‘समाचार र विचारको
साझा चौतारी’





कोरोना पोष्टमार्टम: खानेपानी, सरसफाई तथा बिपदिय दृष्टिकोण


सामान्यतया मानब जीवनमा तीन कुराहरु अवश्यम्भावी भएको मानिन्छ: जन्म, कर र मृत्यु । यसो भनिएतापनि कैयौँ मानिसहरुले करबाट उन्मुक्ति पाइरहेको सुनीइएता पनि मृत्यको अबश्यम्भावीतालाई आजसम्म कसैले चुनौति दिन सकेको छैन । गएको बर्षलाई मात्र हेर्ने हो भने विश्वभरीमा लगभग छ करोड मानिसको मृत्यु भएको आकडा छ । यसो सोचिरहंदा मृत्यु हामीले ध्यान दिनुपर्ने बिषय जस्तो नदेखिएतापनि माहामारी, प्राकृतिक विपत्ति आदिवाट मर्नेे मानिसको संख्या उल्लेख्य रहेकाले सरोकारको बिषय बन्नुपर्नेे देखिन्छ ।

गृह मन्त्रालयको ‘नेपाल बिपद प्रतिवेदन २०१९‘ लाई आधार मान्ने हो भने १९७१ बाट २०१९ सम्ममा सबैभन्दा बढि ज्यान लिने बिपद माहामारी भएको प्रष्ट हुन्छ । भुकम्पिय जोखिमको क्षेत्रमा रहेको,वाढीवाट प्रायजसो क्षतिग्रस्त भइरहने भएतापनि स्वास्थ्य क्षेत्रमा कम पहुंच, चेतनाको अभाव तथा सफा स्वस्छ खानेपानी आपुर्ति तथा सरसफाइको कारणवाट यो भईरहेकोमा कुनै दुइमत छैन ।

अत्यावश्यक उपभोग्य तथा सवस्थ्य सामाग्रीहरुमा समेत भारत निर्भरता, खुल्ला सिमाना, वैदेशिक रोजगारीमा नेपालीहरु रहेको मुलुकहरुमा वढेको संक्रमण आदि प्रकोपहरु र स्वास्थ्य सेवामा अपर्याप्त पहुंच, खानेपानी तथा सरसफाई सेवामा सबैको पहुंच नहुनु, सरसफाइप्रति सजगताको अभाव आदि शंकटापन्नताहरु रहेकाले गणितिय तथा ब्यबहारिक हिसावमा भन्नुपर्दा नेपालमा कोरोना जोखिम समेत उच्च छ । नेपाल मात्र होइन, एसियाली विकास वैंकको को प्रतिवेदनमा एसिया क्षेत्र नै जलवायु परिवर्तन,वायुजन्य तथा जलजन्य रोगहरुको उच्च जोखिममा रहेको उल्लेख छ ।

रामचन्द्र पौडेल (ईंन्जिनियर (खानेपानी तथा सरसफाई क्षेत्रमा कार्यरत) शोधरत (बिपद अध्ययन केन्द्र, इ.अ.स.पुल्चोक क्याम्पस)

कोरोना विपद तथा यसको असर
सामान्यतया समुदाय वा राष्ट्रको व्यवस्थापन क्षमताभन्दा वाहिरको अवस्थालाई विपद सम्झनुपर्छ । विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४ को परिच्छेद – १, दफा २ (घ) ले यस्तो संक्रमणलाई गैरप्रकृतिक विपदको रुपमा परिभाषित गरेको छ ।

उक्त ऐन र २०७६–०१–२३ मा स्विकृत भएको विपद जोखिम न्युनीकरण तथा ब्यबस्थापन नियमावलि, २०७६ अनुरुप अव निकट भविश्यमा विपद व्यवस्थापन सम्वन्धी कार्यहरु “विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण ” वाट एकद्वार प्रणलीमा संचालन हुनेछन् । त्यस्तैगरि एसियाली विकास वैंक ले भने कोरोना जस्तै प्रकारको सार्स रोगलाई प्राकृतिक तथा मानविय विपतको संयोजन मानेको थियो ।

विपत्तिको असरहरुलाई प्रत्यक्ष असर, अप्रत्यक्ष असर तथा संचित असरको रुपमा विभाजन गर्न सकिन्छ । यसरी हेर्दा कोरोनाको प्रत्यक्ष प्रभाव मृत्यु मात्र देखिएपनि अप्रत्यक्ष प्रभाव अत्याधिक रहेको छ ।

अझै यो अवस्था केहि समयसम्म कायम रहंदा संचित प्रभाव सवैभन्दा वढि घातक हुने देखिन्छ । लकडाउन गरि हाललाई कोरोना भाईरस संक्रमण रोक्ने सरकारको प्रयास सह्राहनिय भएतापनि यसले अर्थतन्त्र तथा अन्य क्षेत्रहरुमा व्यापक गिरावट ल्याउने निश्चितप्राय छ ।

खानेपानी तथा सरसफाई
रोगहरुलाई जैविक आधारमा विभिन्न तरिकाले बिभाजन गरिएतापनि खानेपानी तथा सरसफाई क्षेत्रमा भने सन् १९७२ मा प्रकासित “ ड्रअर्स अफ वाटर ” भन्ने पुस्तकपछि चार भागमा वर्गिकरण गर्ने गरिएको छ । उक्त वर्गिकरण “ब्राड्ले क्लासिफिकेसन” को नामले प्रसिद्व छ ।

यस पद्धति अनुसार परजिविहरु भएको पानी खानाले लाग्ने रोगलाई पानीजन्य (वाटर बर्न) रोग भनिन्छ भने जसका उदाहरणहरु हैजा देखि हेपाटाइटीस ए, ई र पोलीयो हुन । दोस्रो वर्गको रोग सफा पानी तथा स्वच्छताकोे अभावले गर्दा हुने गर्दछन जसलाई “वाटर वास्ड” को नाम दिइएको छ भने तेस्रो श्रेणिमा पर्ने रोगहरुलाई “वाटर वेस्ड” (पानीमा आधारीत) को नामले चिनिन्छ ।

यसका कारक परजिविहरुको जिवनचक्र को केहि भागमा पानी आवश्यक हुन्छ । चौथो श्रेणिको रोगलाई “वाटर रिलेटेड” (पानी संम्बन्धित) को नाम दिइएको छ जसका कारकहरु पानीमा गर्भाधारण गर्ने किराहरु (विषेसत लामखुट्टे) हुन् ।

दोश्रो “वाटर वास्ड” रोगहरुको उदाहरणमा ट्राकोमा र सार्स जस्ता स्वासप्रस्वास जन्य रोगहरु समेत पर्दछन् । सार्स जस्ता रोगहरुका परजिविहरु मुख्यतया स्वासप्रश्वासका थोपाहरु र हात तथा अन्य सतहको सम्पर्क ले सर्ने भएतापनि सफा पानीको परिमाण तथा स्वच्छताको ब्यबहार सुधार भएमा न्युनिकरणमा सहयोग पुग्दछ । तेस्रा र चौथो श्रेणिका रोगका उदाहरण क्रमस सिस्टोसोमायसीस तथा डेङ्गु मलेरिया आदी हुन ।

नगेन्द्र राज सिटौला 
उप–प्राध्यापक (त्रि.बि. इ.अ.स.)
निर्देशक (बिपद अध्ययन केन्द्र, इ.अ.स.पुल्चोक क्याम्पस)
यसरि एक संक्रमित ब्यक्तिवाट परजिवि कसरि अर्को स्वस्थ व्यक्तिमा सर्दछ भन्ने कुरा “एफ – डायग्राम” ले स्पस्ट पार्दछ । दिसावाट निस्केको परजिवी जल, सरिर(अ‍ौंला), किटपतङ्ग तथा जमिनको माध्यामवाट खाना हुंदै वा सोझै कसरि अर्को स्वस्थ व्यक्तिको शरिरमा प्रवेश गर्दछ भन्ने यो चित्रले जानकारी दिन्छ । उक्त चित्रमा देखाइएको संक्रमणका पथहरुलाई अबरोध गर्ने हो भने खानेपानी मात्र होइन सरसफाई तथा स्वच्छतामा समेत ध्यान पु्र्याउनुपर्ने स्पष्ट हुन्छ ।

कोरोना संक्रमण र खानेपानी तथा सरसफाइको सम्वन्ध
आजको मितीसम्म कोरोना भाइरस सोझै पानी तथा सरसफाइको माध्यमवाट सर्ने एकिन भइनसकेपनि यस्तै प्रकृतिको सार्स रोगको माहामारी हङ्गकङ्गमा सौचालयको जडान खराबीबाट फैलिएको तिक्त बिगतलाई मनन गर्न जरुरी छ ।

प्रत्यक्षरुपमा पानीसंग संम्वन्धीत नदेखियतापनि यस्ता प्रकृतिका संक्रामक रोगहरुवाट वच्नको लागी हात धुने जस्ता ब्यक्तिगत सरसफाई र स्वच्छता कायम राख्ने अभ्यासका निमित्त स्वच्छ पानीको माग बढ्ने देखिन्छ । यसै सन्धर्भमा सुरुका केहि समयमा कोरोना भाइरस कतै दिसावाट समेत विभिन्न माध्याम हुंदै अर्को स्वस्थ ब्यक्तिसम्म पुग्नसक्ने त होइन ? भन्ने आशंकाका समाचारहरु समेत अन्तराष्ट्रिय समाचार मध्यमहरुमा प्रकासित भएका थिए ।

चीनको रोग नियन्त्रण तथा पुर्वतयारी सम्बन्धि केन्द्रले संक्रमित ब्यक्तिको दिसामा ज्युदो कोरोना भाइरस भेटिएकाले कोरोना फेकल ओरल (दिसा – मुख) पथवाट समेत फैलन सक्ने भनि पानी उमालेर खान, कांचो खानेकुरा नखान, सौचालयलाई निर्मलिकरण गर्न तथा खाना तथा पानीलाई संक्रमितको दिसाको पहुंचवाट टाढा राख्न सुझएको थियो । उक्त खोजले भाइरस मुखवाट लिइएको नमुनामै नहुंदा समेत दिसा तथा रगतमा हुनसक्ने र सर्नसक्ने जानकारी प्रदान गरेको थियो ।

यसैगरि अमेरिकाको वासिंटनमा भेटिएको पहिलो कोरोना संक्रमितको दिसामा समेत जिवित कोरोना भाइरस फेला परेकोे थियो । यतिसम्म पत्ता लागिसकेपनि चीन र विश्व स्वास्थ्य संगठनको संयुक्त प्रतिवेदनले दिसावाट मुखसम्म पुग्ने माध्यम माहामारीको मुख्य कारक नभएको र यसको अ‍ौचित्य स्पष्ट हुन अझै वांकी रहेको जानकारी दिएको छ ।

अवको वाटो
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको अवस्थामा खानेपानी, सरसफाई, स्वच्छता तथा फोहोरमैला व्यवस्थापनको अन्तरिम निर्देशिका निर्माण गर्दै चलनचल्तिका खानेपानी तथा ढल प्रसोधन बिधिबाटै कोरोना भाइरसवाट मुक्ति मिल्ने वताएको छ । हाम्रो देशमा कतिपय स्थानमा प्रशोधित पानीको अझै उपलव्धता नभएको, बितरण प्रणाली यस्ता किसिमको बिपदको निमित्त पुर्वतयार नरहेको, शहरी क्षेत्रको समेत पानीको निमीत्त बिषम बिपदिय परीस्थीतिको लागी बिश्वासनियता नभएका ट्याङ्कर तथा जारमा निर्भरता रहेकाले तथा भाइरस यदि दिशाको माध्यमवाट पानीमा प्रवेश गरेमा हप्तौंसम्म रहिरहन सक्ने देखिएकोले पानी शुद्धिकरणका सुझाईएका घरायसि विधिहरु जस्तै उमाल्ने, सोडिस, अल्ट्रा तथा न्यानो फिल्टरको प्रयोग, क्लोरिनको उपयोग आदि वाञ्छनीय देखिन्छ ।

यसका अतिरिक्त दिशामा कोरोना भाइरस फेला परेको र रहनसक्ने कारणले गर्दा संक्रमितको लागी छुट्टै शौचालय व्यवस्था गर्न तथा त्यसलाई सावधानिपुर्वक निर्मलिकरण तथा ब्यबस्थापन गर्न जरुरी देखिन्छ । ग्रामीण क्षेत्रमा भए भुमिगत जलसतह भन्दा १.५ मि. न्युनतम छोडी खाल्डे चर्पी प्रयोग गर्नुपर्ने सुझव विश्व स्वास्थ्य संगठन को छ । त्यसको अलावा स्वास्थ्य संस्थामा सबै प्रक्रीयामा विशेष सावधानी अपनाउन जरुरी देखिन्छ । शंकास्पद अबस्थामा सावधानी अपनाउने र निर्मलिकरणको लागी क्लोरिन घोल (०.५%) प्रयोग गर्न सकिने उक्त अन्तरिम निर्देशीकामा उल्लेख छ भने यी सवै क्षणहरुमा पर्याप्त सफा पानीको प्रयोग तथा उपलव्धता पनि उत्तिकै महत्वपुर्ण छ ।

र अन्त्यमा
हालसम्म उच्च कोरोना संक्रमण फैलिएको देशहरुमा खानेपानी तथा ढल को वाटोवाट संक्रमण फैलिएको नभेटिएकोले आत्तिहाल्नुपर्ने अबस्था भने छैन । तथापी २०१७ को दिगो बिकास लक्ष्यको संयुक्त अनुगमन प्रतिवेदनलाई आधार मान्दा नेपालका ७४% खानेपानी प्रणालीमा दिसाजन्य परजिवी (ई–कोली) भेटिएको तथ्यलाई मध्यनजर गर्दा विकाससील मुलुकहरुमा पानी तथा फोहोरमैला ब्यवस्थापनमा अतिरिक्त सावधानी अपनाउनुपर्ने देखिन्छ । उल्लेखित विषयमा अतिरिक्त सावधानी अपनाउंदै गर्दा हाल प्रयोगमा रहेका सावधानीका विधिहरु पनि अनिवार्य अनुसरण गरेर नै कोरोना संक्रमण जोखिम न्युनिकरण गर्न सम्भव छ ।

उपयुक्त तरिकाले हात धुनाले कोरोना जस्ता स्पवासप्रश्वास जन्य रोगमा कमि हुने देखिएको त छंदै छ, अन्य पानीजन्य रोगहरु न्युनिकरणमा समेत मद्धत पुग्ने देखिन्छ । एकातिर कोभिड १९ संक्रमिताको संख्या बृद्धि भइररहेको र अर्कोतर्पm सामान्य अवस्थामै खानेपानी प्रदुषित हुने बर्षातको मौसमसमेत नजिक आइसकेको अवस्थामा खानेपानी सरसफाई तथा फोहोरमैला उचित व्यवस्थापनको सान्दर्भिकता अझ बढेको छ। होस नगुमाई पूर्वतयारी गर्नाले नै विपदको सामना गर्न सम्भव छ ।
उत्तम को आशा त्यतिबेला हानिकारक छैन, जतिबेला बिषमको पूर्वतयारी गरिन्छ ः स्टेफेन किङ्ग ।newsofnepal/from

प्रतिकृया दिनुहोस्