‘समाचार र विचारको
साझा चौतारी’




झटारो सहँदै


तारा पौडेल

कविता

 

झटारो सहँदैनै बाँच्छ वृक्ष जो चोटमा परि
बदला नलिइ फल पो दिन्छ सदा है बेसरी।

होचो दबिने बुझ सके बढाको छाँयामा परि
बन्दैन सुख्खा समुन्द्र नै दुई चार गाग्रो भरि ।

दुष्ट हो सताउने दिन घरि क्षुद्र पाप सरि
नबुझी नै धाम दगुर्ने ब्यर्थै धेरै पिर गरि।

देख्दै असहाय , दरिद्री चुप नहुनु निहुँरी
दुखीमा हुन्छ देवको दृष्टि कुवेरमा छिन घरी।

म को हुँ रु कहाँ छु ? समझ पल बिचारमा परि
सदा रहने पत्थर पो जीव जाने पालो गरि।

सृजना गर्नु नै जो सब परिवर्तन आखिरी
घुम्दैन भमरा फुलमा रस बिना झिँगा सरि।

झटारो सहँदै नै बाँच्छ वृक्ष जो चोटमा परि
बदला नलिइ फल पो दिन्छ सदा है बेसरी ।

सुर्योदयनगरपालिका ३
पशुपतिनगर,इलाम

प्रतिकृया दिनुहोस्