‘समाचार र विचारको
साझा चौतारी’




विश्वकै उत्पीडनमा परेकाहरुको आवाज मार्टिन लुथर किंग


१६ श्रावण २०७७, शुक्रबार

अमेरिकाका एक पादरी, अभियन्ता तथा आन्दोलनकारी अफ्रिकी अमेरिकी नागरिक डाक्टर मार्टिन लुथर किङ जुनियर नागरिक अधिकारीको संघर्षका प्रमुख नेता थिए । उनलाई अमेरिकाका गान्धी पनि भनिन्छ । उनको प्रयत्न र अभियानले अमेरिकामा नागरिक अधिकार क्षेत्रमा प्रगति भएको हो । त्यसैले उनलाई आज मानवअधिकारका प्रतीकका रुपमा हेरिन्छ । दुईवटा चर्चले उनलाई सन्तका रुपमा मान्यता पनि प्रदान गरेको छ ।
मार्टिन लुथरको जन्म सन् १९२९ मा अमेरिकाको अटलान्टामा भएको थियो । डाक्टर किङले अमेरिकामा निग्रो समुदायप्रति हुने गरेका भेदभावविरुद्ध सफल अहिंसात्मक आन्दोलन थालेका थिए । सन् १९५५ मा उनको जीवनको निर्णायक मोड थियो । यसै वर्ष कोरेटासँग उनको विवाह भयो ।

उनलाई एकपटक अमेरिकाको दक्षिणी प्रान्त अल्बामाको मोन्टगोमरी शहरको डक्सटर एवेन्यु बापटिस्ट चर्चमा प्रवचनका लागि बोलाइएको थियो । सोही बर्ष मोन्टगोमरीको सार्वजनिक बसमा काला–गोराको भेदविरुद्ध एक महिला रोज पाक्र्सले गिरफ्तारी दिएकी थिइन् । त्यसपछि मार्टिन लुथरले प्रसिद्ध बस आन्दोलन चलाएका थिए ।

पूरै ३ सय ८१ दिनसम्म चलेको उक्त सत्याग्रही आन्दोलनपछि अमेरिकामा बसमा काला–गोरा यात्रीका लागि अलगअलग सिट राख्ने प्रावधान समाप्त भएको थियो । त्यसपछि उनले धार्मिक नेताहरुको मद्दतबाट समान नागरिक कानुन आन्दोलन अमेरिकाको उत्तरी भागमा पनि फैलाए उनलाई सन् १९६४ मा विश्वशान्तिका लागि सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

कैयौं अमेरिकी विश्वविद्यालयले उनलाई मानार्थ उपाधिहरु दिए । धार्मिक तथा सामाजिक संस्थाहरुले उनलाई मेडल प्रदान गरे । टाइम पत्रिकाले उनलाई सन् १९६३ को म्यान अफ द इयर चयन गरेको थियो । उनी महात्मा गान्धीको अहिंस्रक आन्दोलनबाट अत्यन्तै प्रभावित थिए । गान्धीकै आदर्शमा अगाडि बढ्दै मार्टिन लुथर किङले अमेरिकामा धेरै सफल आन्दोलन चलाए, जसलाई अकिकांश गोराहरुको पनि समर्थन प्राप्त थियो ।

मार्टिन लुथरले अखबारमा कैयौं लेख लेखे । स्ट्राइड टुवार्ड फ्रिडम (१९५८) र ह्वाइ वी क्यान नट वेट (१९६४) उनले लेखेका दुई पुस्तक हुन् । सन् १९५७ मा उनले साउथ क्रिस्चियन लिडरसिप कन्फ्रेन्सको स्थापना गरे ।
डाक्टर मार्टिन लुथरको एक लोकप्रिय वाणी थियो– ‘हामी त्यो होइनौं, जुन हामी हुन पथ्र्यो र हामी त्यो होइनौं, जुन हामी हुन गइरहेका छौं, तर ईश्वरलाई धन्यवाद छ कि हामी त्यो पनि होइनौं, जुन हामी हौं ।’
सन १९६८ अप्रिल ४ मा गोली हानी उनको हत्या गरियो ।

आफ्नो बाल्यकालको स्मरण गर्दै उनले भनेका थिए– प्रत्येक अभिभावले कुनै न कुनै बेला आफ्नो बच्चालाई जीवनको तथ्य बुझाउनुपर्ने समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसै गरी हरेक निग्रो अभिभावकलाई आफ्नो सन्तानलाई रंगभे सम्बन्धी तथ्य बताउनुपर्ने हुन्छ । मेरी आमाले मलाई काखमा राखेर बुझाउन थालेकी थिइन्, कसरी हाम्रो देशमा युगौं पहिला दास परम्परा चलेको थियो फेरि गृहयुद्धपछि कसरी त्यसको अन्त्य भयो । मेरी आमाले मलाई यो पनि बताएकी छन् कि दक्षिणमा रंगभेदका आधारमा सबै काम हुन्छ । स्कुल, होटल, थिएटर, बस्ती आदि सबै स्थान रंगका आधारमा अलगअलग बनेका छन् । पानीका धारामा कुन गोरा कुन कालाका लागि हो साइन बोर्डमा सूचना राखिएको हुन्थ्यो ।

यो भेदभाव कुनै स्वाभाविक विधान होइन, बल्कि मनुष्यकृत सामाजिक नियम हुन् । त्यसपछि उनले ती शब्दहरु भनिन्, जुन करिब सबै निग्रोले आफूमाथि भइरहेको अन्याय थाहा पाएपछि सुन्नुपर्ने हुन्छ, अरु जस्तै तिमी पनि त्यति नै असल हो ।

मार्टिन लुथर केही त्यस्ता नेताहरुको पंक्तिमा पर्छन् जसले आफ्नो बलबुतामा पूरै देशको दिशा र अवस्था परिवर्तन गरे । उनलाई अमेरिकामा निग्रोलाई उनीहरुको मौलिक अधिकार दिलाउनका लागि मात्र नभएर विश्वभरि नै उत्पीडनमा परेका समुदायको अधिकारका लागि हुने आन्दोलनका प्रतीकका रुपमा स्मरण गरिन्छ । महात्मा गान्धीले देखाएको अहिंसा तथा सत्यको मार्गमा हिँडेका मार्टिन लुथर किङले सन् १९६३ अगस्ट २८ मा एक ऐतिहासिक भाषण दिएका थिए, आई हेव अ ड्रिम ।

वासिंगटनको क्यापिटल हिल बाहिर भएको उक्त भाषण रोक्न तात्कालीन राष्ट्रपति जोन एफ केनेडी सरकारले धेरै प्रयास गरेको थियो र मार्टिन लुथरलाई त्यसअघि नै गिरफ्तार गर्न खोजिएको थियो । तर, उक्त भाषण सुन्नका लागि ओर्लेको अथाह मानव सागरका कारण केनेडीको योजनामा पानी फेरिदियो । भाषणले उत्तेजना फैलाउन सक्ने र हिंसा फैलिन सक्ने त्रास केनेडीलाई थियो तर मार्टिन लुथरको उक्त भाषणको प्रशंसक उनी आफैं भएका थिए ।

उक्त भाषणपछि केनेडीले मार्टिन लुथरसँग पहिलोपटक भेट्दा अभिवादन सँगै उनकै भाषणको अंश आई हेव अ ड्रिम दोहो¥याएका थिए ।

भाषणमा उनले भनेका थिए– आजको यो अवसरमा म तपाईंहरुको माझ हुन पाउँदा अत्यन्तै खुसी छु, जुन यो देशको इतिहासमा स्वतन्त्रताका/ लागि गरिएका सबैभन्दा ठूलो प्रदर्शनका रुपमा चिनिनेछ ।

सय वर्ष अघि, एक महान् अमेरिकी, जसको प्रतीकात्मक छायामा हामी सबै उभिएका छौंले एक मुक्ति उद्घोषणामा हस्ताक्षेर गरेका थिए । यो महत्वपूर्ण निर्णयले अन्याय सहेर बसेका लाखौं गुलाम निग्रोको मनमा आशाको एक किरण जोगेको थियो । यो खुसी उनीहरुका लागि लामो समयसम्म अन्धकारमा कैद भएर बसेपछि दिनको उज्यालोमा निस्कनु समान थियो ।

भाषणमा मार्टिनले अहिले कठिनाइको सामना गर्नुपरिरहेको भए पनि आफ्नो एक सपना भएको र जसको जरा अमेरिकी सपनामा निहित भएको बताएका थिए । उनले देशको विभिन्न स्थानको नाम लिँदै ती ठाउँबाट स्वतन्त्रताको आवाज उठ्न दिनुपर्ने बताएका थिए ।newsofnepal/from

 

प्रतिकृया दिनुहोस्