‘समाचार र विचारको
साझा चौतारी’




बागमती प्रदेशमा ९० प्रतिशत धान रोपाँई सम्पन्न


२०७७ श्रावण १४
चितवन। बागमती प्रदेशमा ९० प्रतिशत धान रोपाई सम्पन्न भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, हेटौंडाका अनुसार प्रदेशको कुल वर्षे धानले ढाक्ने १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफल मध्ये श्रावण १३ गतेसम्म १ लाख २० हजार ८८ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीका अनुसार यो गत वर्षको तुलनामा ९ प्रतिशतले बढी हो। गत वर्षको तुलनामा यो वर्ष अगाडी नै वर्षा भएकोले धान रोपाई आउदो हप्ता सम्पन्न हुन सक्ने मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयवाट प्राप्त जानकारी अनुसार प्रदेशको सबैभन्दा बढी धान खेती हुने चितवन जिल्लामा ८५ प्रतिशत रोपाई सम्पन्न भईसकेको छ।

यसै गरि मकवानपुर जिल्लामा ८५ प्रतिशत, नुवाकोटमा ९४ प्रतिशत, ललितपुर र भक्तपुरमा ९६/९६ प्रतिशत, काठमाण्डौंमा ९७ प्रतिशत, काभ्रेमा ९० प्रतिशत, रामेछापमा ७० प्रतिशत, सिन्धुलिमा ९२ र धादिङ्गमा ९५ प्रतिशत रोपाई सम्पन्न भएको छ। प्रदेशको उच्च पहाडी जिल्लाहरु दोलखा, रसुवा र सिन्धुपाल्चोकमा क्रमशः ८५, ८८ र ९५ प्रतिशत धान रोपाई सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारी जानकारी दिए।halaokhabar/from

प्रतिकृया दिनुहोस्