‘समाचार र विचारको
साझा चौतारी’




चिया निर्यातमा कमी


१२ साउन २०७७

झापा । नेपालबाट निर्यातहुने चियाबाट गएको आर्थिक वर्ष २०७५÷७६ मा भन्दा २०७६÷७७ मा रु एक अर्ब आम्दानी कम भएको छ ।

चिया निकासीको परिमाण बाहिरिने नाका मेची भन्सार काँकडभिट्टाका अनुसार आव २०७५÷७६ मा रु दुई अर्ब ९४ करोड २८ लाख ६० हजार ५३५ बराबरको चिया नाकाबाट निर्यात भएकामा गत आव २०७६÷७७ मा रु एक अर्ब ९४ करोड ७० लाख ५३ हजार एक सय ६० मात्रको निकासी भएको देखिन्छ ।

कोरोना महामारीका साथै किसान आन्दोलनका कारण चियाको निर्यात सुस्ताएको चिया उद्योगीहरू बताउँछन् । “केही महिना अघिसम्म कोरोनाका कारण पनि चिया गएको थिएन भने निर्यात पनि विराटनगर भन्सारबाट हुँदा कम भएको देखिएको हो”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रबिन राईले भने ।

राईका अनुसार बन्दाबन्दीका समयमा मात्रै पनि करोडाँैको चिया निर्यात हुन नसकेको हो । अहिले पनि उद्योगले उत्पादन गरेको चिया बाहिर पठाउन सकिएको छैन भने किसान आन्दोलनले पनि ठूलो परिमाणमा चिया जान नसकेको महासचिव राईको भनाइ छ । मेची भन्सारमा ठूलो आम्दानी भित्रिने मध्ये चिया दोस्रो स्थानमा पर्ने गरेकामा गएको वर्ष तेस्रो स्थानमा झरेको छ । गएको वर्ष चियालाई अलैँचीले उछिनेको छ ।

नेपालमा उत्पादन हुने चियाको झण्डै ९० प्रतिशत हिस्सा बाहिर जाने गरेको छ तर पछिल्लो समय चियामा आन्तरिक किचलो परेकै कारण निर्यात घटेको व्यवसायीहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस्