‘समाचार र विचारको
साझा चौतारी’





सिरी ‘ए’ अगस्टमा सकाउने लक्ष्य


एजेन्सी – इटालियन फुटबल फेडेरेसन (एफआइजिसी) ले यो सिजनको इटलीको शीर्ष तीन फुटबल लिग सिरी ‘ए’, सिरी ‘बी’ र सिरी ‘सी’ अगस्ट २० सम्म सकाउने योजना बनाएको छ । यस्तै एफआइजिसी नयाँ सिजन १ सेप्टेम्वरबाट शुरु गर्ने तालिका बनाएको छ ।

इटलीमा खेलकुहद गतिविधि गएको मार्चदेखि स्थगित छ । इटली सरकारले जुन १४ भन्दा अघिसम्म खेलुकदको कुनैपनि गतिविधि नगर्न निर्देशन दिएको छ । सिरी ‘ए’ क्लबहरुले प्रशिक्षण थालेपनि अझैपनि सुचारु हुने मिति तोकिएको छैन ।

एफआइजिसीका अध्यक्ष ग्राब्रिली ग्राभिना, सिरी ‘ए’ अध्यक्ष पाओलो डाल पिनो र सिरी ‘बी’ र ‘सी’ का बोर्ड सदस्यहरुको बुधबारको बैठकले यो सिजन र आउदो सिजनको खेल तालिकाबारे छलफल गर्दै यस्तो निष्कर्ष निकालेको हो । यस्तै एफआइजिसी कोपा इटालिया पनि अगस्टमा सकाउने बताएको छ । इटलीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले लिग प्रतियोगिता सम्वन्धीको निर्णय २८ मेमा बस्ने काउन्सिलको बैठकबाट अनुमोदन हुने बताएका छन् ।

एफआइजिसीले स्थगित लिग पुनः शुरु गर्न इच्छुक रहेको र सिरी ‘ए’, सिरी ‘बी’ र सिरी ‘सी’ अगस्ट २० सम्म सकाउने योजना बनाएको छ । खेल गतिविधि पुनः शुरु हुनुअघि गरिने आवश्यक मापदण्डहरु काउन्सिलले निर्धारण गर्नेछ । हामी उनीह्रुके नियम पालना गर्नेछौं । र अन्त्यमा यो पनि स्वीकृत गरिएको छ कि नयाँ सिजन १ सेप्टेम्वरबाट शुरु गर्ने निर्णय गरिएको छ ।’ एफआइजिसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्