‘समाचार र विचारको
साझा चौतारी’




‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’


२०७७ श्रावण १८ आइतबार
किसानलागि शासकविरुद्ध संघर्ष गर्दागर्दै रेटिन पुगेका पन्तको मागहरु अझै उपेक्षित
काठमाडौं, १८ साउन। यतिखेर दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार ‘विराजमान’ छ। त्यही सरकार सञ्चालन गर्ने नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल किसान महासंघका अध्यक्ष चित्रबहादुर केसी राष्ट्रिय किसान आयोगको अध्यक्ष समेत छन्। तर ६७ वर्ष पहिले किसानको हकहितमा आन्दोलनमा तत्कालिन शासक वर्गबाट हत्या गरिएका शहिद भीमदत्त पन्तको स्मृति दिवसमा एउटा विज्ञप्ती मात्रै निकाल्छ

अखिल नेपाल किसान महासंघले पन्तको ६७ औं स्मृति दिवस भनेर मनायो तर शहिद भीमदत्त स्मृति प्रतिष्ठानले पन्तको ६८औँ स्मृति दिवस भनेर मनायो। समान्य मितिमा समेत ख्याल गर्न नसक्ने नेताहरुले उनको सपना पुरा गर्नु त परै आवस ठूलो दबाबपछि वल्लतल्ल ०७२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली सरकारले पन्तलाई शहिद घोषणा गरेको हो।

उनले रोपेको किसान आन्दोलनको बीउ अझै उम्रेको छैन? उनैले स्थापित गरेका थुप्रै नाराहरु अहिले पनि लाग्छन् तर किसानको अवस्था अहिले पनि उस्तै छ। २०१० सालमा प्रधानमन्त्री समेत रहेका धानमन्त्री मातृकाप्रसाद कोइरालाको सरकारले साउन १७ गते किसान योद्धा भीमदत्त पन्तको हत्या गरी १८ गते उनको टाउको बाँसको लिंगोमा झुन्ड्याइयो । राणा विरोधी आन्दोलनमा भारत मेट्रिक पास गरेर फर्केका पन्त सुरुका दिनमा काग्रेसी राजनीतिमा रमाएका थिए। तर काग्रेस त्यागेर कम्युनिष्टमा प्रवेस गरेका थिए।

‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने उनको नारा हिजोआज पनि उत्तीक्कै दमदार लाग्छ। जोताहा किसानका पक्षमा वकालत गरेका भीमदत्त पन्त १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका हुन्।

त्यस्तै ‘जसको जोत उसको पोत, किसान जिन्दावाद, जनताको राज जिन्दावाद’, ‘ठालु खाना आलु, गरिब खाना बासमती’, शोषक सामन्त मुर्दावाद, किसान राज जिन्दावाद’, ‘तमसुक च्यात भकारी फोड’ अभियान चलाएका पन्त नेपाली किसान आन्दोलनको गाथामा शिखर पुरुष झै मानिन्छ। तर, उनले उठाएका मुद्दा सरकारले अहिलेसम्म पुरा गर्न सकेका छैनन्।

जनताका लागि शासकविरुद्ध संघर्ष गर्दागर्दै रेटिन पुगेका पन्तले उठाएका कैयौ मागहरु अझै उपेक्षित छन्।

भीमदत्त पन्तको इतिहास

नेपाली किसान आन्दोलनका महान शहीद पन्त तत्कालीन घटाल गाविस–१ (हाल अमरगढी नगरपालिका–२) कारीगाउँमा १० मंसिर १९८३ मा बुबा तारनाथ पन्त र आमा सरस्वती पन्तको कोखबाट भएको हो । उनी एक मध्यम किसान परिवारमा जन्मिएका थिए । पाँच वर्षको उमेरमै आमा गुमाएका पन्तको बाल्यकाल कारीगाउँमै बित्यो । पछि उनलाई सीमावर्ती भारतीय भूमि सिंगाईमा आफन्तको संरक्षणमा अध्ययनका लागि पठाइयो ।
त्यसैबेला भारतमा स्वतन्त्रता संग्रामको राँको दन्किरहेको थियो भने अर्कातर्फ नेपालमा दशरथ चन्दलाई फाँसी दिइएको घटनाले पश्चिमसम्मै हलचल ल्याएको थियो । त्यसको असर विद्रोही स्वभावका पन्तमा नपर्ने कुरै भएन । १५ वर्षको उमेरमा १९९८ सालमा म्याट्रिक (हाल एसईई) पास गरी नेपाल फर्केका पन्तले डडेल्धुराको विरखान, सोरठ र रूपालमा संस्कृत पाठशाला खोलेका थिए ।

त्यस्तै, बेलौरीमा बैंक लुट्दा कब्जा गरेको पैसा सेनालाई तलबका रुपमा दिएर बाँकी पैसा कमैया र हलियालाई सहयोग गरेको उनको शसस्त्र सेनामा काम गरेका दिलबहादुर थापा मगर बताउछन ।शसस्त्र संघर्षका बेला ‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो गरिबका दिन आया ठालुको काल आयो,’ उनको चर्चित गीत थियो । उनका गीतमा सुगन्ध छ, देशप्रेम ।

केहि बर्ष शिक्षण सेवा गरेपछि थप अध्ययनका लागि २००१ मा भारत पुगेका पन्त भारतीय स्वतन्त्रता संग्रामको लडाइँमा होमिँदा पक्राउ परेका थिए । उनी १८ महिना इलाहावाद जेलमा बसेको इतिहास छ । भारतीय जेलबाट रिहाइ भएपछि राजनीतिक चेतनाले भरिएका सहीद पन्त नेपाल फर्के र कमान्डर रूपसिंह सिजापती, शेखर शर्मा र गौरीलालको राणाविरोधी सशस्त्र आन्दोलनमा सहभागी भए ।

२६ पुस २००७ मा डडेल्धुरालाई मुक्तिसेनाले कब्जामा लिएपछि सहिद पन्त गभर्नर बने । दिल्ली सम्झौतको बिरोधगर्दै देशमा प्रजातन्त्र आए पनि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा देखापरेका असमानता कायमै रहेकाले यसविरुद्ध आफ्नै नेतृत्वमा उनले आन्दोलन सुरु गरेका थिए । २००८ मा ‘किसान राज जिन्दावाद, शोषक सामन्त मुर्दावाद’ र ‘कि त जोत हलो कि त छोड थलो यदि होइन भने अब छैन भलो’ भन्ने नाराका साथ किसानका पक्षमा वकालत गर्दै उनले शसस्त्र आन्दोलनको शुभारम्भ गरेको बुढापाखाहरु बताउछन ।

त्यस्तै, बेलौरीमा बैंक लुट्दा कब्जा गरेको पैसा सेनालाई तलबका रुपमा दिएर बाँकी पैसा कमैया र हलियालाई सहयोग गरेको उनको शसस्त्र सेनामा काम गरेका दिलबहादुर थापा मगर बताउछन ।शसस्त्र संघर्षका बेला ‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो गरिबका दिन आया ठालुको काल आयो,’ उनको चर्चित गीत थियो । उनका गीतमा सुगन्ध छ, देशप्रेम ।

उनी गरिबलाई ठालुको कब्जाबाट मुक्त गराउने अभियानमा थिए । कञ्चनपुरको ब्रम्हदेवका दक्षिण भारत पन्जाबका एक विद्वान् कृष्ण स्वामी एंगरको सम्पर्कमा आएपछि सहिद पन्तले कम्युनिस्ट विचार अवलम्वन गरेका थिए । त्यसबेला गर्बु थारु र लवरा थारु मन्त्री थिए । उनले सामाजिक विभेद बिरुद्ध आन्दोलन छेढदै भान्सामा दलितलाई सहभागी गराउन थाले । जाली तमसुक बनाउने र श्रम शोषण गर्ने ठालुलाई जन कारबाही गर्न थाले ।

ब्राम्हण, ठकुरी र क्षेत्रीहरुलाई दलितको भान्सामा खाना खान लगाएपछि तत्कालिन सामाजिक संरचनाले उनको अभियानलाई पचालउन सकेन। सहिद पन्तको व्यवहारबाट कुँडिएका ठालु र सामन्तहरु उनलाई आतंककारी भन्दै राज्यले उनलाई कारवाही गर्नुपर्ने भन्दै चलखेल गर्न थाले । सहिद पन्तले कसरी आन्दोलनको शुरुवात गरे ?

सहिद पन्त गरिब र निर्धाहरुको संगठन बनाउन गाउँगाउँमा जान्थे । सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश जिल्लामा भ्रमण गर्दा गरिबले नुनसमेत खान नपाएको थाहा पाएर उनले नुन आन्दोलनको घोषणासमेत गरे । २००९ सालमा सुदूरपश्चिममा नुनको हाहाकार भएको बेला ब्रह्मदेव मन्डीमा नुन गोदाममा लुकाएको चाल पाएका उनले आफ्नो नेतृत्वमा हजारौंको संख्यामा शोषित, पीडित किसानहरू, दलित र जनजातिको भेला गराई गोदाममा लुकाइएको सयौं क्वीन्टल नुन र खाद्यान्न कब्जा गरी जनतालाई वितरण गरेका थिए ।

नेपालगञ्ज पुगाएपछि उनले भागेर ज्यान बचाए । त्यसपछि उनी कञ्चनपुर आए । आन्दोलनको विपक्षमा रहेका धेरै जनालाई महाकालीमा फाले। उनले घरमा पनि बुबासँग भएका तमसुक जलाइदिए । डडेल्धुराका तत्कालिन बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम बने । क्रान्तिमा सहयोग गर्नेहरूलाई कर्मचारी बनाए । उनले चार महिनासम्म डडेल्धुरामा बसेर समानान्तर सरकार बनाउदै शासन चलाए ।

यस अभियानले जनतामा ठूलो प्रभाव पर्न गयो । भन्सारमा हाकिम रहेका सुब्बा जयदेव भट्ट, डिट्ठा धर्मसिंह रावल, सुवेदार जोगराज ऐरविरुद्ध भिमदत्त पन्तको मुक्ती सेनाले गरेको शसस्त्र कारबाहीले आन्दोलनलाई थप ऊर्जा थप्ने काम गरेको थियो । मुक्ती सेनाले भन्सारका सुब्बा जयदेव र डिट्ठा रावललाई बोरामा बाँधेर महाकाली नदीमा फ्याँकेको थियो । यही बेला कञ्चनपुरको गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगन्ज पु¥याइयो ।

नेपालगञ्ज पुगाएपछि उनले भागेर ज्यान बचाए । त्यसपछि उनी कञ्चनपुर आए । आन्दोलनको विपक्षमा रहेका धेरै जनालाई महाकालीमा फाले। उनले घरमा पनि बुबासँग भएका तमसुक जलाइदिए । डडेल्धुराका तत्कालिन बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम बने । क्रान्तिमा सहयोग गर्नेहरूलाई कर्मचारी बनाए । उनले चार महिनासम्म डडेल्धुरामा बसेर समानान्तर सरकार बनाउदै शासन चलाए ।

शसस्त्र क्रान्तिमा लागेकाले पन्त घरको काममा समय दिन सक्दैनथे । गाउँका सबै ठालु उनको विरुद्धमा थिए । उनलाई कति बेला कसले मार्छ भन्ने डर थियो । घरको जिम्मेवारी पत्नी पार्वती पन्तकै हुन्थ्यो । उनका दुई छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर पाँच वर्षमा जेठो र अढाइ वर्षमा कान्छो छोराको मृत्यु भयो । त्यसपश्चात् पनि घरको प्रवाह नगरी क्रान्तिमै लागिरहे ।

दुवै छोराको मृत्युपछि जीवनसाथी पार्वती पन्तको आग्रहमा महता क्षेत्रीकी छोरीसित उनले अर्को विवाह गरेका थिए । कान्छी श्रीमतीबाट छोरी जन्मिइन् । ७÷८ वर्षकै उमेरमा उनको पनि मृत्यु भयो। पन्तका विरोधी र पारिवारिक समस्या बढ्दै गए तर क्रान्तिबाट विचलित भएनन् । उनले गरिबको पक्षमा बोलेको र दलितको घरमा खाएको तत्कालिन समाजमा कसैलाई पनि मन परेको थिएन ।

यही बेला अन्यायविरुद्ध संगठित भई लड्ने उदघोषसाथ २ वैशाख २००९ मा डडेल्धुराको घटालथानमा लाग्ने बिसु मेलामा सबै भेला भए । सहिद पन्तले गाउँका ठूला ठालुलाई अनिवार्य उपस्थित हुन उर्दी जारी गरेका थिए । सबैलाई दलितको हातको पानी खान लगाए ।

पन्तको नेतृत्वमा किसान आन्दोलनले ठूलो रुप लियो । विद्रोहलाई दबाउन नसक्ने अन्तिम निष्कर्ष निकाल्दै सरकारले भारतीय शासकलाई गुहा¥यो । भारतीय शासकले भारतको लखनउबाट भारतीय सैनिकलाई नेपालमा पठाएको थियो । नेपाली सेनाका तत्कालीन सेनापति किरणशमशेर र भारतीय फौज नेतृत्व कमान्डले पन्तको हत्या गर्ने योजना बनाएर नेपाल प्रवेश गरेका थिए ।

किसान विद्रोहलाई दबाउन भारतीय शासक

पन्तको नेतृत्वमा किसान आन्दोलनले ठूलो रुप लियो । विद्रोहलाई दबाउन नसक्ने अन्तिम निष्कर्ष निकाल्दै सरकारले भारतीय शासकलाई गुहा¥यो । भारतीय शासकले भारतको लखनउबाट भारतीय सैनिकलाई नेपालमा पठाएको थियो । नेपाली सेनाका तत्कालीन सेनापति किरणशमशेर र भारतीय फौज नेतृत्व कमान्डले पन्तको हत्या गर्ने योजना बनाएर नेपाल प्रवेश गरेका थिए ।

भारतीय सेना र सहिद पन्त नेतृत्वको किसान मुक्तीसेनाबीच कैलालीको बहेडाामा दोहोरो भिडन्त भएको थियो ।सो भिडन्तमा धेरै मुक्ती सेना मारिएका थिए । यसै क्रममा भारत सरकारले थप भारतीय फौज नेपाल पठाएको थियो । यता, नेपालमा मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारले सहिद पन्तको टाउको काटेर सरकारलाई बुझाउने व्यक्तिलाई भारतीय पाँच हजार रुपैयाँ र एउटा बन्दुक पुरस्कार दिने घोषणा गरेको थियो ।

बुडर पुगेर हामजाली मगरको घरमा आश्रय

चारैतिर भारतीय सेनाले घेरको मुक्ती सेनाका अधिकांस सदस्यहरु मारिएपछि भारी बर्षाका कारण भाग्न र प्रतिकार गर्न कठिनाई उत्पन्न भएको थियो । तैपनि, उनी त्यहाँबाट भागेर डोटीको बुडर पुगेका थिए । त्यँहा सहिद पन्तले सहकर्मीसँगै हामजाली मगरको घरमा आश्रय लिई बसेको समकक्षीहरु बताउछन ।

सहिद पन्तको बिरुद्धमा जुटेका तत्कालिन ठालुहरुले उनको आश्रयस्थल पत्ता लगाएको र बुडरभन्दा अलिक टाढा हालको आलिताल गाँउपालिका –४ गल्लेकमा आश्रय लिएर बसेको सातौं दिन उनकाृ खोजीमा सहिद पन्तका मीत लालबहादुर थापालगायतको टोली त्यहीँ पुगेको र खाना खाँदै गरेको अबस्थामा उनलाई गोली हानिएको थियो ।

सम्भावित खतराको महसुस गरेर भाग्ने योजना बनाउन खोज्दा पनि घरको आँगनबाट थापाले ‘मीतज्यू, हजुरलाई सहयोग गर्न आएका छौ घर बाहिर निस्कनुहोस् ।’ भन्दै भुक्याएर गोली हानिएको थियो । आफ्नै मितको गोली लागेपछि सहिद पन्तले निकै ठूलो स्वरमा ‘शोषक सामन्त मुर्दावाद, किसान राज जिन्दावाद’ को नारा लगाएर प्राण त्यागेका थिए ।

तैपनि, भीमबहादुर दयालले खुकुरीले पन्तको गर्दनमा प्रहार गरे । पन्तको शरीरबाट टाउको अलगियो । त्यो समूह उनको टाउको बोकेर डडेल्धुराको सदरमुकाम खलंगा पुगेको थियो । सहिद पन्तको टाउको बोकेको समूह १८ साउन २०१० मा खलंगा पुगेको हो । यसपछि त्यहाँ ठूलाठालुले भोजभतेरसहितको विजय उत्सव मनाएको प्रतक्ष्यदर्शी बुढापाखाहरु बताउँछन ।

टाउको प्रदर्शनीमा राखिएको तीन दिनपछि पन्त पत्नी पार्वतीदेवी र भाइ धर्मदेव पन्तलगायतका आफन्त उनको शव माग्न सदरमुकाम खलंगा पुगेका थिए । बडाहाकिम मोहनबहादुर सिंहसँग भेट गरी अन्त्येष्टि गर्न शव माग्दा उल्टै हप्की खानु परेको सहिद पन्तका भतिज प्रदिप पन्त बताउछँन ।

विजय उत्सव मनाएका उनीहरुले खलंगा बजारस्थित गौडा गोश्वारा अगाडिको भैरव मन्दिरनेर बाँसको लिंगो गाडेर सहिद पन्तको टाउको त्यही लिंगोमा झुन्ड्याउँदै ‘हाम्रा विरुद्धमा धाबा बोल्ने, देशद्रोही र राजद्रोह गर्नेको हविगत यस्तै हुन्छ’ लेखिएको पोस्टर राखेको थिए ।

सहिद पन्तको टाउको तीन दिनसम्म प्रदर्शन गरी आमजनतामा आतंक फैलाइएको स्थानीय इतिहासका जानकारहरु बताउँछन ।

आफ्नै मित पन्तको हत्या गरेको लालबहादुर थापाले पाँच हजार भारतीय रुपैयाँ पाएका थिए । तर, सरकारले २० साउनमा ‘गल्लेकको जंगलमा सेना र प्रहरीसँग भिडन्तमा देशद्रोही, राजद्रोही र आतंकारी भीमदत्त पन्त मारिएको’ समाचार सार्वजनिक गरेको थियो । तर, २४ साउनमा ‘नेपाल पुकार’ साप्ताहिकले समाचारको खण्डन गर्दै ‘सरकारी सेना र प्रहरीसँग दोहोरो भिडन्तमा नभई सरकारी हत्यारा भिजिलान्तेले षड्यन्त्रपूर्वक हत्या गरेको’ सत्य तथ्य खबर प्रकाशित गरेको थियो ।

टाउको प्रदर्शनीमा राखिएको तीन दिनपछि पन्त पत्नी पार्वतीदेवी र भाइ धर्मदेव पन्तलगायतका आफन्त उनको शव माग्न सदरमुकाम खलंगा पुगेका थिए । बडाहाकिम मोहनबहादुर सिंहसँग भेट गरी अन्त्येष्टि गर्न शव माग्दा उल्टै हप्की खानु परेको सहिद पन्तका भतिज प्रदिप पन्त बताउछँन ।

निकै अनुनय विनय गरेपछि ३१ वटा सर्तमा पार्वतीदेवीलाई सहीछाप गराएर सहिद पन्तको टाउको दिइएको थियो । भाइ धर्मदत्त पन्तले दाजुको काटिएको टाउको बोकी अमरगढी–३ मा रहेको घटाल बाबाको मन्दिर छेउमा रहेको मसान घाटमा लगी अन्तिम संस्कार गरेको पन्त परिवारका सदस्यहरु बताउँछन ।

शहिद पन्तको नाम प्रयोग गरेर जनताको भोट तानियो तर, उनले उठाएका मुद्दालाई कसैले पूरा गर्न तिर नलागेको यहाँका स्थानीय बताउँछन् । सहिद पन्तको मृत्यु भएपश्चात पनि उनकै नाम जोडेर उनका परिवारका सदस्यलाई पार्टीमा भित्र्याएर जनताको भोट तान्न सफल भएका छन बिभिन्न दलका नेताहरु । परन्तु उनको सपना भने अहिलेसम्म पूरा हुन सकेको छैन ।

पछिल्लो समयमा विशेषगरी नेपालका कम्युनिस्ट पार्टीहले भीमदत्त पन्तलाई आफ्नो आदर्श मान्दै आएका छन् । कम्युनिस्ट पार्टीकै नेतृत्वमा धेरै पटक मुलुकमा सरकार बने । तत्कालीन एमाले नेतृत्वको सरकारले नै उनलाई शहीद घोषणा पनि ग¥यो । अपितु, उनका मुद्दाको सम्बोधन भने कसैले पनि गरेनन् । इतिहासका कुरा उनको जीवनमा आधारित .halokhabar/from

प्रतिकृया दिनुहोस्