‘समाचार र विचारको
साझा चौतारी’





बन्दाबन्दीका कारण झापाका बिभिन्न स्थानमा रोकिन पुगेका भारतीय नागरिकहरु आज पैदल यात्रा गर्दै पूर्वी नाका काँकरभिट्टा आईपुगेकाछन् ( फोटो र भिडियो)


झापा । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोक थामका लागि भएको बन्दाबन्दीका कारण झापाका बिभिन्न स्थानमा बन्दका कारण रोकीएका भारतीय नागरिकहरु आज दिउँसो नेपाल भारत सीमावर्ती बजार काँकरभिट्टा आईपुगेकाछन् ।


उनीहरुका अनुसार झापाको बिर्तामोड, धाईजन र धुलाबारीबाट उनीहरु पैदल यात्रा गर्दै काँकरभिट्टा आईपुगेका हुन् । जिल्लाका बिभिन्न स्थानमा रोजगारका लागि उनीहरु भारतबाट नेपाल आएका थिए । बन्दाबन्दीका कारण आफ्नो कार्यक्षेत्रमै रोकीएका उनीहरु अहिले भारत जान पाईने आशमा काँकरभिट्टा बस पार्क क्षेत्रमा रहेकाछन् । ३ दजर्न बढीको संख्यामा रहेका उनीहरु भारत जान पाए आफुहरु त्यहाँको क्वारेन्टाइनमा गएर बस्न समेत बताउँछन् ।

प्रतिकृया दिनुहोस्