Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





आइपिएलमा दिल्लीका खेलाडीको तलब विवरण


एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण आगमी वैशाखमा हुने तालिका छ । तर विश्वभर महामरीको रुप लिएको कोरोना भाइरसको कारण यस पटकको आइपिएल हुने सम्भावना कम छ ।

सन् २००८ देखि सुरु भएको आइपिएल हालसम्म आउँदा विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग बनेको छ । आइपिएल हरेक खेलाडीको पहिलो रोजाईको ब्यवसायिक लिग पर्दछ । खेलाडीले अक्सनमा क्षमता अनुसारको मुल्य पाउने गर्दछन् । सन् २०१८ मा दिल्ली क्यापिटल्सले लेग स्पिनर सन्दीप लामिछानेलाई अक्सनमा २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

सन्दीपले दिल्लीसँग तीन वर्षे सम्झौता गरेको कारण उक्त मूल्यमा थोरै वृद्धि गरेर दिल्लीबाटै खेल्नुपर्ने हुन्छ । आइपिएलमा सर्वाधिक पारिश्रमिक रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीको छ । कोहलीले एक सिजनको १७ करोड भारतीय रुपैयाँ पाउने गर्दछन् । यसैगरी महेन्द्रसिंह धोनी, रोहित शर्मा र ऋषभ पन्तले १५-१५ करोड बुझ्छन् ।

दिल्लीका सबै खेलाडीको पारिश्रमिक भारतीय रुपैयाँमा यस प्रकार छ :

१.पृथ्वी शा – १ करोड २० लाख

२.ईशान्त शर्मा – १ करोड १० लाख

३.क्रिस वोक्स – १ करोड ५० लाख (वोक्सले नाम फिर्ता लिएका छन्)

४.रविचन्द्रन आश्विन – ७ करोड ६० लाख

५.अजिंक्या रहाने – ५ करोड २५ लाख

६.शिखर धवन – ५ करोड २० लाख

७.जोसन रोय – १ करोड २० लाख

८.अमित मिश्रा – ४ करोड

९.मार्कस स्टोइनिस – ४ करोड ८० लाख

१०. एलेक्स करी – २ करोड ४० लाख

११.हर्षल पटेल – २० लाख

१२. मोहित शर्मा – ५० लाख

१३.कागिसो रबाडा – ४ करोड २० लाख

१४. अक्षर पटेल – ५ करोड

१५. श्रेयस ऐर – ७ करोड

१६. शिम्रन हेटमायर – ७ करोड ७५ लाख

१८. किमो पल – ५० लाख

१९.आवेश खान – ७० लाख

२०.तुषार देशपान्डे – २० लाख

२१.ललित यादव – २० लाख

२२.ऋषभ पन्त – १५ करोड

२३. सन्दीप लामिछाने – २० लाख, hamrokhelkud/from

प्रतिकृया दिनुहोस्