‘समाचार र विचारको
साझा चौतारी’




रोनाल्डो र मेस्सीलाई सँगै खेलाउने टेभेजको इच्छा


शनिबार, अषाढ १३

एजेन्सी – अर्जेन्टिनी फरवार्ड कार्लोस टेभेज खेल जीवनको झन्डै अन्त्य तिर पुग्न लागेका छन् । उनले आफ्नो विदाई खेलका बारेमा पनि योजना बनाएका छन् । जसमा उनी क्रिस्टियानो रोनाल्डो र लियोन मेस्सीलाई सँगै खेलाउन चाहन्छन् ।

अर्जेन्टिनी स्ट्राइकरले अर्को ६ महिना बोका जुनियर्सबाट खेल्नेछन् । टेभेजले आफ्नो विदाई खेलमा कस्तो टोली बनाउन चाहेको मात्र होइन एकपटक युरोप फर्कन चाहेको पनि प्रष्ट पारेका छन् ।

‘यदि मैले टोली बनाउने अवस्था भएमा जियालियोजी बुफोन, हुगो इबारा, रियो फर्डिनान्ड, गाब्रियल हाइन्ज, प्याट्रीस इभ्रा, एन्द्रिया पिर्लो, पाउल स्कल्स, पाउल पोग्बा, रोनाल्डो, मेस्सी र वायन रुनीलाई समावेश गर्ने थिएँ,’ उनले भनेका छन्,’ मेरो भविष्यका बारेमा पनि मैले सबै सम्भावनालाई खुला राखेको छु । ‘

उनले अर्जेन्टिनामा बोका जुनियर्स मात्र आफ्नो विकल्प रहेको उल्लेख गर्दै टेभेजले भनेका छन्, ‘तर ६ महिनाका लागि म वेस्ट ह्याम फर्कन चाहन्छु । मलाई युरोपमा त्यो टोली मन पर्छ ।’

टेभेजले वेस्ट ह्यामबाट इंग्लिस लिगमा प्रवेश गरेका थिए । त्यसपछि उनले म्यान्चेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबाट खेल्दै प्रिमियर लिग उपाधि जितेका थिए । उनी सिटीका कप्तान समेत रहेका थिए ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्