कला

फिल्म पाउन कसैसँग अफेयर गरिनँ : रवीना

एजेन्सी

रवीना टन्डन ९० को दशककी सबैभन्दा सफल अभिनेत्रीमध्ये एक हुन् । उनले ‘मोहरा’, ‘पत्थर के फुल’, ‘अन्दाज अपना अपना’, ‘लाडला, ‘दूल्हे राजा’ सहित कयौं सफल फिल्ममा काम गरेकी छन् । पिंकविलासँगको कुराकानीको क्रममा उनले बलिउडमा आफ्नो कोही गडफादर नभएको, कुनै ग्रुपसँग नजिक नभएको र आफूलाई प्रमोट गर्ने कुनै हिरो पनि नभएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘फिल्ममा रोल पाउन हिरोसँग अफेयर गर्न र शारीरिक सम्बन्ध राख्न म तयार थिइनँ । कति कुरामा मलाई एरोगेन्ट भनिन्थ्यो, किनकि म त्यस्तो गर्दिन थिएँ, जुन मानिसहरु चाहन्थेँ । म कसैको इशारामा चलिनँ । हिरोले भनेपछि उठ्ने वा बस्ने पनि गर्दिन थिएँ ।’ अभिनयमा सक्रिय रहँदा पत्रकारले आफूमाथि कयैन् नराम्रा आर्टिकल लेखेको पनि उनको भनाई छ ।

रवीना बलिउडसँग जोडिएको विभिन्न विषयमा आफ्नो विचार राखिरहेकी हुन्छिन् । सुशान्तको निधनपछि करण जोहरको भइरहेको आलोचनाबारे रवीना भन्छिन्, ‘किन एक निर्माता कलाकारलाई करोडौं पारिश्रमिक दिएर फिल्ममा साइन गर्छ र आफ्नो करोडौं दाउमा लगाउँछ ? कसैको करिअर बर्बाद गर्न किन कोही पैसा र समय बर्बाद गर्छ ? यति नराम्रो आरोप लगाउँदा कसलाई के मिल्छ ?’filmykhabar/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button