खबर

भावपूर्ण श्रद्धाञ्जली जनवादी गायिका हेलिन बोलेकलाई

कोरोना भाइरस (कोभिड १९) ले विश्व मानवसभ्यता नै सङ्कटमा पार्छ कि भन्ने चिन्ता भैरहेको छ । विश्वको आधा जनसङ्ख्या लकडाउनको सामना गरिरहेको छ । ठीक यही समयमा टर्कीमा संसारलाई नै स्तब्ध बनाउने अर्को घटना भएको छ । ३ अप्रिल अर्थात् २१ चैतमा त्यहाँकी प्रसिद्ध जनवादी गायिका हेलिन बोलेकको भोक हडतालको २ सय ८८ औँ दिनमा जेलभित्रै निधन भएको छ । निधनपछि उनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाउँदै टर्कीका क्रान्तिकारी जनताले उच्च सम्मान प्रकट गरेका छन् । उनको उच्च सम्मान गर्दै टर्कीका क्रान्तिकारीहरूले गाइरहेका छन् :

तिमी आफ्नो गीत गाऊ
तिमीलाई कुनै पिँजडाले बन्द गर्न सक्नेछैन
तिमी एक अग्निज्वाला हौ
त्यो आकाशमा चम्कन्छ
आज रोटी भाँचिएको छ र
दाख–रस पोखिएको छ ।

टर्कीमा लोकप्रिय रहेको ‘ग्रुप योरुम’ की गायिका २८ वर्षीय हेलिन बोलेकले २ सय ८८ दिन लामो भोक हडतालकै क्रममा प्राण त्याग गरिन् । टर्कीको तानाशाही सरकार र अमेरिकी साम्राज्यवादविरोधी गीत गाएकै कारण हेलिनको साङ्गीतिक समूहलाई दुवै सरकारले आतङ्कवादी घोषित गरेका थिए । टर्की सरकारले हेलिनको साङ्गीतिक समूहलाई प्रतिबन्ध लगाउँदै सन् २०१६ मा त्यसमा आबद्ध सबै सदस्यलाई जेलमा थुनेको थियो । त्यसको विरोधमा हेलिन बोलेकले जेलभित्रै भोक हडताल सुरु गरेकी थिइन् । साङ्गीतिक समूहमाथिको प्रतिबन्ध हटाउनुपर्ने तथा जेलमा रहेका आफ्ना साथीलाई रिहा गर्नुपर्नेलगायत माग उनले राखेकी थिइन् ।

भोक हडतालमा रहँदा हेलिन बोलेकलाई झुकाउन टर्की सरकारले उनलाई अस्पताल लगेर भर्ना ग¥यो । उनी अन्तिम घडीसम्म पनि झुकिनन्, बरु प्राण त्याग गरिन् ।भावपूर्ण श्रद्धाञ्जली जनवादी गायिका हेलिन बोलेकलाई ।eratokhabar

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button