स्वास्थ्य

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या ६९ हजारभन्दा बढी, यस्तो छ सार्क राष्ट्रको अवस्था

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार नाघेको छ।

नेपाली समय अनुसार सोमबार बिहान साढे ७ बजेसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४ सय ४४ पुगेको हो।

इटालीमा सबैभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्। इटालीमा ज्यान गुमाउनेको संख्या १५ हजार ८ सय ८७ पुगेको छ।

स्पेनमा १२ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय १६ पुगेको छ।

फ्रान्समा ८ हजार ७८ जनाले ज्यान गुमाइसकेका छन्। इरानमा ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय ३ पुगेको छ। चीनमा ३ हजार ३ सय ३१ जनाले ज्यान गुमाइसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १२ लाख ७३ हजार ९ सय ९० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

उपचारपछि घर फर्किने बिरामीको संख्या २ लाख ६० हजार १ सय ९३ पुगेको छ।

२४ घन्टामा संसारभर ७१ हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ४ हजारभदा बढी मानिसको मुत्यु भइसको छ।

२४ घन्टामा अमेरिकामा २५ हजारभन्दा संक्रमित भएका छन् भने १ हजार १ सयभन्दा बढी मानिसको मुत्यु भइसको छ। योसँगै अमेरिमा ३ लाख ३६ हजार ६ सय ७३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

त्यस्तै स्पेनमा १ लाख ३१ हजार ६ सय ४६ जना संक्रमित भएका छन्। इटालीमा संक्रमितको संख्या १ लाख २८ हजार ९ सय ४८ पुगेको छ। जर्मनीमा पनि संक्रमितको संख्या १ लाख १ सय २३ पुगेको छ।

सार्क देशहरुको तथ्यांक
छिमेकी राष्ट्र भारतमा एकै दिनमा १८ जनाको मुत्यु भएको छ। योसँगै भारतमा मुत्युको संख्या १ सय १७ पुगेको छ। भारतमा ४ हजार २ सय ८८ संक्रमित भएका छन्। ३ सय २८ जना निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा ३ हजार १ सय ५७ जना संक्रमित भएका छन् भने ४७ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन्। २ सय ११ जना निको भएर घर फर्किसकेका छन्।

अफ्गानिस्तानमा ३ सय ४९ जना संक्रमित भएका छन् भने ७ जनाको मुत्यु भइसको छ। १५ जना निको भएर घर फर्किसकेका छन्।

श्रीलंकामा १ सय ७६ जना संत्रमित भएका छन् भने ५ जनाको मुत्यु भइसको छ। ३३ जना निको भएर घर फर्किसकेका छन्।

बंगालादेशमा ८८ जना संक्रमित भएका छन् ९ जनाको मुत्यु भइसको छ। ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

माल्दिभ्समा १९ जना संक्रमित भएका छन् भने १३ जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा ९ जना संक्रमित भएका छन् भने एक जना निको भएर घर फर्किसकेका छन्।

भुटानमा ५ जना संक्रमित भएका छन् भने २ जना निको भएर घर फर्कसकेका छन्।swsthyakhabarpatrika/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button