‘समाचार र विचारको
साझा चौतारी’





ला लिगा १२ जुनबाट शुरु हुने, सेभिया र रियल बेटिसबीच पहिलो खेल


एजेन्सी – स्पेनिस ला लिगा १२ जुनदेखि शुरु हुने भएको छ । सेभिया र रियल बेटिसबीच ला लिगाको पहिलो खेल हुने स्पेनिस ला लिगा आयोजकले जनाएको छ ।

ला लिगा आयोजकले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि २८ मेमा बस्ने बैठकले निर्णय गर्नेछ । बैठकले सिजनको बाँकी रहेको खेलको तालिका तथा अर्काे सिजनको खेलको मिति घोषणा गर्न सक्नेछ । सेभियाका खेलकुद निर्देशक मोन्चीले स्पेनमा फुटबल फिर्ताको लागि उत्सुक रहेको र सेभिया र रियल बेटिसबीचको डर्वी खेल शानदार हुने बताएका छन् ।

स्पेनिस क्लबहरुले गएको सोमबारदेखि कम्तीमा १० जनाको समूह बनाएर नन कन्ट्याक्ट प्रशिक्षण शुरु गरिसकेको छ । ला लिगाका अध्यक्ष जेभियर टेवासले ला लिगाका बाँकी रहेका खेलहरु सकाउने र हरेक दिन खेल गराउने योजना अघि सारेको थियो ।

ला लिगामा अझै ११ चरणको खेल बाँकी रहेको छ । ११ चरण खेल बाँकी रहँदा बार्सिलोना ५८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ५६ अंक जोडेर रियल म्याड्रिडले बार्सिलोनालाई पछ्याइरहेको छ । ला लिगा पुनः सुचारु गर्नको लागि ला लिगाले स्पेनको शीर्ष दुई डिभिजनको खेलाडीको कोरोना भाइरस परिक्षण गरेको थियो । जसमा ५ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

जर्मन बुन्डेस लिगा गत सातादेखि बन्द रंगशालामा शुरु भइसकेको छ । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ ले जर्मन बुन्डेस लिगालाई पछ्याउदै फुटबल सुचारु गर्ने योजना बनाइरहेको छ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्