‘समाचार र विचारको
साझा चौतारी’





मेरो देश ।


सुधिर केशी

मेरो देश ।
जुनको सिरानी,
घाम किरणको रेसमी रूमाल,
ताराको तन्ना,

भेडेटारको कुहिरो,
धरानको घंन्टाघर,
इंटहरिको तालतलैया,वुढी गंगा घाट,बिक्रम श्री का कला

भोजपुरे खुकुरी,
खांदवारीको लसुन,रूद्राक्ष,
चैनपुरका षडानन्द गुरू,
योगमायांको विद्रोह,

सगरमाथाको चुचुरो,
केचनाको खाल्डे मैदान,
मेचीको वगर,
लिम्पीयाधुराको भेडी गोठ, हिउं पहाड,
सप्तरीको माछा,

लुम्विनी, पशुपति,
माथि थुम्कीका पाथिभरा,

मायांलुको मुस्कान,
आंखाका गाजल,
अंधेरीको जुनकिरी,
पुतलीको फुल संगको लुकामारी,

गुन्द्रुक को झोल
हिलेको तोगंवा,
सोलु तिरको भटमास र सिकुटी,

वन्दीपुर,मनकामना,
गुम्वाहरू,मस्जिदहरू,
अहा कति आनन्द,
जति संम्झन्छु,
उति प्यारो लाग्छ,
माटोको मायां,
आमाको काख भन्दा प्यारो
मेरो देशको फरफराइरहने झन्डा,
देश भित्रका प्रदेशहरू,
अनि माथि लेखिएका सवै सवै ।
प्यारो देश,
स्वर्ग जस्तो मेरो देश ।
फेसबुकबाट

प्रतिकृया दिनुहोस्