‘समाचार र विचारको
साझा चौतारी’




जिन्दगीले


तारा पौडेल

गजल

खोइ कस्तो कस्तो मलाई बनायो जिन्दगीले

खोइ कस्तो कस्तो मलाई बनायो जिन्दगीले

हाँस्नु भन्दा रुन बढि सिकायो जिन्दगीले
चढंऔ त भन्छु जती उकालि चढे पनि
ओरालो लागेको मृग झै बनायो जिन्दगीले
न बाँच्नु न मर्नु झै बनायो जिन्दगीले
सुख भुल्दै दुस्ख गर्न अह्रायो जिन्दगीले
कोशिष त गरौं भनि जती अगाडि बढे पनि
मझधारको डुङ्गा झै अलपत्र गरायो जिन्दगीले
न हार्न सुझायो न जित्न सिकायो जिन्दगीले
जन्मनु त खोइ कता हो गर्भमै तुवायो जिन्दगीले
चुनौतीका चाङलाई थिच्दै अगाडि बढे पनि
उर्लदो खहरे झै बढार्दै बगायो जिन्दगीले
आँशु पिउँदै बाँच्न भनि बाध्य गरायो जिन्दगीले
महल त कता हो झोपडिमै मरायो जिन्दगीले
ताना बुना कस्दा कस्दै किन हो आज मलाई
भिरको चिन्डो झै दोधार बनायो जिन्दगीले।
इलाम, सुनपा

प्रतिकृया दिनुहोस्