि नकारात्मक रुपध्यान मेरै गर्न थालेपछि यस्तो खाले चिन्तन बाट परिणाम के आउछ भन्ने बिषयमा त मैले भन्नु पर्दैन। जगदगुरुत्तम श्री कृपालु जी महाराज ले हामिलाई बारम्बार संझाई बक्सेको छैन र? फेरी अर्काको निन्दा नगर्नु, कुरा नकाटनु अनि दोस्रो ब्यक्ति लाई दुखित नतुल्याउनु ूभन्ने गुरु उपदेशको अवज्ञा गर्ने काममा आफुलाई साधक सत्संगी भन्नुहुने महानुभाव त लाग्नु नै भयो, भयो स्संसारी बिषयहरुमा छुट्टि दिलाएर नितान्त भगवदिय मार्ग प्रशस्त गर्न गुरु द्वारा खटाईएका केही पिताम्वर धारी हरुले समेत कसैको सेखि झार्न लडाकु समुहको कमान्डर झै वनेर नेपथ्य मा बाणी मुक्का प्रहार गर्न सक्ने लडाकु लडाकुनी तयार गर्दै आफु स्वयं ले वाणीहतियार रुपी माईक्रोफोन थमाउदै अहिंसा, दया, कृपा अनि दिनताका मुर्तिमान स्वरुप श्री गुरुदेवकै अगाडि काटने र मार्ने भाषण गर्न लाउदै भिन्न मतराख्ने उपर हाथ पाथ गर्न आफ्ना सेनालाई उतार्ने सम्मको हर्कत गरेको हेर्दा, देख्दा मलाई त यस्तो कार्य सदगुरुदेव लाई दिएको कष्ठ शिवाय अरु केही होईन कि भन्ने लागेको छ। यसैले बिषय घोर संसारी प्रवृत्तिको भएकाले र लागेकाले यहाँ रुसि दार्शनिक भ्लामिर ईलिभिच उल्यानोभ लेलिन को भनाई याद आयो, लेलिन भन्छनस्ूआफुलाई बिषयको ज्ञाता भन्ठान्ने कथित बुद्धिजीवी हरु वास्तवमा लम्पट हुन्छन र यिनीहरु बाटै प्रतिक्रान्ति को खतरा हुन्छू। हो आज ठीक यस्तै भुमिका हाम्रो नेपालको काठमाडौं तिरका आध्यात्मिक बुद्धिजीवी हरुले समेत खेलेको देखिन्छ। जता पल्लाभारी उतै मात्र लाग्ने हैन कि मार्ने काटने हाथ पाथ मा उत्रनेहरु लाई सलामी चडाउन माहिर कतिपय महोदय हरुलाई अनि लडाकु कमान्डर बन्न रुचाउने लाई सामान्य ज्ञानमा किन खडेरी लागेको होला आखिर आफुसंग असहमत हुनेले आर्थिक नैतिक र अन्य अवराध गरेको भए दन्ड भोग्ने ऊ स्वयं कि अरु हुन्छ? फेरी आध्यात्मिक र संसारी कानूनको चार्च उनिहरुमाथि लगाउनुको सट्टा भौतिक आक्रमण र निन्दा गर्न कुन सिद्धान्त र दर्शन ले छुट दिएको छ यतिखेर प्रश्न गर्न मनलाग्छ, महाशय र महोदय हरुलाई हाम्रै हकमा समेत सक्नुहुन्छ भने प्रमाण लिएर आएमा आध्यात्मिक दन्ड त भोग्नु नै पर्छ। छल छाम यो क्षेत्रमा चल्दैन तर संसारी दन्ड सजाय पनि प्रचलित मान्यता अनी कानून अनुसार भोग्न, भर्न तयार छु भन्न चाहन्छु।
र,अन्त्यमा श्री कृपालु गुरु देव द्वारा प्रणित निम्न पदहरु उनै आध्यात्मिक अगुवा र बुद्धिजीवी हरुलाई पस्कदै सबैलाई सुध्रने मौका देवाधिदेव महादेव भगवान श्री पशुपति नाथ ले एक पटक दिनुहोस भन्ने याचना गर्दछु।

ब्रजरस बरसि रह्यो ब्रज बीथिन, ज्ञानी बिनु जाने भरमायू । राधेराधे
अष्तु। क्रमश ( लेखकका निजी विचार हुन् )

प्रतिकृया दिनुहोस्