विचार

विदेशमा नेपालीको स्वास्थ्य र सुरक्षा

अम्बिकाप्रसाद अधिकारी

कोरोना भाइरस (कोभिड–१९) का विषयमा बाहिर आएका तथ्यले विद्वत् वर्ग यसको अध्ययन–अनुसन्धानमा प्रभावी नभएको अनुभँत हुन्छ । विश्वका शक्तिशाली र सुविधासम्पन्न राष्ट्रहरूमा पनि यसले तहल्का मच्चाइरहेकोछ । यो कसरी नियन्त्रण हुन्छ, कुनै उपाय सुझाइएको छैन । संकटकाल, लकडाउन, कर्फ्यु यसका रोकथामका औषधि हुन् भनिदैछ, गरिँदै छ । यसले मानव बन्दी भएको छ । बन्दीले त रासन पाउँछतर विश्व नै ठप्प हुँदा रासन कहाँबाट आउने हो, संकट छ । विश्व नै एक कारागार बन्दैछ । यसको आर्थिक प्रभाव देखिन थालेपछि स्थिति के हुने हो, आँकलन भएको छैन ।

सुरक्षा किन र कसरी?

नेपालीहरू१९ लाखको संख्यामा देशबाहिर रहेको वि.सं. २०६८ को जनगणनाले देखाउँछ । हामी ४०–६० लाख बाहिर छौं भन्छौं । विदेशका नेपाली बन्दाबन्दीको सिकार भएकै छन् । कति फर्कने तयारीमा थिए, कति बिदा लिएर फर्किने समय पर्खिरहेका थिए, रोकिए । यसबीचमा फर्केकाले कोभिड–१९ बोकेर पनि आए । यो विपद्मा सबैको मन विदेशमा एक्लै हुँदा रोइरहेको हुन्छ । मरेपनि, बाँचे पनि परिवारका साथ हुने इच्छा सबैको हुन्छ । सुरक्षा र विद्यमान परिस्थितिको हिसाबले त्यो मनोकांक्षा पँरा हुने अवस्था रहेन ।

संविधानतः वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभँति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने व्यवस्था छ । वैदेशिक रोजगार ऐनले नेपाली कामदार रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक विपत्ति परी कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनीतिक नियोग वा श्रम सहचारीमार्फत फिर्ता गर्ने व्यवस्था मिलाउने व्यवस्था छ । यो विदेशी भँमिमा नेपालीको हक–अधिकारको सुरक्षाको व्यवस्थापन गर्ने आधार हो । राज्यको दायित्व नागरिकको संरक्षण र सुरक्षा गर्ने हो । कुनै पनि स्थानमा भएको आफ्नो नागरिकको सुरक्षाको दायित्व राज्य वा सरकारसँग छ ।

नागरिकप्रतिको दायित्व निर्वाहकै लागि गन्तव्य मुलुकमा राजदँतावास÷वाणिज्य दँतावास (नियोग) क्रियाशील छन् । हरेक नेपालीले आफ्नो सुरक्षा नियोगबाट हुने कुरामा पँर्ण भरोसा र विश्वास गर्छन् । नियोगलाई आफ्नो घर र अभिभावक ठान्छन् । नियोगले कुनै पनि नागरिकको समस्यालाई आफ्नै समस्या ठानी काम गरिरहेका हुन्छन् । यद्यपि गन्तव्य मुलुकको प्रशासनिक, कानुनी र व्यवहारगत संस्कृतिका आधारमा नागरिक सेवा र सुरक्षा गर्नुपर्दा अपेक्षित सेवाप्रवाह सहज नहुनसक्छ । यसले गर्दा नियोगप्रति नकारात्मक सञ्चार सम्प्रेषण गरेको पाइन्छ । तथापि नियोगको पहल र प्रयासविना समस्या समाधानको उपाय छैन । विषम परिस्थितिमा गन्तव्यमा नागरिक सुरक्षा र सेवाप्रवाह गर्नु राज्यको प्रतिनिधि निकाय नियोगको दायित्व हो ।

नागरिक सुरक्षाका खातिर नियोगहरूले आफ्ना नागरिकको हक–अधिकार स्थापित गर्न सरोकारवाला स्थानीय सरकारी, गैरसरकारी, निजी निकाय तथा पदाधिकारीहरूसँग निरन्तर संवाद र समन्वय गरिरहेका हुन्छन् । नागरिकका हक–अधिकार गन्तव्यमा हनन हुन सक्छन् । यस अवस्थामा नियोगहरूले सुरक्षाका लागि सम्भव भएसम्मका प्रयत्न गर्छन् । यहाँसम्म कि आफ्नो मुलुकमा त्यही घटनामा सजायको भागी भइरहेको र राज्यले दण्डित गरिरहेको हुने तर त्यही काम विदेशी भँमिमा गर्दा नागरिकको संरक्षण गर्न स्थानीय राज्यसँग नियोगको प्रयास रहन्छ ।

यो विरोधाभास नागरिकको सुरक्षाकै निम्ति हो । कानुन विपरीतका समस्या आउन नदिन सचेतनादेखि पँर्वसावधानीका उपायहरू आफ्ना नागरिकसम्म नियोगबाट सम्प्रेषण गरिन्छ । अधिकारको खोजी गर्न गन्तव्य र उत्पति दुवै मुलुकको दोहोरो कानुनी दायित्व पालना गर्नुपर्ने हुन्छ। यसरी दोहोरो दायित्व निर्वाह गर्दा मात्र कुनै पनि देशको नागरिकले आफ्नो हक र सुरक्षाको दाबी गर्न, अधिकार खोज्न सहज हुन्छ र पाउन सक्छ ।

विद्यमान विपद् परिस्थितिमा गन्तव्य मुलुकहरूले सबै देशका नागरिकलाई आफ्नै देशका नागरिकसरह व्यवहार गर्ने प्रत्याभँति दिएका छन् । औषधोपचार, रोजगारीको प्रत्याभँति, भिसा, करार अवधि थप, ओभर स्टेमा छुट, म्याद थपजस्ता प्रबन्ध गरिएका छन् । यही अनुसार संक्रमित नेपाली उपचाररत र कतिपय ठीक भइसकेका छन् । गन्तव्य मुलुकमा भएको लकडाउन वा कर्फ्यु वा संकटकालका नियम सबैले पालना गर्नै पर्छ । संक्रमण वा बिरामी भए उपचारको विद्यमान व्यवस्थाअनुसार सेवा पाएकोछ । दुवै मुलुकबीच सँचना सम्प्रेषण दोहोरो भइरहेकोछ ।

स्वास्थ्य र सुरक्षाका उपाय
विदेशी भँमिमा नेपालीहरूलाई संकट पर्दा राज्य कतिपय अवस्थामा कमजोर देखियो भने कतिपयमा सशक्त । यी परिस्थितिजन्य कुरा हुन् । इराकमा १२ जना नेपालीलाई सुरक्षा गर्न नसक्दा राज्य कमजोर भएको अनुभँति भयो होला । अफगानिस्तानबाट वा चीनको उहानबाट नेपालीलाई ल्याउँदा राज्य सशक्त र जिम्मेवार देखियो । अहिले भारतको सीमाक्षेत्रबाट नेपालीलाई नेपाल पस्ने वातावरण नबन्दा राज्यको दायित्वमाथि प्रश्न उठिरहेको छ । यी सबै परिस्थितिजन्य कुरा हुन्, यी सब विषय राज्यले नागरिकको सुरक्षाकै निम्ति गरिरहेको छ । तथापि आफ्नै देशमा व्यवस्थापन गर्नुचाहिँ उचित हुने पक्का हो ।

अहिले विदेशी भँमिमा १९ लाख हुन् या ४० लाख, जति भए पनि ठँलो संख्यामा नेपाली देशबाहिर छन् । १३० भन्दा बढी देशमा त श्रम स्वीकृति लिएरै गएका छन् । कानुनी वा गैरकानुनी बाटोबाट भएपनि विश्वका अधिकांश मुलुकमा नेपालीको उपस्थिति छ । अहिले कोभिड–१९ को महामारीका समयमा विदेशमा भएका यति धेरै नेपालीका लागि राज्यले गर्न सक्ने स्वास्थ्य सुरक्षाके र कसरी भन्ने प्रश्न अगाडि आउँछ ।

राज्यले चीनबाट १७५ जना नेपालीलाई ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन राखी घर पठाउँदा नागरिक खुशी भए । आसपासका नागरिक रोग आउने भयो भनी क्षणिक दुःखी पनि भए । घर छोडेर हिँडे भन्ने पनि सुनियो । यसले हरेक नेपाली चाहे त्यो देशभित्र होस् वा बाहिर, संकटको घडीमा आफ्नो सुरक्षा खोजिरहेको छ । सुरक्षाका लागि आफ्नै घर खोजिरहेको छ ।

नेपालमा सुरक्षित हुने विश्वासमा र गन्तव्य मुलुकमा रोजगारीको अवसर कम हुने कारण नेपालीहरू ठँलै संख्यामा स्वदेश फर्किन चाहन्छन् । यसले नेपालमा बेरोजगारी, सामाजिक र राजनीतिक आयाम परिवर्तन हुनसक्छ । राज्यले यसको व्यवस्थापनको पँर्वतयारी गर्नुपर्छ । स्वदेशमा रोजगारीको अवसर र तिनको व्यवस्थापन जरुरी छ । प्रकोप वा महामारी वा युद्धको अवस्थामा विदेशमा भएका नागरिकलाई स्वदेश फर्काउने जिम्मेवारी राज्यको हुन्छ र यो पँरा गर्नुपर्छ । हरेक गन्तव्य मुलुकले आ–आफ्नो देशका नागरिक लैजान भनेको अवस्थामा त्यसको व्यवस्थापन गर्नुपर्छ, जसरी नेपालबाट अन्य मुलुकले आफ्ना नागरिक अहिले पनि लिएर गएका छन् ।

कोरोनाको कहर शुरू भएपछि विदेशबाट आएका नेपालीहरूमा छिटपुट संक्रमण देखिँदा नेपाली समाज त्रसित छ । यसमा राज्य अलिकति चुकेकोचाहिँ हो । तेस्रो मुलुकबाट फर्केकाहरुलाई जहाजबाट आउनासाथ र सीमाक्षेत्रबाट छिरेकाहरुलाई नेपाल प्रवेश गर्नासाथ चीनबाट ल्याइएकालाई जस्तै निश्चित अवधि क्वारेन्टाइनमा राखेर गाउँघरतिर पठाएको भए सबै गाउँ त्रसित हुने थिएन । राज्यले विभिन्न विन्दुमा यसको व्यवस्थापन गर्न धेरै स्रोत–साधन खर्चिनुपर्ने अवस्था पनि आउने थिएन । स्थानीय तहबीचको लकडाउन निश्चित स्थानमा जरुरी पनि हुन्थेन । खुला सीमा र समयको सतर्कताका उपायहरू अवलम्बन नगरेका कारणले यो सम्भव भएन । यद्यपि अहिले सम्भव भएको कुरा उतिखेरै निर्णय गर्न नसक्दा समस्या सृजना भयो । गलत गरेर सिक्ने हो । यसले हामीलाई पाठ सिकाएको छ ।

आज प्रायः मुलुकले बन्दाबन्दी र हवाईसेवा बन्द गरेपछि नेपालीहरूको विदेशबाट आगमन सम्भव भएन । तर हरेक नेपाली जो विदेशमा छन्, उनीहरू राज्यको कानुनी व्यवस्थाअनुसार आफँहरुलाई फर्काए हुने भनिरहेका छन् । यो परिस्थितिमा यसको सम्भावना हुँदैन । सरकारको नीति पनि त्यही हो । अमेरिकाका नेपालीको आवाज सुन्ने र खाडीमा भएका नागरिकको आवाज नसुन्ने भन्ने भ्रम हो । राज्यका अंगहरूले सबै नेपालीलाई समानरूपमा हेरेका हुन्छन् ।बुझाइ फरक हुन सक्छ । तथापि दुवै देशका उच्च अधिकारीहरूबीच संवाद र समन्वय गरीअलपत्र नागरिकलाई निश्चित अवधि क्वारेन्टाइनमा राखी आ–आफ्नै देशमा व्यवस्था मिलाउनुचाहिँ बुद्धिमत्ता र आवश्यकता पनि हो ।

यस बेलामा जुनसुकै मुलुकमा भएका नेपालीहरूले संयमता अपनाउने र आफ्नो सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपाय अवलम्बन गरी तत्–तत् स्थानमा रहनुबाहेकको अरू विकल्प तत्कालका लागि छैन । राज्यको उपस्थिति स्थानीय नियोग हो । नियोगहरूले हरेक नेपालीका लागि चिन्ता गरेर दैनिक स्वास्थ्य र सुरक्षाका लागि आह्वान गरिरहेका छन् । नियोगसँग सम्पर्कमा रहनुपर्छ । गन्तव्य मुलुकको सरकारले पनि आफ्ना नागरिकसरह नै तमाम गैरनागरिकलाई व्यवहार गर्दैछन् । यसैबाट आश्वस्त हुन र स्वास्थ्य मजबुत राख्न खानपान अनि जीवनशैली परिवर्तन जरुरी छ । अतालिएर वा आवेगमा आएर गर्ने क्रियाकलापले हुने हानि–नोक्सानी मात्र हो । संयमता र सकारात्मक सोच नै अहिलेको आवश्यकता हो ।

स्थानीय सरकारहरूले क्वारेन्टाइन व्यवस्थापन गरेर हालै विदेशबाट आएका नागरिकको अनुगमन गरिरहेका छन् । निश्चित अवधि क्वारेन्टाइनमा राखेको छ । क्षमता र परिस्थितिअनुसार अधिकतम बचावटका उपायहरू अवलम्बन गरिएका छन् । चाहे देशमा होस् वा विदेशमा, हरेक नेपालीले आफँलाई आफ्नो सुरक्षाका लागि सचेत र सुरक्षित रहन राज्यले आह्वान गरेकै छ । राज्यको क्षमता र परिस्थितिअनुसार अधिकतम प्रयत्न भएको छ । सबैले सकारात्मक सोचौं र यस विपद्को घडीमा संयमताका साथ स्वास्थ्य र सुरक्षामा ध्यान पु¥याऔं । विश्व स्वास्थ्य संगठन र सरकारहरूले आह्वान गरेअनुसार दिनचर्या र अनुशासन पालना गरौं । आफँ पनि बाँचौं, अरूलाई पनि बचाऔं ।
(लेखक अधिकारी पूर्व–काउन्सेलर (श्रम)हुनुहुन्छ ।)newsofnepal/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button