‘समाचार र विचारको
साझा चौतारी’




लम्पी स्किन डिजिज


शुक्रबार १६ साउन, २०७७

लम्पि स्किन डीजिज एक प्रकारको बिषाणु काप्री पक्स भाइरसको कारणले लाग्ने संक्रामक रोग हो। यो रोगमा ज्वरो आउने छालामा गाठागुठी देखा प्रने दुब्लाउदै जाने जस्ता लक्षण देखिइ मृत्यू समेत हुने गर्दछ ।यो रोगले मुख्य गरी छाला बाहीरी अङ्ग र पाचन प्रणालिका अङ्गहरुमा असर गर्दछ।

उत्पतीः

पहिलो पटक अफ्रीकि मुलुक जिम्बाबेमा सन् १९२९ मा यो रोग देखा परेको थियो।य यो रोगले त्यस ताका ८० लाख पशुहरुमा संक्रमण गरेको थियो । १९८८ सम्म अफ्रिकि साहारा क्षेत्र आसपास मात्र रहेको विश्वास गरीएपनी पछी इजिप्टमा रोग देखा परेपछी यसको फैलाबट पुष्टी भएको हो।अफ्रीका हुदै यो रोग मध्यपुर्वी मुलुकमा फैलिएको मानिन्छ। २०१२ पछी यो रोग एसियाका बिभिन्न मुलुकम फैलिएको छ। भारतमा केहि महिना अघिमात्र देखा परेको यो रोग नेपालमा पनी केहि दिन अघी मात्र पहिलो पटक प्रबेश गरेको छ।

कारक तत्वः

यो रोग बिषाणुले लाग्दछ। यो पक्स समुहको काप्री पक्स भाइरसले लाग्ने रोग हो। यो भाइरस लामखुट्टे डासं तथा किर्नाको टोकाइबाट एक पशु देखि अर्को पशुमा सर्दछ। यो रोगले ३ देखि ८० (औषतमा २० )प्रतिषत सम्म पशुहरुमा सक्रमण गराउन सक्दछ भने १ देखि ३ प्रतिषतको मृत्यू समेत हुन्छ।यो रोग जुरो हुने र नहुने दुवै गाइ तथा भैसिहरुमा पनी लाग्दछ । प्रयोगशालामा परोक्षण गर्दा अन्य पशुहरुमा पनी सर्न सक्ने सम्भावना देखिएको छ।

रोग सर्ने माध्यमः

यी रोग किराफट्या समुह (Arthropods Vector Groups )ले सार्ने हुदा लामखुट्टे भुसुना किर्ना डास इत्यादिको टोकाइबाट सर्दछ।सक्रमित पशुसंगको लसपसबाट पनि सर्दछ।यो रोग शरिरमा प्रवेश गरीसकेपछी ७ देखि २३ दिनमा लक्षण देखाउदछ। प्राय गरी १० देखि १२ दिनमा लक्षण देखिन थाल्दछ।छाला तथा जिउदो पशुको ‌ओसारपसारबाट पनि रोग सर्दछ।

रोगका लक्षणः

१०४ देखि १०७ फरेनहाइट सम्म ज्वरो आउने ।
शरिरका बिभिन्न भागहरु जस्तै घाटीं,पेट, थुन र कल्चौडोमा १ देखि ५ सेमि सम्मका गिर्खा गाठागुठी देखापर्ने ।
छालामा उठेमा गिर्खाहरु फुट्ने ,पानी तथा पिप बग्ने ।
रोगको सक्रमण बढ्दै जादा जिबाणुको सक्रमण हुन सक्ने र घाउ पाक्न सक्ने ।
पशु दुब्लाउदै जाने दुध उत्पादन कम हुने र कचेरा, सिङ्गान निकाल्ने ।
रोग निदानः

प्रयोगशालामा अत्याधुनिक प्रबिधिबाट मात्रै पत्ता लगाउन सकिन्छ। ELISA, PCR, Electrone microscopy तथा Histopathology बाट रोग निदान गर्न सकिन्छ।

उपचारः

बिषाणुबाट लाग्ने रोग भएकाले खास उपचार छैन । पशुचिकित्सको सहयोगमा ज्वरो घटाउने र थप जिबाणुको संक्रमण रोक्ने सहयोगी ‌औषधि गर्न सकिन्छ। रोग सगं मिल्दो जुल्दो लक्षण भएको रोग देखा परेमा सम्बन्धीत निकायमा खबर गर्नुपर्दछ।

ध्यानदिनुपर्ने कुराहरु

यो रोगबाट बाच्छाबाच्छीहरु बढि संक्रमित हुन्छन ।
अन्तिम तिन महिनाको गर्व तुहिने र बाझोपन पनि हुन सक्दछ ।
संक्रमित बथानको उत्पादन र छालाको गुणस्तर घट्छ ।
कल्चौडोमा असर गरेर गाइको उत्पादन क्षमता तथा अण्डकोषमा असर गरेर बहरको प्रजनन क्षमतामा ह्रास ल्याउछ ।
घाउ पाकेर थप संक्रमणहुन सक्दछ ।
रोगका सुरक्षाका उपायहरु

गोठ र मलखादको दुरी १० मिटर कायम गर्ने ।
गोठ नियमित रुपमा फिनेल पानीले सफा गर्ने तथा सरसफाइमा बिशेष ध्यान दिने ।
पशुबाध्ने गोठमा दिसा ,पिसाब तथा पानि जम्न नदिने ।
गोठ वरपरका खाल्टाखुल्टी पुर्ने लामखुट्टेका फुल नष्ट गर्न मट्टीतेल छर्कने ।
भुसुना तथा लामखुट्टेबाट जोगाउन साझमा गोठ धुवाउने ।
गोठको जैविक सुरक्षाका लागी अनाधिकृत रुपमा मानिसको आवतजावत नगर्ने, प्रबेशद्वारमा चुना/ चुनापानीको ब्यबस्था गरी अनिवार्य रुपमा चुनमा टेकेरमात्र प्रवेश गराउने ।
संक्रमित स्थान तथा संक्रमणको उच्च जोखिमका स्थानबाट पशु खरीद नगर्ने ।
रोगी पशुलाइ अलग्गै राखि दानापानिको ब्यबस्था गर्ने ।
निरोगी पशुको स्याहार सुसार पछी मात्र रोगी पशुको स्याहार गर्ने ।krishipatrika/from

प्रतिकृया दिनुहोस्