‘समाचार र विचारको
साझा चौतारी’




हाम्रो अनलाइन ह्याक भएकोमा ,हामी क्षमा चाहान्छौँ !


२२ साउन २०७७

सम्पादकीय
कसैको गलत मनशायका कारण कहिले काँही सत्य र निश्पक्ष समाचार सम्प्रेषणको यात्रामा रहदा हामी दुखि पनि बन्नु पर्दोरहेछ । आज दिउँसो हाम्रो अनलाइनको युजर आईडि केही समय ह्याक हुन पुगेको थियो । त्यही समयमा हाम्रो सम्पादन समूह र हाम्रो टिमलाई थाहा नभएको एउटा समाचार हाम्रै अनलाइनमा भेटाउँदा हामी चकित समेत बन्न पुग्यौँ ।
हाम्रो पत्रकारितालाई यथाशक्य सत्य, तथ्य र निश्पक्ष रुपमा लैजाने हाम्रो यात्रामा केही गलत मनशाय भएका तत्वहरुकै कारणले भन्नु पर्छ आज हामीले आफ्नै अनलाइनमा प्रकाशित भएको एउटा समाचारप्रति दुःखीछौँ । सो समाचारका बारेमा हाम्रो समूहलाई कुनै जानकारी नभएको र कसैले हाम्रो अनलाइनलाईनै ह्याक गरेर आफ्नो कुत्सित मनशाय पुरागर्ने उद्देश्यलेनै होला हामीलाई जानकारीनै नभएको समचार प्रकाशित हुन पुगेकामा सो समाचारले यदि कसैलाई कुनै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दुखि बनाएको छ भने हामीले आफ्नो जिम्मेवारी र जवाफदेहिताका हिसाबले क्षमा माग्नु हाम्रो दायित्व पनि हो ।
आज प्रकाशित भएको सो समाचार फेरि पनि स्पष्टका साथ भन्नु पर्दा हामी कसैको जानकारीमा नभएको ब्यहोरा समेत पुन अवगत गराउँछौ । र, सो समाचार हामीले हाम्रो अनलाइनमा देख्नासाथ हटाई सकेको पनि जानकारी गराउँछौ ।यसबाट कसैमा पर्न गएको असुविधाप्रति हाम्रो समूह दुख ब्यक्त गर्दछौँ ।

प्रतिकृया दिनुहोस्