‘समाचार र विचारको
साझा चौतारी’




कतै नगर सभाका बैठक पुस्तिकामा असार १० गतेको निणर्य त छैन ?



सम्पादकीय
झापाको मेचीनगर नगरपालिकाले समयमै आफ्नो नीति कार्यक्रम नल्याएर जनमत र संविधानको मर्म माथि अटेर गरेको कुरा त कसैबाट छिपेको छैन । नियमत असार १० गते भित्रमा ल्याई सक्नु पर्ने नगरको नीति कार्यक्रम र नगरसभाबाट त्यसको विधिवत सार्वजनिक गर्नु पर्ने कुरामा त मेचीनगर फेलनै भयो । तर, आफ्नै कारणले असार १० मा नीति कार्यक्रम ल्याउन नसकेर तैँ चुप मै चुपको जस्तो अवस्थामा रहेको नगरले असार २४ मा ल्याएको नीति कार्यक्रम र नगरसभाको प्रकृयाले नगरपालिकाको नियतनै खराब त छैन भन्ने प्रशस्त शंका जन्माउन पुगेको छ ।
यो शंकाको जन्म अरु कसैबाट आएको होइन स्वयम नगरको गतिविधि र कृयाकलापलेनै जन्माएको हो । अकारण समयमा नीति कार्यक्रम ल्याउन नसकेर नगर सभा स्थगन गर्नु र असार २४ मा गरिएको नगरसभामा पुरानै सामाग्री अर्थात नगरसभाको ब्यानर र बजेट पुस्तिकाको प्रयोगलाई सामान्य मान्य सकिन्न । नगरका गतिविधि र कृयाकलाप हेर्दा लाग्छ १० असार भित्र सम्पन्न गर्नु पर्ने आफ्नो जिम्मेवारी बहन गर्न नसकेपछि २४ असारमा गरिएको नगरसभालाई असार १० गतेकै झलक दिन खोजीएको त छैन ? एउटा समान्य नगर सभाको ब्यानर र पुस्तिकालाई सच्याउन नसक्नुको पछाडिको कारणले कतै नगरले तय गरेको नीति कार्यक्रमको बैठक पुस्तिकामा पनि असार १० गतेकै मिति त उल्लेख गरिएको छैन यो विषयमा नागरिक समाजले दृष्टि पु¥याउने बेला भएको छ । आफ्नो कमजोरीलाई ढाकछोप गर्ने गरि असार २४ को कार्यक्रममा असार १० गते ब्यानर राख्नु , नीति कार्यक्रमको पुस्तिका समेत असार १० गतेकै राख्नुलाई सामान्य भुल मान्न सकिन्छ या यसको पछाडिको रहस्यको पनि लहरो छ कि भनेर शंका मात्र होइन बैठक पुस्तिकालाई समेत अब नागरिक समाजले हेर्न किन नपाउने ?
एक दिन राजस्व बुझाउन जाँदा जरिवाना लिने, नागरिकको निवेदनमा सामान्य भुल हुँदा भएन भन्ने , आम सर्वसाधारणका काममा तलदेखि माथि सम्म ऐन, नियम र कानूनको फाईल पल्टाउने नगरका विज्ञ कर्मचारीहरुलाई नगरसभाको मिति र पुस्तिकाका बारेमा सामान्य समेत जानकारी हुदैन र ?मेचीनगरको आफ्नै उदाहरणलाई हेर्ने हो भने के अब मेचीनगरका कुनै निवेदन , सिफारिस र नगरले गर्ने निणर्यमा मितिको औचित्य छैन भन्न खोजेको हो ? होइन भने आफै आम नागरिकलाई कानूनको दायरामा ल्याउने र कानून पढाउने मेचीनगर नगरपालिकाले आफुले चाँही यसको पालना गर्नु पर्छ कि पर्दैन ? मेचीनगर नगरपालिकाको छैठौ नगर सभामा जे जस्ता गतिविधि भएकाछन् नगरसभाको असार २४ को ब्यानर र बजेट पुस्तिकामा मात्र होइन बैठक र निणर्य पुस्तिकामा समेत असार १० को मिति हुन सक्ने कुरा स्वयम नगरपालिकालेनै गरेको असार २४ को कार्यक्रममा असार १० गते लेखिनुले कतै असार २४ मा गरिएको नगरसभाको मिति पनि पुरानै बैठक पुस्तिकाको असार १० गतेमा पर्न गएको हुन सक्ने देखिन्छ । स्थानिय सरकार भनिएको मेचीनगर नगरपालिकाले छैठौ सभा स्थगन गर्नु , असार २४ को नगरसभामा असार १० गते ब्यानर लगाउनु र बजेट पुस्तिका समेत असार १०कै प्रयोग गर्नुले बैठक र बैठकको निणर्य पुस्तिका समेत असार १० गतेकै मितिको हुने प्रवल संभावना छैन होला भन्ने आधार छैन । आफ्ना कमजोरीलाई ढाकछोप गर्न र समयमानै नगरसभा गरेको कागजी प्रकृया पुरा गर्न यदि यस्तो भएको पनि हुन सक्ने भएकाले सरोकारवाल पक्षको समयमै ध्यान जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस्