मूल खबरसम्पादकीय

लक डाउन हाम्रै जिवन रक्षाका लागि हो ।

पत्रकार बिष्णु पौडेलको फेसबुकबाट यो फोटो साभार गरिएको हो ।

बिशेष सम्पादकीय
विश्वभरका लागि नयाँ मानविय चुनौतीको रुपमा रहेको कोरोना भाइरस ( कोभिड १९)को सम्भावित संक्रमणको नियन्त्रणका लागि नेपाल सरकारले मंगलबार बिहानबाट लागू गरेको लक डाउन लाई सफल बनाउन आज प्रत्येक नागरिकको पहिलो कर्तब्य बनेको छ । यो लक डाउन हाम्रै जिवनको रक्षा र सुरक्षाका लागि हो भन्ने कुरालाई हामीले अन्तरमनबाटै बुझ्न जरुरी छ । पहिलो दिनमा आम नागरिकको तर्फबाट गरीएको यसको ब्यबहारिक कार्यान्वयनलाई हामीले शुभ सन्देश र संकेतको रुपमा ग्रहण गर्नुनै पर्छ । आज विश्वमा फैलदो अवस्थामा रहेको कोरोना संक्रमणलाई एक हद सम्म नियन्त्रण गर्नका लागि लक डाउनलाई राम्रो बिकल्पको रुपमा लिन सकिन्छ ।
छिमेकी देश चीनले समेत कोरोना संक्रमणलाई नियन्त्रणका लागि लक डाउन थ्यौरीलाई अपनाएको थियो जसको कारण आज चीनमा कोरोनाको संक्रमण लगभग नियन्त्रणमा आएको छ । सरकारले मंगलबार बिहानबाट लागू गरेको लक डाउनलार्य हामीले मेरो जिवनको सुरक्षाको लागि हो भन्ने सत्यतालाई मनन गरेर यसलाई कार्यान्व्यनमा ल्याउनु र सरकारको यो अभियानलाई जिवन रक्षाको रुपमा मानवीय ढङ्गले आत्मसात गरेर हामी सबैले यसको पालना गर्नुको अर्को बिकल्प अहिले हामीसँग छैन । संकटको समयमा केही कष्ट हुन सक्छ तर जिवन भन्दा ठूलो कष्ट हुदैन , केही समयका लागि थोरै कष्ट सहन सक्यौँ भने हाम्रो जिवनकै सुरक्षा हुन्छ भने यो कष्ट हाम्रा लागि केही पनि हुदैन । लक डाउनकै समयमा भएपनि सहि सूचना र सत्यतथ्यमा आधारित खबरहरुलाई एक अर्कामा सम्प्रेषण गरौँ । नेपालमा लक डाउनको कार्यान्वयन कानून बमोजिम र कानूननै भए पनि यसको नयाँ प्रयोगलाई कतिपयले राज्यले लगाएको कानूनको रुपमा जस्तो बुझे जस्तो देखिन्छ तर यो नितान्त नागरिक भनौँ या मानवीय सुरक्षाका लागि हो भन्ने सत्यतालाई साचो सरल भाषामा हामीले बुझ्न जरुरी छ ।
समस्या आएपछि समस्यासँग जुझनू मान्छेको एक प्रकारको जिवनचक्रनै जस्तो हो तर आज देखिएको कोरोनाको सम्भावित संक्रमणको नियन्त्रण कुनै एक ब्यक्ति वा समुदायको मात्र नभएर सम्पूर्ण मानव समुदायकै लागि भएको छ । यसर्थ समस्त मानव समुदायकै लागि चुनौतीको रुपमा देखिएको कोरोना संक्रमणको नियन्त्रणका लागि नेपाल सरकारले मंगलबारबाट कार्यान्वयनमा ल्याएको लक डाउनलाई यो मेरो र हाम्रो लागि हो, यो मेरो जिवनका लागि हो भन्ने संझेर यसको सफल कार्यान्वयनका लागि आ आफ्नो ठाउँमा सबैले हातेमालो गरौँ , मानव समुदायकै लागि चुनौती बनेको कोरोनाको सम्भावित संक्रमणलाई मनसँग मन मिलाएर नियन्त्रणको अभियानलाई हामी सबै मिलेर सफल पारौँ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button