सम्पादकीय

फेरि पनि हुकुमी शासन चल्दैछ

सामाजिक सुरक्षा भत्ता वितरणको झलकले जनवादी गायक जीवन शर्माको चर्चित गीत ‘फेरि पनि हुकुमी शासन चल्दैछ, आँधी आउँदैछ ’को झलक दिएको छ ।

भनिन्छ हाम्रा अग्रजहरु हाम्रा जिउँदा ईतिहाँस पनि हुन् , नेपाली समाजको सबल पक्ष जो अहिले सम्म पनि परम्परागत रुपमा कायम छ त्यो हो , पाकाहरुलाई सम्मान गर्ने र उनीहरुको संरक्षण गर्ने तर सामाजिक सुरक्षा भत्ता वितरणको झापाको मेचीनगर नगरपालिकाको यसपटकको कार्यविधिको तरिकालाई हेर्ने हो भने उदेक लागेर आउँछ ।
सामाजिक सुरक्षा भत्ताका रुपमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको बृद्ध बृद्धाको सामाजिक सुरक्षा भत्ता वितरणमा पाका बा आमाहरुले पाएको सास्तीले उनीहरुले हामीलाई आशीष होइन सरापे होलान भन्नु पर्छ ।हातपाउ बसेका बुद्धबृद्धाहरुले सरकारले उपलब्ध गराउँदै आएको ज्येष्ठ नागरिक भत्ता बुझ्न कोरोना महमारीको यो कहरमा समेत बैंकको घण्टौ सम्म लाइनमा बस्नु आफैमा यातना थियो तर स्थानिय सरकार र जनप्रतिनिधिहरुले यसलाई पटक्कै महशुष गर्न सकेनन् ।यस अघि घरघरमै भत्ता पु¥याएर झारो टार्ने काम गरेको मेचीनगरपालिकाले यसपटक भने कोरोना महामारीको हेक्कानै नराखी हातपाउ बसेका बा आमाहरुलाई लाइनमा घण्टौ राखेर आफ्नो सामान्य जिम्मेवारी र मानवीय भावबाट पर भागेको हो भन्दा फरक पर्दैन ।
पाका र रोगीहरुलाई कोरोना संक्रमणको खतरा अझ बढी हुन्छ भन्ने चिकित्सकहरुको सुझावलाई समेत ख्याल नगरि सामाजिक सुरक्षा भत्ता लिन लाइनमा राख्नु मेचीनगरपालिका जो स्थानिय सरकार र यसका जनप्रतिनिधिहरुलाई कति शोभायमान हो त्यो आफैले महशुष गर्ने कुरा हो । यति मात्र होइन आफुले ईच्छाएको ब्यक्तिलाई समेत आफुले नसकेको समयमा भत्ता बुझ्न सक्ने कानुनी प्रावधान हुदाहुदै नगरपालिकाले सिफारिसका नाममा रकम अशुल्नुलाई लोकतन्त्रमा हुकुमी शासनको हैकम नभनेर के भन्ने ? सरकारले पाकाहरुलाई दिएको रकम समेत काटेर राख्ने मेचीनगर नगरपाकिाका वडाहरुले गरेको यो कामलाई कसले कसरी समर्थन गर्न सक्छ होला ? एकतर्फ हातपाउ बसेका बृद्धबुद्धाहरुलाई आफ्नो सामाजिक सुरक्षा भत्ता लिन त्यो पनि यो महामारीको समयमा बैंकमै धाउनु पर्ने र अर्को तिर अशक्तहरुले ईच्छाएको ब्यक्तिले रकम बुझ्न जाँदा उल्टो सिफारिसको रकम बुझाउनु पर्ने मेचीनगरको यो जनमूखि कामलाई यहाँका राजनीतिक दल र बौद्धिक जमातले आगमी दिनमा कसरी हेर्छन् एउटा अहम् प्रश्नको जन्म भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button