‘समाचार र विचारको
साझा चौतारी’




पशु प्रजननमा नकरात्मक छनौटको असर (Negative selection and its consquences )


आइतबार १४ असार, २०७७

पशुपालन ब्याबसायका चार अवयवहरु छन् जसमा पशु स्वास्थ पशु आहारा पशु प्रजनन र पशु ब्याबस्थापन छन् ।विश्वभरीको मानिएको प्रचलनहेर्दा पशुपालन क्षेत्रमा हुने कुल योगदानमा पशु स्वास्थ्यले १०, पशु प्रजननले ३० र पशु आहारा र ब्याबस्थापनले ६० प्रतीषत हिष्सा ओगटेको देखिन्छ यसरी हेर्दा पशु प्रजनन एक प्रमुख अवयव हो। उचित आहार स्वास्थ्य र ब्यावस्थापनमा ध्यान दिन नसकेमा आशा अनुरुप प्रतिफल लिन सकिदैन । हाम्रो समाजमा विवाहमा वर बधु खोज्दा प्रचलित उखान पानीखानु मुलको र छोरी ल्याउनु कुलको ले पनी यस कुरालाइ महत्व लिएको बुझिन्छ ।

कुनै पनि सजिवको चारीत्रिक गुण र क्षमता उसको अनुवंशिक (genetic) र गैर अनुवंशिक (Non genetic) तत्व (वातावरण र ब्याबस्थापन) ले प्रभाव पारेको हुन्छ । पशु विकास गर्न यी दुवै पक्षमा वैज्ञानीक पदद्ति अनुसार प्रजनन ब्याबस्थापन गरी सुधार गरीन्छ । जसका लागी उपयुक्त प्रजनन बिधि अवलम्बन गरी प्रजनन योजना बनाइ काम गर्नुपर्दछ।प्रजनन कार्यको मुख्य आधार छनौट हो । उपउक्त बिधिको पशु प्रजनन बिना पशु विकासको सम्भव छैन जसका लागी राम्रो नश्लको प्रजनन पश् छनौट गर्नुपर्दछ । राम्रो पश्को गुण त्यो पशुको अनुवंश (Gene)मा रहेको हुन्छ र यी गुण हरु एक पुस्ताबाट अर्को पुस्तामा सर्दछ । पशुको जात अनुसारको गुणलाइ आधार मानेर उत्पादनमुलक प्रवललाइ छनौट गर्ने गरी प्रजनन ब्याबस्थापन गर्ने हो भने पशुको समष्टीगत उत्पादकत्व बृदी गर्न सकिन्छ।

जगंलि जनावरमा चाल्स डार्विनको बाच्नमा लागी सङ्घर्ष सिद्दान्त लागुहुन्छ जसले प्राकृतिक छनौट प्रकृया अवलम्वन गर्दछ । जंगलि जनावरमा जी वलियो छ जो टाढा टाढाबाट खाना खोजेर ल्याउन सक्छ शत्रु जिवबाट भाग्न सक्छ रोग संग लड्न सक्दछ त्यो जनाबर बाच्न सक्छ र प्रजननको अवसर पनि उसैले पाउछ। त्यसले नै भविष्यका लागी सन्तान उत्पादन गर्न सक्दछ र यसरी जन्मिएका सन्नति बलियो भइ कमजोर बिरुद्द बलियो छनौट हुन्छ । यसरी प्राकृतिक छनौटले कमजोर र अनुकुलन हुन नसक्ने जाति हटाउछ कमजोर आनुवाशंनिय क्षमता र उत्परीवर्तनिय अनुवंश हटाउन सहोग पुर्याउछ तर यदि प्राकृतिक छनौट उच्च बिन्दुमा भयो भने कमजोर प्रजाति नै लोप हुन सक्दछ । प्राकृतिक छनौटलाइ वाताबरण परिवर्तन र जगंलि वासस्थानको परिवर्तन र मानव निर्मित उत्परीवर्तनिय पदार्थ (Mutagenic Substances) ले असर गरेको छ । वाताबरण परिवर्तन र जगंलि वासस्थानको परिवर्तनले धेरै जातहरु संकटमा छन् र त्यस्तैगरी मानव निर्मित उत्परीवर्तनिय पदार्थ (Mutagenic Substances) को नकरात्मक प्रभावले जिव अस्तित्व संकटमा छ ।

मानविय प्रभाव पर्ने स्थानमा जंगलमा जस्तो प्राकृतिक छनौट हुदैन जहा योजना बद्द प्रजनन योजना चाहीन्छ ।योजना बिनाको छनौट प्रकृया नकरात्मक छनौट हो । नकरात्मक छनौटले पशु विकाशको गतीलाइ उल्टो दिशामा धकेल्दछ ।बथानमा रहेका पशुहरु मध्य का पशु प्रजननका लागी प्रयोग गर्ने कुन पशु उत्पादनका लागी प्रयोग गर्ने भनेर एकिन गरी आफ्नो फामको प्रजनन योजना बनाइ प्रजनन ब्यबस्थापन गर्न नसक्दा नकारात्मक छनौट भइरहेको छ । हाम्रो बिधमान प्रचलनले जानेर वा नजानेर नकरात्मक छनौट भइरहेको छ। उदाहरणका लागी पालिराखेका पाठाहरु मध्य सप्रेको चाडो बढ्ने क्षमता भएको पाठो खसि पारिन्छ र कमजोर क्षमताको (लुरेतुरे, लुरेल्याङ्ग्रे) पाठो बोकाको रुपमा पालिन्छ । प्रजनन योग्य उमेर पुगेपछी त्यहि कमजोर क्षमताको बोका प्रजननकालागी प्रयोगमा आउछ ।यसरी कमजोर क्षमताको बोका प्रजननका लागी प्रयोग हुदा त्यो बोकाका प्रजनन क्षमता कम हुने र सन्ततीहरु कमजोर क्षमताका (सानो आकारको जन्मने लुलो लङ्गडो अपाङ्ग जन्मने शारीरीक बृद्दी विकास कम हुने रोगले सताउने ) जन्मने हुनेछन् । त्यस्तै गरी राम्रो रागोलाइ मुल्य बढि पर्ने भन्दै मासुमा बेचिन्छ र नराम्रो रागो प्रजननमा देखा पर्दछ । हामिले नजानेर नै नकरात्मक छनौट गरीराखेका छौ जसले पशु विबाशको गतिलाइ ऋणात्मक गति तर्फ धकेलिरहेको छ । नकरात्मक छनौटलाइ कम गर्न निम्न बमोजिमका उपायहरु अपनाउन सकिन्छ ।

१. पशु नश्ल अनुसार प्रजनन योग्य र अयोग्य को मापदण्ड वनाइ यस भित्र नपर्ने सम्पुण भाले पशुहरुको एकमुष्ट बन्धाकरण (Mass Castration) कार्यक्रम गर्न सकिन्छ ।
२. उच्च प्रजनन मान भएका पशु छनौट गरी प्रजननमा प्रयोग गरी पशु विकाश गर्न सकिन्छ ।
३. हाडनाता प्रजनन रोक्ने र उमेर पुगेका भाले पशुहरुलाइ जथाभावि छाडा छोड्न प्रतिबन्धत गर्न सकिन्छ ।
४. नकरात्मक छनौटका असरबारे किसानलाइ सुसुचित गर्न सकिन्छ ।
५. कृत्रिम गर्वाधान कार्यक्रमलाइ प्रभावकारी वनाउने भइरहेको गतल नश्ल सुधार अभ्यासलाइ रोको थप प्रभावकारी वनाउ सकिन्छ ।
६. कृषकलाइ प्रजनन अभिलेखिकरणको महत्व वुझाइ उचित अभिलेखिकरण गर्न सकिन्छ ।
७. राष्टिय पशु प्रजनन निति बनाइ पशु नश्ल सुधार र विकाशमा एकरुपता ल्याउन सकिन्छ ।

हामिले जानेर वा नजानेर नकरात्मक छनौट प्रकृया अपनाइरहेका छौ जसले पशु प्रजनन र पशु बिकासको गति धिमा बनाइरहेको छ ।नयाँ आयातित पशुहरुको प्रयोग, गतल नश्ल सुधार अभ्यास र नकरात्मक छनौटको प्रभावले स्थानिय पशु जातहरु संकटमा पर्ने स्थिति आइसकेकोले यस तर्फ बेलैमा सचेत हुनु प्रने अवस्था आवश्यक छ।

डा. रविन वस्ताकोटी पशु विकाश अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।krishipatrika/from

प्रतिकृया दिनुहोस्