‘समाचार र विचारको
साझा चौतारी’




सेबालोसको गोलमा आर्सनलको जित


अषाढ १४, २०७७

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा आएका मिडफिल्डर ड्यानी सेबालोसले इन्ज्युरी समयमा गोल गरेपछि आर्सनलले एफए कपको क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गरेको छ ।

सेफिल्डको घरेलु मैदानमा आर्सनलले खेलको २५ औं मिनेटमा नै अग्रता लिएको थियो । क्रिस बासामले फरवार्ड एलेक्जेन्डर लाकाजेटलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । निकोलस पेपेले उक्त अवसरलाई सदुपयोग गर्दै आर्सनललाई अगाडी बढाए ।

निर्धारित ९० मिनेट खेलको ३ मिनेट बाँकी रहँदा सेफिल्ड खेलमा फर्कियो । डेविड मक्गोल्ड्रीकले घरेलु टोलीका लागि बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेल्ने संकेत दिएका थिए । तर, सेबालोसले इन्ज्युरी समयमा गोल गर्दै आर्सनललाई सेमिफाइनलमा पुर्याए ।

यसअघि शनिबारको खेलमा म्यान्चेस्टर युनाइटेडले अतिरिक्त समयमा पुगेको खेलमा नर्विच सिटीलाई २-१ ले नै पराजित गरेको थियो । बाँकी क्वाटरफाइनल खेलहरु शनिबार नै हुनेछन् । लेस्टर सिटीले चेल्सीको अतिथ्यता गर्दा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडको मैदानमा खेल्नेछ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्