‘समाचार र विचारको
साझा चौतारी’





बर्लिन ‘डर्वी’मा हर्थाको सानदार जित


एजेन्सी – जर्मन बुन्डेस लिगाको बर्लिन ‘डर्वी’ मा हर्था बर्लिनले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा हर्था बर्लिनले युनियन बर्लिनमाथि ४–० को सानदार जित निकालेको हो ।

बर्लिनमा शुक्रबार राति भएको खेलमा हर्था बर्लिनको जितमा भिडाड इविसेविक, डुडी लुकेबाकियो, म्याथ्युज कुन्हा र डेडरेक बोयाटाले गोल गरे । सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो । युनियन बर्लिनले घरेलु टोलीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।

खेलको ५१औं मिनेटमा मार्भिन प्लाटेनहार्डको पासमा भिडाडले गोल गरेपछि हर्था बर्लिनले खेलमा अग्रता बनाएको थियो । लगत्तै ५२औं मिनेटमा डुडीले गोल गर्दै हर्थालाई २–० को अग्रता दिलाए । ६१औं मिनेटमा म्याथ्युजले गोल गर्दै हर्था बर्लिनलाई सहज जिततर्फ डोर्‍याए । उनले भिडाडको पासमा गोल गर्न सफल भएका थिए ।

७७औं मिनेटमा डेडरेकले गोल गर्दै हर्था बर्लिनलाई ४–० को सानदार जित दिलाए । घरेलु टोलीमाथि युनियन बर्लिनको गोलको केही प्रयास गरेपनि विफल बन्दा फराकिलो हार बेहोर्न बाध्य बन्यो ।

जितसँगै हर्था बर्लिन २७ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा उक्लदा पराजित हर्था बर्लिन समान खेलबाटै ३० अंक जोडेर १२औं स्थानमा रहेको छ । बायर्न ५८ अंक जोडेर शीर्षस्थानमा तथा डर्टमन्ड ५४ अंक जोडेर बायर्नलाई पछ्याइरहेको छ ।

बुन्डेस लिगामा आज विभिन्न ५ खेल हुदैछ । बोरुसिया मोन्चेनग्लाडवाच र बायर लिभरकुसेन, फ्रेइवर्ग र वेर्डर ब्रेमेन, पाडेरवर्न र होफेनहाइन, वल्फवर्ग र बोरुसिया डर्टमन्ड तथा बायर्न म्युनिख र फ्रन्कफर्टबीच प्रतिस्पर्धा हुदैछ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्