कृषि र किसान

प्रदेश १ मा २१ प्रतिशत धान रोपाइँ

विराटनगर। मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिलेसम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले कुलोपैनी, वर्षा, बोरिङको भरमा खेती गर्ने गरेका छन् ।

यस प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ धान लगाउने क्षेत्रफलमा गत वर्ष १ लाख ९३ हजार ३ सय ९८ हेक्टरमा धान लगाइएको थियो ।

समग्रमा गएको वर्षमा यस प्रदेशमा ५६.७४ प्रतिशत रोपाइँ भएको थियो । वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले मनसुनको सक्रियता बढ्दा किसानको अनुहार हँसिलो हुने र रोपाइँ पनि समयमै गर्न सकिने भएकाले उत्पादनमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।krishipatrika/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button