Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





कोरोना भाइरसले विश्वका २१ हजार बढीको मृत्यु


एजेन्सी,

कोरोना भाइरसका कारण विश्वका २१ हजार बढी मानिसको मृत्यु भएको छ भने इटालीमा मात्र ७ हजार बढिको ज्यान गएको छ ।

कोरोना भाइरस ( कोभिड १९)को संक्रमणकारण अहिलेसम्म विश्वका १ सय ९८ देशमा फैलिएको छ। भाइरसका कारण २१ हजारभन्दा धेरैको मृत्यु भएको छ।

अहिलेसम्म २१ हजार १ सय ७८ ज्यानको मृत्यु भएको वल्डओमिटरले जनाएको छ। इटालीमा मात्रै ७ हजार ५ सय ३ र स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ। यो चीनको भन्दापनि धेरै संख्यामा रहेका हो।

चीनमा अहिलेसम्म ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ। अहिलेसम्म ४ लाख ६७ हजार ८ सय ९० जनामा संक्रमण देखिएकोमा १ लाख १३ हजार ८ सय ९ जना उपचारपछि निको भएका छन्।

प्रतिकृया दिनुहोस्