सम्पादकीय

मेचीनगर नगरपालिकाको मौनताको रहस्य के हो ?

सम्पादकीय
झापाको मेचीनगर नगरपालिकाले कानुनलेनै ब्यवस्थागरेको नीति तथा कार्यक्रम सार्वजनिक र नगरसभाको भाका असार १० गते भित्रमा गर्न नसकेको जगजाहेरनै छ । नगरसभा स्थगन भएको कुरा स्वयम् नगरका जनप्रतिनिधिहरुले आम संचारमाध्याम मार्फत सार्वजनिक समेत गरसकेकाछन् । मेचीनगरका नागरिकहरु पनि यो विषयमा जानकारनै रहेकाछन् । विशेष परिस्थिति र त्यसको उचित कानुनी तथ्यको आधार विनानै असार १० गते भित्र आर्थीक वर्षको नीति कार्यक्रम ल्याउन नसक्नुको कुनै धारणा मेचीनगरनगर नगरपालिकाले ल्याउन सकेन । र, असार १० मा गर्नु पर्ने कार्यक्रम असार २४ गते ग¥यो त्यो पनि सामान्य कानुनी ब्यवस्थालाई समेत पालना नगरि । असार २४ गतेका दिन आयोजना गरिएको कार्यक्रममा असार १० गतेको ब्यानर टाँगिनु र जनप्रतिनिधिहरुलाई उपलब्ध गराईएको नीति तथा कार्यक्रमको बजेट पुस्तिकामा समेत असार १० नै लेख्नुले र आज सम्म पनि संचारमाध्याममा यस विषयमा प्रसङ्ग उठिरहँदा समेत मौन बस्नुले कतै असार २४ को कार्यक्रमलाई असार १० कै हो भनेर नगरपालिकाले कानुनी ब्यवस्था र आम नागरिकलाई भ्रममा पार्न खोजीरहेको त छैन अहिले ब्यापक चर्चा शुरु भएको छ ।


नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा नगर क्षेत्रकै संचार माध्यामलाई सामान्य जानकारी नगराउनु, प्रमुख पार्टीका प्रमुखहरुलाई समेत जानकारी नगराउनु र नागरिकको जान्न पाउने सूचनाको अधिकारलाई समेत वेवास्ता गरेर अहिले सम्म मेचीनगरनगर पालिकाको धारणा नआउनुले दालमा केही कालो छ भन्ने कुरामा अब शंका छैन । कानुनमा ब्यवस्था भए अनुसार स्थानिय सरकार संचालनन ऐन तथा अन्तरसरकारी वित्त ब्यवस्थापन ऐन अन्तरगत सबै स्थानिय तहले आगमी आर्थाीक वर्षका लागि असार १० गते भित्र आ आफ्ना सभामा नीति, कार्यक्रम र बजेट पेस गरि असार मसान्त भित्र बजेट पारित गरिसक्नु पर्ने कानुनी ब्यबस्थानै तोकीएको छ । तर, नगरपालिका भित्रको आन्तरिक कारणले असार १० गते भित्र अनिवार्य गर्नुपर्ने आफ्नो जिम्मेवारी पुरा गर्न नसकेपछि असार १० गतेको कार्यक्रमको ब्यानर टाँगेर र सोही मितिको बजेट पुस्तिका वितरण गरेर मेचीनगरपालिकाले कतै असार १० मै आफ्नो काम सम्पन्न गरेको भनेर कागजी प्रकृया मिलाउन त कानुन र नागरिक दुबैलाई आँखामा छारो हाल्ने काम त गरिरहेको छैन अब सरोकारवाला निकाय र नागरिकले मेचीनगर नगरपालिकाले नीति कार्यक्रम सम्बन्धि कार्यक्रम कुन मितिमा ग¥यो भनेर मेचीनगरकै जनप्रतिनिधिसँग सोध्ने बेला आएको छ ।


असार २४ को मितिमा मेचीनगरपालिकाले असार १० गतेको नीति तथा कार्यक्रमको ब्यानर किन र केका लागि टाग्न परेको थियो ? असार २४ मा भएको कार्यक्रममा किन असार १० गतेको मितिको नीति तथा कार्यक्रमको बजेट पुस्तिका वितरण गरियो ? स्थानिय पार्टीका प्रमुखहरुलाई किन जानकारी भएन ? स्थानिय क्षेत्रमा रहेका संचारमाध्यायमलाई किन सामान्य सूचना सम्म भएन ? असार २४ गते नगरपालिकाले आयोजना गरेको के कार्यक्रम हो ? यसको जवाफ अब मेचीनगर नगरपालिकाले दिने कि नदिने ? आफु स्वयम् स्थानिय सरकारको रुपमा रहेको मेचीनगर नगरपालिकाले नगरको विकास निमार्ण र नागरिकको भविष्यसँग जोडिएको नीति तथा कार्यक्रम र कानुनलेनै ब्यवस्थाका गरेको समय सीमालाई बेवास्ता गर्दा उपल्लो निकायले समेत अब यस विषयमा गहिरो छानबिन गर्छ कि गर्दैन नागरिक प्रतिक्षामा रहेकाछन् । किनकी कानुनी राज्यको आभाष र परिपालन गर्ने निकायकै कामकारबाही र गतिविधिनै शंका र उपशंकाको घेरामा रहन्छन् र यसको चित्तबुझ्दो जवाफ नागरिकले पाउदैनन् भने यसले लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारकै घुमाउरो पाराले खिल्ली उडाएको मान्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button