कला

अलीको सुपरहिरो फिल्ममा कैटरीना

फिल्मीखबर, काठमाडौं

फिल्म ‘टाइगर जिन्दा हे’, ‘सुल्तान’ र ‘भारत’ का निर्देशक अली अब्बास जफरले आफ्नो नयाँ फिल्ममा अभिनेत्री कैटरीना कैफलाई अनुबन्धित गरेका छन् । यो एक सुपरहिरोमा आधारित फिल्म हुने बताइएको छ । फिल्ममा कैटरीनाले मुख्य भूमिका निर्वाहा गर्नेछिन् । यो एक फिमेल सेन्ट्रिक एक्सन फिल्म हुनेछ । फिल्मको अहिले प्रि-प्रोडक्सनको काम चलिरहेको छ ।

अली अब्बास जफरले एक अन्तर्वार्तामा आफूले निर्देशन गर्न लागेको नयाँ फिल्ममा कैटरीनालाई मुख्य भूमिकामा अनुबन्ध गरेको खुलाएका हुन् । उनले भनेका छन्, ‘मेरो नयाँ फिल्म सुपरहिरोमा आधारित हुनेछ । यसमा कैटरीना कैफ लिड रोलमा हुनेछिन् । यसको स्क्रिप्ट तयार भैसकेको छ । मैले आफ्नो अर्को एक फिल्मको पनि पहिलो ड्राफ्ट तयार पारिसकेको छु ।’

अलीले अगाडि भने, ‘सुपरहिरोमा आधारित हुने फिल्ममा निकै एक्सन हनेछ । यसका लागि निकै धेरै तयारी गर्नुपर्नेछ । फिल्मको एक्सन सिनका लागि एक इन्टरनेशनल टिमसँग भिडियो कलमार्फत् सम्पर्कमा छु । म अहिले कलाकारसँग स्क्रिप्टमा छु र प्रोडक्सन डिजाइनरसँग च्याटिङ गरिरहेको छु ।’ लकडाउन अन्त्य भएपछि कैटरीनाले आफ्नो तयारी गर्ने उनले बताए ।

पहिलो पटक सुपरहिरोमा आधारित फिल्ममा काम गर्न लागेकी अभिनेत्री कैटरीना तेस्रो पटक निर्देशक अलीसँग सहकार्य गर्न पाएकोमा खुसी छिन् । लकडाउन खुलेपछि उनी अभिनीत फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा आउँदैछ । यसमा उनी अभिनेता अक्षय कुमारको अपोजिटमा छिन् । फिल्मका निर्देशक रोहित शेट्टी हुन् । फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि अभिनय छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button