‘समाचार र विचारको
साझा चौतारी’




नगर सभा स्थगनको जिम्मेवारी कसले लिने ?


सम्पादकीय
झापाको मेचीगनर नगरपालिकाको छैठौ नगरसभा बुधवार स्थगन भएको छ । आर्थीक वर्षको बजेट बिनयोजन र योजनका विषमा नेकपा र नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधीबीच बजेटका विषयमा कुरा नमिल्दा नगरसभा स्थििगत बन्न पुगेको हो । कानूनी प्रावधान अनुसार असार १० गते भित्रनै सबै गाउँ र नगरपालिकाले सभा अनिवार्य सम्पन्न गर्नु पर्ने भए पनि मेचीनगरको छैठौ नगरसभा बजेट विवादका कारण रोकीन पुगेको हो । कानूनी प्रावधान अनुसा समयमानै सभा हुन नसके त्यसबाट उत्पन्न हुने समस्याको जिम्मेवारी कसले लिने ? अहिले मेचीनगरका नागरिक जनप्रतिनिधी तर्फ यो प्रश्न सोझ्याउन थालेकाछन् ।
नगरको बिकास निमार्णका लागि आफ्ना राजनीतिक र ब्यक्तिगत स्वार्थलाई एकातिर पन्साएर सर्वमान्य बजेट र योजनाको तर्जुमा गर्नु पर्ने बेलामा बजेटलाई दलीय र ब्यक्तिगत स्वार्थ सँग जोडेर नगरसभानै स्थगित गर्नु कति जायज हो ? यो प्रश्नको जवाफ मात्र होइन असार १० गते सम्म नगरसभा नगरे मेचीनगरपालिकाले कुनकुन कुराबाट बञ्चित हुन पर्छ त्यसको भरपाई कसले गर्ने नेकपा वा नेपाली काँग्रेसका जनप्रतिनिधीले यसको चित्तबुझ्दो जवाफ अब मेचीनगरका नागरिकलाई दिनु पर्छ ।
नगरको समग्र बिकासका लागि जनताले चुनेर पठाएका जनप्रतिनिधीहरुले हामी यहाँ किन र के का लागि आएका हौँ भन्ने कुराको हेक्का राखेका भए आज नगरसभा स्थगन भएको कुरा यहाँका नागरिकले सुन्न पर्ने थिएन ।तर, चुनावका बेलामा गुलिया र मिठा आश्वसानका पोका बोकेर भोट माग्न जाने जनप्रतिनिधीहरुनै आफ्नो दल र आफ्नो निजी स्वार्थ पुरा गर्नकै लागि कानूनलेनै तोकेको समयमा नगरसभा गर्दैनन् भने यसलाई के भन्ने ?

प्रतिकृया दिनुहोस्