Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





विश्वकप, च्याम्पियन्स लिग र ब्यालोन डी’ओर जित्ने खेलाडीहरु


यी दुईले च्याम्पियन्स लिग र बालोन डी ओर उपाधि जितेका छन् । आफ्नो राष्ट्रका लागि प्रतिष्ठित विश्वकप दिलाउन नसक्दा यी खेलाडी सर्वकालीन महान खेलाडीको सुचिमा पछि नपर्ने हो कि भन्ने चिन्ता पनि छ । विश्वकप, च्याम्पियन्स लिग र बालोन डी ओर जित्ने खेलाडी को सुची भने यसप्रकार रहेको छ :

काका (ब्राजिल)

Kaka

सन् २००६ देखि २००८ सम्मको बीचमा विश्व फुटबलमा काका जत्तिको उत्कृष्ट खेलाडी थिएनन् भन्ने विश्वास गरिन्छ । त्यो समयमा उनले ब्राजिल र एसी मिलानका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । २००७ मा मिलानलाई च्याम्पियन्स लिग जिताउँदा उनको भूमिका महत्वपूर्ण थियो । उनले सोही वर्ष बालोन डी ओर जितेका थिए । ब्राजिलले २००२ मा विश्व कप जित्दा उनी त्यसको सदस्य थिए ।

गर्ड मुलर (जर्मनी)

गर्ड मुलर जर्मन फुटबल इतिहासका एक उत्कृष्ट खेलाडी र गोलकर्ताले बार्यन म्युनिखका लागि ६ सय ५ खेलमा ५ सय ६३ गोल गरेका थिए । उनले जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरेका थिए । सन् १९७० मा बालोन डी ओर उपाधि जितेका मुलरले १९७४ को विश्वकप विजेता जर्मनीको टोलीका सदस्य थिए । उनले तीन पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

रोनाल्डिन्हो (ब्राजिल)

ronaldinho

विश्व फुटबलको इतिहासमा अर्का चर्चित खेलाडी ब्राजिलियन रोनाल्डिन्हो हुन् । सन् २००३ देखि २००६ सम्ममा उनी विश्व फुटबलका उनी जत्तिको उत्कृष्ट अर्को खेलाडी थिएन भनिन्छ । ४० वर्षे रोनाल्डिन्होले ब्राजिललाई २००२ को विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बार्सिलोनाको महत्वपूर्ण सदस्य रहँदा टोलीले २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो । २००४ र २००५ मा फिफा वर्षका उत्कृष्ट खेलाडी बनेका रोनाल्डिन्होले २००५ मा बालोन डी ओर जितेका थिए ।

फ्रान्ज बेकनबाउर (जर्मनी)

जर्मनीका फ्रान्ज बेकनबाउरलाई जर्मनीको रोलमोडलका रुपमा हेरिन्छ । इम्पेरोरको नामबाट समेत प्रख्यात उनले खेलाडीका रुपमा दुई पटक बालोन डी ओर, तीन पटक युरोपियन कप र एक पटक विश्वकप उपाधि जितेका छन् । ७४ वर्षे बेकनबाउरको प्रशिक्षणमा जर्मनीले १९९० मा विश्व कप उपाधि जितेको थियो ।

जिनेदिन जिदान (फ्रान्स)

Zidane Juventus

जिनेदिन जिदान पनि फुटबल इतिहासका उत्कृष्ट खेलाडी मध्येका एक मानिन्छन् । उनले तीन पटक फिफा वर्ष खेलाडीको उपाधि जितेका थिए । १९९८ मा उनले बालोन डी ओर उपाधि जिते । १९९८ मा फ्रान्सले विश्वकप जित्दा उनी फाइनलमा म्यान अफ दी म्याच बनेका थिए । २००२ मा बायर लेभरकुसनलाई हराउँदै रियल म्याड्रिडले च्याम्पियन्स लिग जित्दा उनले सानदार गोल गरेका थिए ।hamrokhelkud

प्रतिकृया दिनुहोस्