‘समाचार र विचारको
साझा चौतारी’




पीएसजी फ्रेन्च लिग कप च्याम्पियन


शनिबार, श्रावण १७, २०७७

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको च्याम्पियन बनेको छ । शुक्रबार राति भएको खेलमा लियोनलाई सडनडेथमा ६–५ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

यससँगै पीएसजीले सिजनको तेस्रो उपाधि जित्दै फ्रेन्च फुटबलमा दवदवा कायम गरेको छ । पीएसजीले यसअघि फ्रेन्च लिग वानको उपाधि र कप डि फ्रान्सको उपाधि आफ्नो पक्षमा पारिसकेको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय र थप गरिएको समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइदा पीएसजीले बाजी मारेको हो । पीएसजीले सबै ६ पेनाल्टीमा गोल गर्दा लियोनका बर्टरान्ड ट्राओरेको पेनाल्टी असफल भएको थियो ।

पीएसजीका एन्जल डि मारिया, मार्काे भेराट्टी, लियान्द्रो ड्यानियल पाराडेस, एन्डर हेरेरा, नेयमार र पाब्लो सारावियाले गोल गरे । लियोनका जोअचिम एन्डरसन, कार्ल टुको एकम्वी, म्याक्सइन्स, थियागो मेन्डिस र हुसेन एओअरले गोल गर्दा बर्टरान्ड ट्राओरेले पेनाल्टी चुकाएका थिए ।

त्यसअघि खेलको आठौं मिनेटमा पीएसजी अग्रता लिनबाट चुकेको थियो । कप्तान थियागो सिल्भासको छोटो सटिक पासमा नेयमारको प्रहार बाहिरिएको थियो । दोस्रो हाफमा पनि दुवै टोलीले गोलका केही मौका गुमाउदा खेल अतिरिक्त समयमा लम्विएको थियो । अतिरिक्त समयमा लियोनले केही उत्कृष्ट मुभ बनाएपनि गोल गर्न चुक्यो ।

अन्तिम समयमा लियोन १० खेलाडीमा समेटिएको थियो । ११९औं मिनेटमा एन्जल डि मारियामाथि फल गरेपछि रेफ्रीले राफयललाई सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । अब पीएसजीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्दैछ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्