Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





कोरोना भाईरस लाई हामिले नै आमन्त्रण गर्यौ । तर, अझै चेत खुल्दैन, भाईरस भन्दा सुश्ममनले अव पनि चेतेन


कमल मिश्र

अहिले प्रकृति लाई नै चुनौती दिने कोसिसमा तल्लिन मानिसहरुको लोक भनेर चिनिने यस पृथ्वी धराधामका अधिकांश स्थानमा महामारी को रुपमा फैलिएको नोवेल भाईरस (कोभिड) कोरोना को प्रकोपका कारण अधिकांश भागका मानिसहरु डर, भय र त्रासदी को अवस्थामा रहेका छन् नै।
सत्यताका प्रतिक प्रह्लाद र ध्रुव ले भगवान को आदेशानुसार एकरएक करोड बर्ष र पूर्णब्रम्ह भगवान श्रीराम स्वयं ले समेत त्रेतायुगमा ११हजार बर्षसम्म राज गरेको पुरा पृथ्वीगत द्वापरको अन्त्य मा जव द्वारिकाधीश नारायण स्वरुप श्रीकृष्ण ले लीलासम्वरण गर्नुभयो तत्पश्चात् सुरुभ एको कलियुग आजसम्म आईपुग्दा वल वन्दुक, पाखुरी र चातुर्यत्ता जस्ता मायिक गुणको प्रयोग गरेर मानिसहरुले धर्तीलाई राष्ट्र रुपी धुजा मात्र पारेनन, अपितु प्रकृतिको स्वभाविक लीला माथि एक पछि अर्को धावा बोल्न अनि गर्न थालेपछि अहिले कोरोना जस्ता जीवाणु ले चुनौति दिन थालेका हुन भन्दा अतिशयोक्ति नहोला ।
आखिर भगवान् ले निसुल्क उपलव्ध गराएको हावा, पानी जमिन र अन्न पानी आदिलाई आफ्नै पुरुषार्थ अनुरुप उपयोग गर्नुपर्नेमा अहंकारले भरिएको बुध्दि खर्च गरेर साथै कोरोना भन्दा पनि अति सुश्म मन जसको वारेमा साईन्स ले समेत रिसर्च गर्न सकेन११ त्यसलाई नानाथरी का संकल्प, बिकल्प सोचाउने घोर कलिमलग्रस्त मायिक मन बुध्दि का साशक र बिद्वान भनिनेहरुले आफु सुपर हिटहुन प्राकृतिक न्यायको सिद्धान्त विपरित का कदमहरु चाल्दा यस्ताखाले आधिभौतिक बिपती आएका हुन।मानिस स्वयं ले सृजना गरिदिएको अप्राकृतिक कार्यहरु को परिणाम वाट निम्तिएका यस्ताखाले दुस्ख लाई आध्यात्मिक, आदि दैविक र दैहिक दुस्खका रुपमा यदि कसैले परिभाषित गर्छ भने यो भन्दा ठुलो पट मुर्खता अरु केही हुन सक्तैन। त्यसैले चाहे त्यो वर्ड फ्लु र स्वाईन फ्लु अनि एच आई भि र क्यान्सर मात्र हैन बर्तमानमा देखा फरेको नोवेल कोरोना र दुई बर्ष पहिले अफ्रिका तिर फैलिएको ईवोला भाईरस जस्ता महामारी सबै मानव सृर्जितनै भएकाले बीश्वभरी फैलिएको अहिलेको महामारी लाई ईश्वरिय लीला भन्न मिल्दैन यो हाम्रै अपाकृतिक हर्कत वाट हुन ग एको आधि भौतिक दुखनै हो। भन्नै पर्दा प्रकृति ले वनाएको ईकोस्सिटम लाई भत्काउने१ प्राणीहरू को स्वतन्त्र चलखेल माथि मानवको हस्तक्षेप जमिन जल र जंगलको दोहन मात्र हैन मांश मदिरा आहार गर्ने जस्ता बिषयहरुमा मानिसको मन बुद्धि केन्द्रित भईदिदा यस्ताखाले महामारी र दुस्ख आईलाग्ने हुन्छ भनेर हाम्रा सनातन शास्त्रहरुले बारम्वार संझाईदिदा समेत हामिले कहिल्यै सोचेनौ।
एकातिर ८४लाख प्रकारका प्राणी हरुमध्ये सर्वश्रेष्ठ प्राणी मानिसलाईनै चित्रण गरिदिएका शास्त्रहरुले अर्कातिर क्षणभंगुरत्ता मा आधारित मनुस्य देह को मनलाई नै सबैचीजको कारक भएको भन्दै सतर्क गराएका छन।
जस्तै मन एव मनुष्यांणां, कारणं वन्दःमोक्षयों८।। ९वेद, भागवत र गीता मा हेर्नुहोस० अर्थात मन नै मानिसको बन्धन र मोक्षको मुख्य कारक हो। शास्त्रले यसरी वताएको आधारलाई मानेर बिचार गरौ त हाम्रो यो महत्वकाक्षी मनले के के सोचेर तन अथवा नासवान शरिरलाई केरके गर्न लगायो र अहिले यो दुर्दसा भोगिदै छ। मान्छे ले खाने खाद्य बस्तुमा उद्ववीज वीऊवाट उम्रिने, प्रजाति हुँदा हुँदै खान नहुने अन्डज अन्डावाट निर्मित स्वेतज पसिनाबाट वन्ने पदार्थ र जरायू जन्मलिने जीवको हत्या गरेर जिब्रोको स्वाद मेटाउने गर्दानै जीवात्मा वीचको ईकोस्सिटम मानिसले तोडिदिएकाले आजकल कतिपय जीवात्मा को अस्तित्व मात्र संकटमा परेको छैन कि धेरै जीव नासिंदा ईकोस्सिटम रुपी तार चुडिन ग ई अहिलेको कोरोना जस्ता समस्या आएका हुन । आखिर बिज्ञान को सुरुवात हुने तीन तत्व हरु इलेक्ट्रोन प्लोटन र न्यूट्रन भन्दा पनि अति सुश्म मन लाई पृथ्वीको जमिन लुछाचुडि गर्ने र वाली नाली हुने ठाउँमा मा स्मार्ट सिटि वनाउँदा नपुगेर सौर्यमन्डलका अन्य चन्द्रमा र मंगल ग्रहमा समेत आफ्नो अस्तित्व दर्साउन होडवाजी गरिरहेको वर्तमान मानव सभ्यत्ताका अगुवाहरुले पालेको चरम महत्वकाक्षी योजना को कोभाजनमा सिंगो मानव जाति परिरहेको र पर्दैजाने खतरा देखिदै छ नै। नत्र गरुण को आहार शर्प बागको आहार खसि बाख्रा लगायतका जीव अनी गोहीका आहार माछा देखि पन्चतत्वको कच्चा रुप कतिपय जीवात्मा स्तनधारी अनि पक्षी समेतलाई आफु खुसी मानिसले आफ्नो भोजन बनाउने, प्राकृतिक खानाको सट्टामा जङ्ग फुडको प्रयोग गर्ने कार्य तिव्ररुपमा बढदै ग एपछि कोरोना मात्र हैन हेर्दै जाऊँ अझै केके ना आउछन समयले देखाउँछ। यसरी एक पछि अर्को गर्दै वैदिक र प्राकृतिक नियम लाई चुनौति दिदै जादा त्यसको रियाक्सन को रुपमा देखापरेका महामारी को हल प्राकृतिक ढंगले गर्न लाग्नुपर्ने साथै आ आफ्नो दिन चरिया र आनी वानी सुधार्न तिर उन्मुख हुनुपर्ने बर्तमानमा समेत राजनेता देखि बिषय र बिज्ञानका अध्येताले समेत सोचेको देखिदैन। ठीक छ हाम्रै हर्कत र लापरबाही का कारण न आउनू समस्या आयो यसको प्रतिकार गर्न सबै एकजुट भएर लाग्नुपर्ने अनि शास्त्रहरुले संझाए अनुसार वातावरण र ईकोस्सिटम लाई ठीक ठाउँमा ल्याउन यज्ञ होम आदि विधि अपनाउनू त परको कुराभयो हाम्रा यी सबै गतिविधि र आईलागेको आपत्कालीन अबस्था बारे सबै नोट गरिरहनु हुने भगवान लाई पुकार्न र नामलिन समेत कतिपय सामाजिक सारथी हरुले गरेको कन्जुस्याँई हेर्दा दया जागेर आउँछ आखिर आफ्नै अणुरुपी अंश जीवात्मा ले जानी जानी गरेको गल्ति नै किन नहोस उक्त गल्ति प्रति पश्चाताप गर्दै परमं स्वतन्त्र भगवान् मा जस्ले आफ्नो घमन्ड बुझाउँछ उसको सबै खतरा योग क्षम वहन को बिधिद्वारा हल गरिदिन्छु भनेर स्वयं भगवान् ले वताउनु भ एको छ।
जस्तैस्सर्वधर्मानं परित्यज्यस्मामेंएकं शरणंव्रज।। ९हेर्नुहोस गीता १८)६६०
त्यस्तै भगवान भगवान भन्नुहुन्छ म समय काल स्थान र देश महादेश हरुमा त्यहीको धर्म अनि मान्यता अनुसार सर्वब्याक स्वरुपमा रहन्छु भन्दै म जस, जस माथि कृपागर्छु अवस्य उसको घमन्ड र अहंकार लाई नास गरिदिन्छु भनेर यसरी बताईएको छ।

जस्तैयस्याहमनुग्रह्हामि हरिष्ते तद्दनं शनैः।। ९हेर्नुहोस भागवत

अर्थात कृपाका आशावादी को संसारी घमन्ड छिनेर लिन्छु ठीक छ सर्वसमर्था भगवान ले कृपा गरेर संकट मोचन गरिदिनु हुन्छ भने कम्तिमा हामिले प्रकृति माथि गरेको अनाधिकारिक हस्तक्षेपका कारण उत्पन्न भ एको महामारीमा विना प्रारब्ध ज्यान गुमाउन बाध्य जनताको प्राण जोगाउन तिर कोरोना पीडित भ एका देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु किन नलाग्नेरु तर यति हुँदा पनि भगवानको नाम सम्म लिन लागेकै छैनन किन होअझै बुझ्न सकिएनरुआखिर भगवान संग न्याय त मागिदैन दया न मागिन्छ। यतिठुलो संख्यामा मानव बिनासहुँदा समेत सापेक्षत्ता वादतिर लम्कदै दिव्य भगवान लाई बाईपास गरिरहेकाले जव प्रारभ्ध विपरित आफ्नै गतल कामको परिणाम वाट मृत्यु निम्त्याउँछन र यमलयमा पुग्छन त्यत्तिवेला भगवान् को नाम लिएर के काम११ त्यसैले कोरोना लाई संसार मा विकास भ एको बिज्ञान का हिसावले समेत परास्त गर्न लाग्दै भगवान नमान्ने सि जीन पिङ्ग ले सिन्तो भनेर ईटालियन र अमेरिकन ले गड र परमेश्वर भनेर ईरानी हरुले अल्लाहलाई ईमानत गरेर र भारत अनि नेपाल का ओली र मोदी जी हरुले परमात्मा भगवान भजेर गुहाँर माग्नु भयो भने तपाईहरुको मायिक सत्ता नरहे पनि भाईरस संक्रमण वाट विना प्रारभ्ध ज्यान गुमाउने जनता ले जन्म अनि मृत्यु वारेको प्रारभ्ध कतै भोग्न पाउँथे कि अनि मठ मन्दिर मश्जिद, चर्च लगायतका पवित्र धार्मिक स्थल र आध्यात्मिक कार्यहरुमा रोग संक्रमण को हाउगुजी देखाएर भेला हुन बाट लगाईएको प्रतिवन्ध हटाएर भगवान को विधान वेद शास्त्र अनुसार कार्यहरु गरेर नामापराध बाट बच्ने हो भने कतै छिटै नै कोरोनाको जंजिरवाट बिस्व मुक्त हुन्थ्यो कि सबैलाई चेतना भया । अस्तु।

प्रतिकृया दिनुहोस्