कृषि र किसान

नेपाल पस्यो विनाशकारी किरा सलह

१३ असार २०७७

ललितपुर ।

नेपालका तीन जिल्लामा विनासकारी किरा सलह प्रवेश गरेको छ । सर्लाही, बारा र पर्साका केही ठाउँमा शनिबार बिहान सलह कीरा देखिएको हो।

कृषि ज्ञान केन्द्र बाराको टोली छानबीनका लागि सलह लागेको ठाउँमा पुगिसकेको बताईएको छ । प्राप्त जानकारी अनुसार त्यहाँ सलह कीराको समूह देखिएपछि कृषि मन्त्रालयलाई जानकारी गराइएको स्रोतले जनाएको छ ।

सलहले पार्ने समस्या र नियन्त्रणबारे छलफल गर्न शनिबार दिउँसो मन्त्रालयले जुम मिटिङ आयोजना समेत गरेको छ। मन्त्रालय स्रोतले खबर प्राप्त भएको तर पुष्टि भने नभएको जनाएको छ ।

अफ्रिकी मुलुकबाट सुरु भएको यो सलह जातको फट्याङ्रा अरबियन देशहुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो ।

करोडौंको संख्यामा हुने यस किराको झुण्ड एकै दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढासम्म पुग्न सक्ने सम्बन्धि विज्ञले बताउँदै आएकाछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button