कृषि र किसान

काँकरभिट्टामा तरकारीको समस्या

मेचीनगर। सरकारले मंगलबारदेखि लगाएको लक डाउनको चौथो दिन झापाको काँकरभिट्टामा तरकारीको आपूर्तीमा कमी आएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लक डाउनको आज चौथो दिन पूर्वी नाका काँकरभिट्टामा तरकारीको कम भएको स्थानियले बताएकाछन् ।
मुख्य गरेर पुरानो सब्जी लाईन र आसपासका क्षेत्रमा स्थानिय तरकारी किन्न जाँदा तरकारी पाउन छाडेको बताउँछन् । लक डाउन शुरु हुन अघि पाईने रायोको एक मुठा सागको मूल्य अधिकतम ३० रुपैयाँ थियो भने लक डाउनको चौथो दिन एक मुठा सागको मुल्य ५० सम्म पुगेको स्थानिय बताउँछन् ।
हरियो सागका अलवा अज्य सब्जी समेत आउन छाडेको स्थानिय ब्यापारी बताउँछन् ।लक डाउन र कोरोना संक्रमणको कारण सब्जी ब्यापारीहरुले समेत सब्जी ल्याउन कमी आएकाले बजारमा तरकारीको कमी आएको स्थानिय ब्यपारी सुरेश भूर्तेलले बताए । मुख्य गरि यस क्षेत्रमा चारआली मण्डीमा आउने साग सब्जीमा कमी आएकोलेनै आपूर्तीमा कमी भएको उनले बताए । भोली शनीबारदेखि आपूर्ती बढ्न सक्ने उनले बताए । यता उपभोक्ता भने हरियो बाहेककै सब्जीको आपूर्ती यस क्षेत्रमा कम भएकाले तरकारीको समस्या परेको बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button