‘समाचार र विचारको
साझा चौतारी’




म आफ्नो चरित्रलाई कहिल्यै घर लिएर जान्नँ : आयुष्मान खुराना


एजेन्सी

भर्सटायल अभिनेताको रुपमा चिनिने आयुष्मान खुरानालाई गएको केही वर्षयता हिट मेशिन भन्ने गरिएको छ । फरक धारका फिल्म गर्न रुचाउने उनका एकपछि अर्को फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेका छन् । उनी आफूलाई अनावश्यक दबावमा राखेर नयाँ चीजहरूको खोजी गर्न मनपराउने बताउँछन् । उनी फिल्ममा निर्वाह गर्ने चरित्रलाई घर लिएर जान पनि रुचाउँदैनन् ।

फिल्ममा निर्वाह गरेको चरित्र काम गरेपछि उनीसँगै रहन्छ ? एक अन्तर्वार्तामा सोधिएको प्रश्नमा आयुष्मानले भनेका छन्, ‘मलाई स्विच अन र स्विच अफ गर्न सजिलै आउँछ । म फिल्ममा निभाएको चरित्र कहिल्यै घर लिएर जान रुचाउँदिनँ । म एक पद्धतिमा चल्ने अभिनेता होइन । म सजिलैसँग स्विच अन-अफ गर्छु । यसकारण म आफ्नो चरित्रलाई कहिले घर लिएर जाँदिनँ ।’

उनी थप्छन्, ‘एक व्यक्तिको रुपमा मलाई नयाँ कुरा अन्वेषण र सिक्न आवश्यक छ । ‘आर्टिकल १५’ या ‘अन्धाधुन’ जस्ता फिल्मबाट मैले धेरै सिक्न पाएँ । ‘अन्धाधुन’ का लागि मैले पियानो सिकेँ, यो मेरो लागि डेभलपमेन्ट थियो । ‘आर्टिकल १५’ बाट मलाई भारतमा जात व्यवस्थाबारे थाहा भयो । ‘गुलाबो सिताबो’ मा भने अमिताभ बच्चन र सुजित सरकारबाट धेरै सिक्न पाएँ ।’

आयुष्मान अभिनीत फिल्मबाट दर्शकमा धेरै अपेक्षा रहने गर्दछ । तर, उनी दबावबाट टाढै रहन्छन् । छोटो पर्दाबाट आफ्नो यात्रा सुरु गरेका उनी भन्छन्, ‘दबाव सधैं रहन्छ । तर, म जो हुँ, म त्यसको पनि आनन्द लिन्छु । म आफैंं पनि अनुचित दबावमा पर्दिनँ । मलाई हरेक फिल्मसँग आफैंलाई बदल्न जरुरी छैन ।’ आयुष्मान हालै अमिताभ बच्चनसँग ‘गुलाबो सिताबो’ मा देखिएका थिए ।filmykhabar/from

प्रतिकृया दिनुहोस्