खबर

समुदायमा कोरोना संक्रमण भएपछि विरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौँ : समुदायमा कोरोना संक्रमण देखिन थालेपछि पर्साको विरगन्ज महानगरमा आज बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले विरगन्जमा कोरोना संक्रमण समुदायमा फैलिसकेको बताएको छ ।
सरकारले लकडाउन हटाएसँगै समुदायमा कोरोना संक्रमन बढ्न सक्ने चिन्ता बढिरहेको बेला बिरगन्जमा समुदायमा कोरोना संक्रमणको खतरा बढेर गएको हो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाईएको छ ।
पर्सामा विभिन्न स्थानहरुमा बसेका स्थानीय र काराकारका कैदीमा समेत कोराना देखिएपछि बिरगन्जमा समुदायमा कोरोना फैलिएको आंशका गरिएको थियो ।
विश्व स्वास्थ्य संगठनले निर्देशन गरेको आवश्यक मापदण्ड पुरा नगरेरै ४ महिना देखी जारी लकडाउन हटाएसँगै विरगन्जमा कोरोना समुदायमा फैलिएको छ । यो प्रक्रिया देशैभरी हुनसक्ने भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता गरेका छन्।२०७७, १० श्रावण  ई-रातो खबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button