Sunday, April 5

‘समाचार र विचारको
साझा चौतारी’





बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित !


एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण क्याटलान क्लब बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको छ । क्लबले कोरोना भाइरसका कारण खेलाडीको पारिश्रमिक कटौती गर्ने भएपछि केही खेलाडीहरु आफ्नो पारिश्रमिक कटौतीमा खुशी रहँदा केही खेलाडीहरु भने यसको विपक्षमा उभिएपछि ‘ड्रेसिङ रुम’ नै विभाजित बन्न पुगेको हो ।

राम्रो पारिश्रमिक लिने खेलाडीहरु तलव कटौतीमा खुशी रहेपनि कम पारिश्रमिक लिने खेलाडीहरुले आफैलाई संकट पर्न सक्ने भन्दै क्लबको यो निर्णयलाई अस्वीकार गर्ने पक्षमा रहेका छन् । कोरोनाको विपद अझै जारी रहँदा विश्व फुटबल नै स्थगित छ । बार्सिलोनाले सिजन अघि नै क्लबको बजेटको अनुमान गरेको थियो । तर, सिजन लम्विने भएसँगै क्लबको लगानी पनि बढ्ने पक्का छ । त्यसैले पनि बार्सिलोनाले खेलाडीको पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो ।

क्लबका निर्देशक र खेलाडीबीचको गत शुक्रबारको बैठकमा खेलाडीको पारिश्रमिक कटौती गर्ने सम्भावनाबारे छलफल भएको र यसमा खेलाडीहरुले अस्वीकार गरेको बुझिएको छ । बार्सिलोनामा तीन समूहका खेलाडी छन् । बार्सिलोनाले पहिलो रोजाईका खेलाडीलाई ७० प्रतिशत भन्दा दिनुपर्ने हुन्छ । विभिन्न खेलकुद टोलीलाई ५९३ मिलियन पाउन्डभन्दा बढी तिर्नुपर्ने हुन्छ । जसमा ४६८ मिलियन पाउन्ड फुटबल खेलाडीकै लागि खर्च हुने क्लबले जनाएको छ ।

क्लबले यो अवस्थामा कम पारिश्रमिक दिने उपाय खोजिरहेको छ । क्लबले यो अवस्थामा खेलाडीहरुले सहमत हुनेमा विश्वास लिएको छ । तर, यो विषयमा फुटबल कसरी अघि बढाउने भन्ने बारे अहिले ‘ड्रेसिङ रुम’ तीन समूहमा विभाजित छ । पहिलो त यो प्रस्तावमै विवाद शुरु भएको छ । फुटबल नभएको अवस्थामा खेलाडीहरुले १० प्रतिशत पारिश्रमिक दिनुपर्ने शर्त छ । केही खेलाडी यसलाई मान्न तयार छैनन् ।

खेल रोकिएपछि बार्सिलोनाको कमाईमा पनि गिरावाट आएाको छ । क्लबको आमदानीको स्रोत मुख्य प्रायोजकसँगै टिकट बिक्री, म्युजियम भ्रमण र टिसर्ट बिक्री नै हो । तर, यो सबै अहिले रोकिएको छ । प्रायोजकले भुक्तानीसमेत रोक्न सक्ने छ ।

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले क्याटलान क्षेत्रमा कोरोना रोकथामको लागि १ मिलियन युरो सहयोग गरेका छन् । बार्सिलोनाकै पुवै प्रशिक्षक पेप ग्वार्डिओलाले पनि १ मिलियन युरो नै सहयोग गरेका छन् ।hamrokhelkud

प्रतिकृया दिनुहोस्