‘समाचार र विचारको
साझा चौतारी’





संयता , धैर्यता र सहकार्य आजको आबश्यकता


(सम्पादकीय )
कोरोना भाइरसले आज सिङ्गो विश्वनै आजित र आका्रन्त भएको छ । कोरोना भाइरस अर्थात कोभिड १९ का नामले प्रचारमा आएको यसको संक्रमणले आजका दिन सम्म सयौँको ज्यान गएको छ । सानो होस ठूलो , बिकासको उच्च्तम यात्रामा रहेका हुन् या भर्खर यात्रातय गरेका कुनै पनि देश यस्ता छैनन् जहाँ कोरोनाको त्रास नहोस । भन्नै पर्दा विश्वकै मानवजातिका लागि अपत्यारिलो पाराले आएको यो संक्रमणको रोकथामका लागि सबै खाले उपाय र प्रयत्न जारी रहेका बेला आज सिङ्गो मानव समुदाय बीच संयता, धैर्यता र सहकार्य बीचको सम्बन्धलेनै तत्कालका लागि यसको संक्रमण र बिस्तारलाई रोक्न सक्ने एउटै उपाय हामी सँग रहेको छ ।
चिकित्सक र यसका विज्ञहरुको सल्लाह र सुझावलाई मध्यनजर गर्दै ब्यक्तिगत रुपमा आफै आफ्रनो नियन्त्रणमा रहनुको अर्को बिकल्प हामी सँग अहिलेलाई छैन ।सरकार र नागरिक समाज अनि प्रत्येक नागरिकको सहकार्यमा हामी कोरोनाको बिस्तारलाई रोक्न सक्छौँ । सहि सूचनाको सम्प्रेषण आपसी सहयोग र धैर्यता आजका हाम्रा मुख्य जिम्मेवारी हुन् ।
कोरोनोको संक्रमण आम मानव समुदाय माथिकै आजको चुनौती हो भन्ने कुरालाई आफ्नो मानवीय र ब्यक्तिगत सोचलाई मनन गरेर यसको संक्रमणबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउन सकिने उपायको खोजी गर्नुनै हाम्रो पहिलो मानवीय कर्तब्य र दायित्व हो भन्ने सोचका साथ हामी सबै बीच सहकार्यको आबाश्यकता रहेको छ ।
भ्रामक र मनगढन्ते हल्लाका पछि नलागेर आफ्नो ब्यक्तिगत सरसफाई र चिकित्सकको सल्लाह बमोजिम स्वनियन्त्रणको उपाय आफुले गर्ने र अरुलाई पनि उचित परामर्श दिनु हामी सबैको कर्तब्य बनेको छ । संकट मान्छेलाईनै आउने हो र यसको समाधान पनि मान्छेलेनै गर्नु पर्दछ । कोरोना संक्रमणको नियन्त्रणका लागि हामीसँग मानवीय सहयोग र नागरिक दायित्व दुबै पक्ष आज ब्युझनु आबाश्यक छ ।
एक अर्कालाई यो अवस्थामा सकेको सहयोग गर्नु र कोरोनाको संक्रमणबाट सुरक्षित बन्ने उपायका बारेमा उचित परामर्श दिनुको पनि महत्वपूर्ण जिम्मेबारी आज हामी सँग रहेको छ । दया , करुणा र चेतनाको एउटा जिउँदो पक्षको परिचयनै मानव अर्थात मान्छे हो भन्ने सत्यतालाई मनन गरेर कोरोनो संक्रमणबाट सुरक्षित बन्ने उपाय र आबाश्यकता पर्दा मानवीय सहायताका वस्तुहरुको पनि हामी सहयोग गर्न पछि नपरौँ । यसका अलवा कोरोनालाई कुनै हाहाकारको रुपमा नबुझी र नबुझाई यसबाट सुरक्षित बन्नका लागि अबलम्वन गर्ने सल्लाह एक आपसमा सम्प्रेषण गरौँ ।

प्रतिकृया दिनुहोस्