Wednesday, April 8

‘समाचार र विचारको
साझा चौतारी’





प्रेमिकासँग रोमान्टिक सलिन


फिल्मीखबर, काठमाडौं
मंगोलियन लुक्स, फरक हेयर स्टाइल र भिन्न शैलीको ड्रेसअपका कारण अरु अभिनेताभन्दा भिन्न मानिन्छन्, सलिनमान बनियाँ । फिल्मी करिअरको तीन वर्षमा दुईटा मात्र फिल्ममा अभिनय गरेका उनी एक वर्षयता कुनै फिल्ममा अनुबन्ध भएका छैनन् । सुपरहिट फिल्म ‘ए मेरो हजुर २’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनको गएको वर्ष फिल्म ‘यात्रा’ प्रदर्शनमा आएको थियो ।

यो फिल्म बक्सअफिसमा असफल भए पनि सलिनमानको एक्सनको प्रशंसा भएको थियो । दर्शक तथा समीक्षकले उनको अभिनयमा सुधार देखिएको पनि बताएका थिए । तर, यो फिल्मपछि उनले अफर आएका सबै फिल्म रिजेक्ट गरिरहेका छन् । अब आफूलाई चित्त बुझ्दो स्क्रिप्ट नआएसम्म फिल्म नगर्ने उनको अडान छ । उनी दर्शकलाई निराश बनाउने फिल्म नगर्ने बताउँछन् ।

दुई फिल्मबाटै युवापुस्तामा गजबको क्रेज बनाएका अभिनेता सलिनमान बनियाँ नेपाली फिल्ममा आउनुभन्दा अगावैदेखि प्रेम सम्बन्धमा थिए । उनी लामो समयदेखि प्रोफेसनल मेकअप आर्टिस्ट अस्प्रिना जिन्हा श्रेष्ठसँगको प्रेममा रमाइरहेका छन् । मिडियामा प्रेम सम्बन्धको बारेमा खुल्न नरुचाउने उनी सामाजिक सञ्जालमा भने प्रेमिकासँगको तस्विरहरु साझेदार गरिरहेका हुन्छन् ।

केही समयअघि प्रेमिकालाई आफ्नो ‘सबथोक’ भन्दै प्रेमिल तस्विर इन्स्टाग्राममा पोस्ट्याएका सलिनमानले बुधवार फेरि प्रेमिका अस्प्रिनासँगको दुईवटा तस्विर साझेदार गर्दै प्रेम अभिव्यक्त गरेका छन् । तस्विरमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ भने हातमा वाइनको गिलास छ । सलिन मात्र होइन, अस्प्रिना पनि बाक्लै रुपमा सलिनसँगका तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् ।

सलिनमान बनियाँले इन्स्टामा साझेदार गरेको प्रेमिका अस्प्रिनासँगको रोमान्टिक तस्विरमा ‘सुहाएको जोडी’, ‘क्यूट कपल’, ‘अत्यन्त प्यारो जोडी’ भन्दै थुप्रै कमेन्ट कोरिएका छन् । कमेन्ट गर्ने प्रायः युवती छन् । कतिले कोरोना भाइरसको त्रासको समयमा यसरी एकअर्कासँग नजिक नहुन सल्लाह दिएका छन् भने केहीले सलिनमानलाई नयाँ फिल्म कहिले आउँछ भनेर सोधेका छन् ।

प्रतिकृया दिनुहोस्